२०८३ असार २५, बिहीबार २३:५६
२०८३ असार २५, बिहीबार २३:५६
हेटौडा, असार २५ गते। नारायणी यातायात व्यवसायी सङ्घको ३७औँ साधारण सभा तथा १७औँ अधिवेशनअघि सङ्घका महासचिव सरोजकुमार खनालले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै संस्थागत सुशासन, प्रविधिमैत्री व्यवस्थापन र व्यवसायीको हकहित संरक्षणलाई आफ्नो नेतृत्वको प्रमुख प्राथमिकता बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। शुक्रबार हुने अधिवेशनको पूर्वसन्ध्यामा जारी प्रेस विज्ञप्तिमा खनालले नेपालको सडक यातायात प्रणालीले देशको कुल यात्रु तथा मालसामान ढुवानीको ९० प्रतिशतभन्दा बढी भार वहन गरिरहेको उल्लेख गर्दै सार्वजनिक यातायात क्षेत्र अहिले बढ्दो सञ्चालन खर्च, अस्वस्थ प्रतिस्पर्धा, सडक सुरक्षा, नीतिगत अस्थिरता, प्रविधिको सीमित प्रयोग तथा व्यवसायी र श्रमिकसँग सम्बन्धित विभिन्न समस्याबाट प्रभावित रहेको बताएका छन्। उनले संघीय शासन प्रणाली लागू भइसके…