रजैया, असोज ४ गते । मनहरी गाउँपालिका वडा नम्बर ९ को मुख्य आयोजनामा आजदेखी दोश्रो वडाध्यक्ष कप-२०८३ सुरु भएको छ । असोज ३ गते मनहरी-९, रजैया खेल मैदानमा सुरु भएको खेल असोज १० गतेसम्म चल्ने भएको छ ।

मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती र उपाध्यक्ष सीता पुलामी मगरको उपस्थितिमा उद्घाटन भएको खेलमा पालिका भित्रका ९ वटा वडा र केदारेश्वर युवा क्लब सहित १० वटा समूहको सहभागीता रहेको छ । खेलको पहिलो दिन केदारेश्वर युवा क्लब र १ नम्बर वडाबिच प्रतिस्पर्धा भएको थियो ।

उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य राख्दै मनहरी गाउँपालिकाका उपाध्यक्ष सीता पुलामी मगरले स्वास्थ्यका लागि खेल राष्ट्रका लागि खेल भन्ने मूल नारा सहित सुरु भएको खेल मैत्रीपूर्ण र उत्साहित तवरले सफल होस भन्ने कामना व्यक्त गरेका छन् ।
साथै उनले जोसिलो हुनु फूटबल खेलाडीहरुको स्वभाव भएता पनि एक आपसमा मनमुटाव र झगडा नगरी खेल खेल्न सबै खेलाडीहरुलाई अनुरोध गरेका छन् ।

असोज ३ गतेदेखि १० गतेसम्म चल्ने उक्त फूटबल खेलको प्रथम पुरस्कार रु. ६०,०००/- र दोश्रो पुरस्कार रु. ३०,०००/- सहित सिल्ड, मेडल तथा प्रमाण रहेको छ । साथै राइजिङ स्टार, बेस्ट डिफेन्डर, बेस्ट मिड फिल्डर, बेस्ट कोच, प्ल्येयर अफ द सेरिज र बेस्ट गोल्ड किप्परलाई जनही रु. ३,०००/- प्रदान गरिनेछ ।















