मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

मनहरी, असार २५ गते। मकवानपुरको मनहरी गाउँपालिकाले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरेको विपद् व्यवस्थापनका लागि स्वयंसेवक समूह गठन तथा परिचालन सम्बन्धी तीनदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

असार २२ गतेदेखि मनहरी गाउँपालिका–३ लामिटारस्थित गाउँपालिकाको सभाहलमा सञ्चालन भएको कार्यक्रम २४ गते समापन गरिएको हो। कार्यक्रममा गाउँपालिकाका नौवटै वडाबाट चार/चार जनाका दरले छनोट भएका करिब ३६ जना स्वयंसेवक सहभागी भएका थिए।

अभिमुखीकरणमा समुदायमा प्राकृतिक विपद् वा अन्य आकस्मिक दुर्घटना हुँदा घाइते तथा प्रभावित व्यक्तिलाई सुरक्षित उद्धार गर्ने, प्राथमिक उपचार उपलब्ध गराउने र स्वास्थ्य संस्थासम्म सुरक्षित रूपमा पुर्‍याउने विषयमा सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।

प्रशिक्षणका क्रममा बेहोस भएका व्यक्तिलाई सिपिआर (CPR) दिने, हातखुट्टा तथा मेरुदण्डमा चोट लाग्दा स्थिर बनाउने तरिका, घाउमा पट्टी बाँध्ने, आगलागी नियन्त्रण गर्ने, बाढी वा खोलाले बगाएका व्यक्तिको उद्धार गर्ने तथा स्ट्रेचर प्रयोग गरेर बिरामी सुरक्षित रूपमा सार्ने लगायतका सीप सिकाइएको थियो।

कार्यक्रमका प्रमुख प्रशिक्षक सुजन बिकले विपद्को समयमा आवश्यक पर्ने उद्धार, प्राथमिक उपचार र सुरक्षित परिचालनसँग सम्बन्धित अन्य व्यावहारिक सीपबारे पनि सहभागीलाई प्रशिक्षण दिएका थिए।

कार्यक्रमकै अवसरमा गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीको प्रमुख उपस्थितिमा स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन गरिएको छ। उद्घाटनपछि केन्द्रमा उपलब्ध आपतकालीन उद्धार सामग्रीको अवलोकनसमेत गरिएको थियो।

त्यसैगरी, तीनदिने तालिममा सहभागी विपद् स्वयंसेवकलाई गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरको उपस्थितिमा हेल्मेट, ज्याकेट तथा जुत्ता वितरण गरिएको छ। गाउँपालिकाले प्रशिक्षित स्वयंसेवकमार्फत स्थानीय तहमा विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.