मनहरी, असोज ५ गते। मनहरी गाउँपालिका वडा नम्बर ९ को आयोजनामा हुँदै गरेको दोश्रो वडाध्यक्ष कप-२०८३ मा मनहरी-२ का खेलाडी टिम सहभागी गराउन वडा खेलकुद विकास समितिलाई गाउँपालिकाका उपाध्यक्ष सीता पुलामी मगर र स्थानीय सागर रुम्बाले सहयोग उपलब्ध गराएका छन् ।

मनहरी गाउँपालिकाका उपाध्यक्ष सीता पुलामी मगरले शनिबार मनहरी-२ को वडा खेलकुद विकास समितिलाई जर्सी सेट सहित ग्लब्स हस्तान्तरण गरेका छन् । खेलाडीहरुलाई थप ऊर्जा मिलोस भन्ने उद्देश्यका साथ उनले उक्त जर्सी सेट हस्तान्तरण गरेको बताए । साथै हालसालै वैदेशिक रोजगारबाट स्वदेश फर्किएका मनहरी-२, भुन्द्रुङ्टाँडी निवासी सागर रुम्बाले खेलाडी टिमको व्यवस्थापनका लागि रु. ७,५००/- नगद सहयोग उपलब्ध गराएका छन् ।
खेलाडीहरुका लागि आवश्यक सामाग्री उपलब्ध गराइ व्यवस्थापकिय पक्षमा टेवा पुर्याएकोमा उपाध्यक्ष मगर र स्थानीय समाजसेवी रुम्बालाई खेलकुद विकास समिती मनहरी-२ का संयोजक चन्द्र सिं स्याङ्तानले धन्यवाद दिएका छन् ।














