मनहरीमा RHEST का शैक्षिक तथा स्वास्थ्य कार्यक्रमको समीक्षा, बालिका शिक्षामा निरन्तर सहयोगको प्रतिबद्धता

मनहरी, असार २५ गते। मकवानपुरको मनहरी गाउँपालिकामा ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (RHEST) ले सञ्चालन गर्दै आएको बालिका शैक्षिक सहयोग (SGT) तथा In Honor of Amar (Amar) परियोजनाको वार्षिक समीक्षा बैठक सम्पन्न भएको छ।

मनहरी गाउँपालिकाको सभाहलमा आयोजित बैठकमा आर्थिक वर्ष २०८२/८३ अवधिमा RHEST ले मनहरी गाउँपालिका सहित देशका विभिन्न जिल्लामा सञ्चालन गरेका कार्यक्रम, उपलब्धि र आगामी योजनाबारे विस्तृत समीक्षा गरिएको थियो।

संस्थाका अनुसार RHEST ले स्थापना कालदेखि नै स्वास्थ्य समस्या, लैङ्गिक हिंसा तथा कमजोर आर्थिक अवस्थाका कारण शिक्षाबाट वञ्चित हुन सक्ने बालिकाहरूलाई शैक्षिक तथा स्वास्थ्य सहयोग उपलब्ध गराउँदै उनीहरूलाई विद्यालय शिक्षामा निरन्तरता दिन प्रेरित गर्दै आएको छ।

वि.सं. २०४९ मा स्याङ्जा जिल्लाबाट २५ जना विद्यार्थीलाई लक्षित गरी सुरु गरिएको कार्यक्रम अहिले विस्तार भएर देशका १८ जिल्लाका करिब २२ हजार विद्यार्थीसम्म पुगेको संस्थाले जनाएको छ। अमेरिकन हिमालयन फाउन्डेसनको आर्थिक सहयोगमा सञ्चालित कार्यक्रममार्फत जोखिममा रहेका बालिकाको शिक्षा र स्वास्थ्य संरक्षण, लैङ्गिक हिंसा तथा विभेद न्यूनीकरण, साथै समुदायको क्षमता अभिवृद्धिमा विभिन्न गतिविधि सञ्चालन हुँदै आएका छन्।

संस्थाले शैक्षिक सामग्री वितरण, विद्यालय सहयोगी सहजकर्ता परिचालन, ‘शुक्रबारे’ कार्यक्रम, चेतनामूलक अभियान, आत्मनिर्भर समूह गठन तथा विद्यालयमा अतिरिक्त क्रियाकलाप (ECA) सञ्चालन गर्दै आएको जानकारी बैठकमा दिइएको थियो।

बैठकमा RHEST सँग सहकार्य गरिरहेका विभिन्न विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रम मनहरी गाउँपालिका–३ का वडा अध्यक्ष अनन्त प्रकाश अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा RHEST का केन्द्रीय कोषाध्यक्ष सानुबाबा घिमिरे, जिल्ला कार्यक्रम संयोजक तजबिज गर्तौला तथा फिल्ड अफिसर अंकिता अर्याललगायतको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

मनहरीमा RHEST का शैक्षिक तथा स्वास्थ्य कार्यक्रमको समीक्षा, बालिका शिक्षामा निरन्तर सहयोगको प्रतिबद्धता

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

मनहरीमा RHEST का शैक्षिक तथा स्वास्थ्य कार्यक्रमको समीक्षा, बालिका शिक्षामा निरन्तर सहयोगको प्रतिबद्धता

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

मनहरीमा RHEST का शैक्षिक तथा स्वास्थ्य कार्यक्रमको समीक्षा, बालिका शिक्षामा निरन्तर सहयोगको प्रतिबद्धता

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

मनहरीमा RHEST का शैक्षिक तथा स्वास्थ्य कार्यक्रमको समीक्षा, बालिका शिक्षामा निरन्तर सहयोगको प्रतिबद्धता

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

मनहरीमा RHEST का शैक्षिक तथा स्वास्थ्य कार्यक्रमको समीक्षा, बालिका शिक्षामा निरन्तर सहयोगको प्रतिबद्धता

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

मनहरीमा RHEST का शैक्षिक तथा स्वास्थ्य कार्यक्रमको समीक्षा, बालिका शिक्षामा निरन्तर सहयोगको प्रतिबद्धता

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.