Day: २०८३ आश्विन ५, सोमबार १२:२०

वडाध्यक्ष कपमा मनहरी–२ को सहभागिता, उपाध्यक्ष मगर र सागर रुम्बाद्वारा खेलाडीलाई सहयोग

वडाध्यक्ष कपमा मनहरी–२ को सहभागिता, उपाध्यक्ष मगर र सागर रुम्बाद्वारा खेलाडीलाई सहयोग

मनहरी, असोज ५ गते। मनहरी गाउँपालिका वडा नम्बर ९ को आयोजनामा हुँदै गरेको दोश्रो वडाध्यक्ष कप-२०८३ मा मनहरी-२ का खेलाडी टिम सहभागी गराउन वडा खेलकुद विकास समितिलाई गाउँपालिकाका उपाध्यक्ष सीता पुलामी मगर र स्थानीय सागर रुम्बाले सहयोग उपलब्ध गराएका छन् । मनहरी गाउँपालिकाका उपाध्यक्ष सीता पुलामी मगरले शनिबार मनहरी-२ को वडा खेलकुद विकास समितिलाई जर्सी सेट सहित ग्लब्स हस्तान्तरण गरेका छन् । खेलाडीहरुलाई थप ऊर्जा मिलोस भन्ने उद्देश्यका साथ उनले उक्त जर्सी सेट हस्तान्तरण गरेको बताए । साथै हालसालै वैदेशिक रोजगारबाट स्वदेश फर्किएका मनहरी-२, भुन्द्रुङ्टाँडी निवासी सागर रुम्बाले खेलाडी टिमको व्यवस्थापनका लागि रु. ७,५००/- नगद सहयोग उपलब्ध गराएका छन् ।…
Read More
एमाले बाग्मतीको अन्तिम लेखापरीक्षण सम्पन्न, ‘आम्दानी पारदर्शी र खर्च मितव्ययी’

एमाले बाग्मतीको अन्तिम लेखापरीक्षण सम्पन्न, ‘आम्दानी पारदर्शी र खर्च मितव्ययी’

हेटौडा, असोज ५ गते । नेकपा एमाले बाग्मती प्रदेश कमिटीको आर्थिक वर्ष २०८२/०८३ को अन्तिम लेखापरीक्षण सम्पन्न भएको छ। नेकपा एमाले केन्द्रीय लेखा आयोगको तर्फबाट प्रदेश कमिटीको अन्तिम लेखापरीक्षण गरिएको हो। प्रदेश लेखा कमिटीले आन्तरिक लेखापरीक्षण सम्पन्न गरिसकेपछि केन्द्रीय लेखा आयोगका तर्फबाट अन्तिम लेखापरीक्षण गरिएको प्रदेश कमिटीका उपसचिव तथा वित्त व्यवस्थापन प्रमुख रमेश आचार्यले जानकारी दिए। लेखापरीक्षण सम्पन्न भएपछि केन्द्रीय लेखा आयोगका अध्यक्ष पुष्प कंडेलले प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुङ्गेललाई अन्तिम लेखापरीक्षण प्रतिवेदन हस्तान्तरण गरेका छन्। प्रतिवेदन पार्टीको प्रदेश कार्यालय च्यासलमा हस्तान्तरण गरिएको हो। लेखापरीक्षणका क्रममा केन्द्रीय लेखा आयोगका सदस्यहरू शान्ति पाख्रिन, नवीन सिग्देल र हरिकुमार श्रेष्ठ सहभागी थिए। लेखा…
Read More
हेटौंडा–१५ नयाँबस्तीमा टेलर दुर्घटना, चालक र सहचालक घाइते

हेटौंडा–१५ नयाँबस्तीमा टेलर दुर्घटना, चालक र सहचालक घाइते

हेटौंडा, असोज ५ गते । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५, नयाँबस्ती सयफुटस्थित महेन्द्र राजमार्गमा स्याउ बोकेको टेलर गाडी दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन्। बुधबार राति करिब ४ः३० बजे वीरगन्जबाट स्याउ लोड गरी काठमाडौं जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ९०६८ नम्बरको टेलर गाडी दुर्घटनामा परेको हो। चालक निदाएका कारण गाडी अनियन्त्रित भई सडकबाट करिब १० फिट तल खोलाको बगरमा पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनामा टेलर चालक पर्साको वीरगन्ज महानगरपालिका–२१ परवानीपुर बस्ने करिब २५ वर्षीय नरेश महतोको बायाँ खुट्टामा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। त्यस्तै, सहचालक सोही स्थानका करिब २८ वर्षीय रमेश कुशवाहको ढाड र…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.