राप्ती खबर

1255 Posts
नाम्सी खोलामा स-साना ढुंगा खसेपछि मुग्लिन–नारायणगढ सडकखण्डमा सतर्कता अपनाउन आग्रह

नाम्सी खोलामा स-साना ढुंगा खसेपछि मुग्लिन–नारायणगढ सडकखण्डमा सतर्कता अपनाउन आग्रह

चितवन, भदौ १८ गते । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत नाम्सी खोला पुल नजिकै माथिबाट स-साना ढुंगा सडकमा खसेपछि सवारी चालक तथा यात्रुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बिहीबार बिहान करिब ९ः३५ बजे पुल नजिकै माथिबाट ढुंगा सडकमा झरेका हुन्। सडकमा खसेका ढुंगा हटाउने कामका लागि केही समय मात्र लाग्ने जनाइएको छ। हाल उक्त स्थानमा सवारी आवागमन नयाँ पुलबाट सञ्चालन भइरहेको सडक डिभिजन भरतपुरले जनाएको छ। सडक डिभिजनले यात्राका क्रममा विशेष सावधानी अपनाउन तथा सडकको अवस्था हेरेर, आवश्यक परे सवारी रोकेर र अवस्था बुझेर मात्रै सुरक्षित रूपमा यात्रा गर्न सबैमा अनुरोध गरेको छ।
Read More
न्वागी पर्वमा तडकभडक नगर्न कैलाश गाउँपालिकाको आग्रह, दुई दिन सरकारी कार्यालय र शिक्षण संस्था बन्द रहने

न्वागी पर्वमा तडकभडक नगर्न कैलाश गाउँपालिकाको आग्रह, दुई दिन सरकारी कार्यालय र शिक्षण संस्था बन्द रहने

कैलाश गाउँपालिका, भदौ १७ गते । कैलाश गाउँपालिकाले चेपाङ समुदायको महान् सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा शुभकामना व्यक्त गर्दै यस वर्ष विपद्को संवेदनशील अवस्थालाई मध्यनजर गरी पर्वमा तडकभडक नगर्न आग्रह गरेको छ। गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानद्वारा जारी शुभकामना तथा सूचनामा गत भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरिएको छ। बाढीमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइते र प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। प्रकृति पूजक तथा अति सीमान्तकृत चेपाङ समुदायको महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा रहेको न्वागीको अवसरमा…
Read More
बाढी प्रभावितका लागि मनहरी गाउँपालिकाले निःशुल्क मनोसामाजिक परामर्श सेवा सञ्चालन गर्ने

बाढी प्रभावितका लागि मनहरी गाउँपालिकाले निःशुल्क मनोसामाजिक परामर्श सेवा सञ्चालन गर्ने

हेटौंडा, भदौ १७ गते । हालैको बाढी तथा विपद्का कारण प्रभावित नागरिकमा देखिन सक्ने मानसिक तनाव तथा मनोसामाजिक समस्यालाई मध्यनजर गर्दै मनहरी गाउँपालिकाले निःशुल्क मनोसामाजिक परामर्श सेवा सञ्चालन गरेको छ। मनहरी गाउँपालिकाको कार्यालय रजैयाले जारी गरेको सूचनाअनुसार विपद्पछि नागरिकमा डर, चिन्ता, मानसिक तनाव, असुरक्षाको भावना, निद्रा नलाग्ने, मन आतिने, टोलाउने तथा मानसिक रूपमा असहज महसुस हुनेजस्ता लक्षण देखिन सक्छन्। यस्ता समस्या विपद्पछिको अवस्थामा देखिने सामान्य मानवीय प्रतिक्रिया भएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले आफू वा परिवारका कुनै सदस्यले यस्ता समस्या अनुभव गरिरहेको अवस्थामा आफ्ना मनका कुरा सुरक्षित तथा गोप्य रूपमा व्यक्त गर्न र आवश्यक भावनात्मक सहयोग लिन आग्रह गरेको छ। यसका…
Read More
हेटौंडामा ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषधसहित २१ वर्षीय युवक पक्राउ

हेटौंडामा ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषधसहित २१ वर्षीय युवक पक्राउ

हेटौंडा, भदौ १७ गते । मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका–१६ पूर्वेली दमारबाट ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहतका प्रहरी कार्यालयबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा मंगलबार बिहान करिब ९ः४५ बजे हेटौंडा–१६ पूर्वेली दमारका २१ वर्षीय रञ्जन भोम्जनलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार भोम्जनको घरमा कानुनबमोजिम खानतलासी गर्दा उनको कोठाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा ट्रामाडोल ४ हजार ८६० क्याप्सुल र नाइट्राजेपाम ३० ट्याब्लेट फेला परेको थियो। त्यसैगरी प्रहरीले उनको प्रयोगमा रहेको बा ३१ प ७१९२ नम्बरको भीआर मोटरसाइकल, बा ८४ प ६०७० नम्बरको अपाचे मोटरसाइकल र एक थान चक्कुसमेत बरामद गरेको…
Read More
भैरवरोडको डुबान समस्या समाधान गर्न चिसापानी चोकमा भूमिगत ढल मर्मत सुरु

भैरवरोडको डुबान समस्या समाधान गर्न चिसापानी चोकमा भूमिगत ढल मर्मत सुरु

हेटौंडा, भदौ १७ गते । हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलले भैरवरोडमा वर्षायाममा देखिँदै आएको डुबान समस्या समाधानका लागि वडा र प्राविधिक टोलीको प्रयास जारी रहेको बताएका छन्। वडाध्यक्ष सिग्देलले सामाजिक सञ्जाल फेसबुक मार्फत भैरवरोडको डुबानको मुख्य कारणमध्ये पुरानो भूमिगत ढलमा देखिएको समस्या रहेको उल्लेख गर्दै दीर्घकालीन समाधानका लागि विशेष योजना आवश्यक रहेको बताएका हुन्। उनका अनुसार २०६६/०६७ तिर निर्माण गरिएको भूमिगत ढल भासिँदै जाँदा हेटौंडाका विभिन्न क्षेत्रमा समस्या देखिँदै आएको छ। कान्तिराजपथमा समेत ढल भासिएपछि तत्काल मर्मत भइरहेको तथा स्कुलरोड र भैरवरोडमा पटक–पटक सडक भासिने र मर्मत गर्नुपर्ने अवस्था आएको उनले बताएका छन्। सडकमा कंक्रिट ढलान गरिएपछि भासिएको समस्या…
Read More
रसुवा बाढीपीडितका लागि राहत संकलनमा साथ दिन मनहरी गाउँपालिकाको अपिल

रसुवा बाढीपीडितका लागि राहत संकलनमा साथ दिन मनहरी गाउँपालिकाको अपिल

मनहरी, भदौ १७ गते । मनहरी गाउँपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेका गैरसरकारी संस्था तथा विभिन्न सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरूसँग वार्षिक समीक्षा तथा समसामयिक विषयमा अन्तरक्रिया गरेको छ । बुधबार गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८२/०८३ मा गैरसरकारी तथा सरोकारवाला संस्थाहरूले सञ्चालन गरेका कार्यक्रम र गतिविधिको समीक्षा गरिएको हो । कार्यक्रममा मनहरी गाउँपालिकाले रसुवामा भाद्र १० गते आएको बाढीबाट प्रभावित नागरिकका लागि सञ्चालन गरिरहेको राहत संकलन अभियानमा सहयोग गर्न सबै संघसंस्था तथा सरोकारवालालाई अपिलसमेत गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रन्जन कालाखेतीले पालिकाको नेतृत्वमा रसुवा बाढीपीडितलाई लक्षित गरी राहत संकलन भइरहेको जानकारी दिँदै मानवीय सहयोगको अभियानमा सहभागी हुन सबैलाई…
Read More
हेटौंडामा EV को ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक प्रहरी नियन्त्रणमा

हेटौंडामा EV को ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक प्रहरी नियन्त्रणमा

हेटौंडा, भदौ १७ गते । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा EV गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। हिजो राति करिब ९ः५० बजे राप्ती खोला नजिकै बुद्ध पार्क अगाडि महेन्द्र राजमार्गमा नारायणघाटबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०६–००१ ज.०३२९ नम्बरको खाली EV गाडीले पैदलयात्रीलाई ठक्कर दिएको थियो। दुर्घटनामा पर्साको वीरगञ्ज महानगरपालिका–३२ निवासी करिब ५० वर्षीय वीरेन्द्र पासवान गम्भीर घाइते भएका थिए। दुर्घटनालगत्तै अ.प्र.पोष्ट थानाभर्‍याङ मकवानपुरबाट ट्राफिकसहितको टोलीले उद्धार गरी उनलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याएको थियो। उनको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था गम्भीर रहेको बताइएको थियो। घाइते पासवानलाई थप उपचारका लागि भदौ १७ गते राति १२ः०५ बजे वीरगञ्जस्थित वयोधा…
Read More
बाढी–पहिरो पीडितको उद्धारमा सरकारमाथि दुर्गा प्रसाईंको प्रश्न : ‘सरकार हराएको सूचना!’

बाढी–पहिरो पीडितको उद्धारमा सरकारमाथि दुर्गा प्रसाईंको प्रश्न : ‘सरकार हराएको सूचना!’

काठमाडौं, भदौ १६ गते । मेडिकल व्यवसायी तथा सामाजिक अभियन्ता दुर्गा प्रसाईंले बाढी, पहिरो तथा सुरुङभित्र फसेका नागरिकको उद्धारमा सरकार गम्भीर नबनेको आरोप लगाएका छन्। उनले सामाजिक सञ्जाल मार्फत लामो स्टाटस सार्वजनिक गर्दै विपद्को समयमा राज्यको उद्धार तथा राहत व्यवस्थापनप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका हुन्। प्रसाईंले आफ्नो स्टाटसको सुरुवात नै ‘सरकार हराएको सूचना!’ भन्दै गर्दै बाढी र पहिरोबाट प्रभावित नागरिक रातभर छाप्रो तथा रुखमा गुहार मागिरहेको अवस्थामा सरकारको उपस्थिति प्रभावकारी रूपमा देखिन नसकेको टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दैमा सरकारको दायित्व पूरा नहुने भन्दै विपद्को समयमा नियमित पत्रकार सम्मेलनमार्फत नागरिकलाई आधिकारिक सूचना दिनुपर्ने माग गरेका छन्। सरकारको…
Read More
रसुवा बाढीपछि पुनःस्थापनामा सरकार केन्द्रित, ११ हजार ८८४ जनाको उद्धार; राहतका लागि १ अर्ब निकासा

रसुवा बाढीपछि पुनःस्थापनामा सरकार केन्द्रित, ११ हजार ८८४ जनाको उद्धार; राहतका लागि १ अर्ब निकासा

काठमाडौं, भदौ १६ गते । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सरकार खोज, उद्धार र राहतसँगै पुनःस्थापनाको काममा केन्द्रित भएको बताएका छन्। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल मार्फत बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण, स्वास्थ्य सेवा तथा भौतिक पूर्वाधार पुनर्निर्माणको काम तीव्र रूपमा भइरहेको जानकारी दिएका हुन्। उनले विपद्को समयमा साथ, सहयोग र सहजीकरण गर्ने संघ, प्रदेश तथा स्थानीय तह, सुरक्षाकर्मी, जनप्रतिनिधि, राजनीतिक दल, स्थानीय समुदाय, स्वयंसेवी संस्था तथा देश–विदेशमा रहेका नागरिकप्रति आभार व्यक्त गरेका छन्। ११ हजार ८८४ जनाको उद्धार प्रधानमन्त्रीका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ८८४ जनाको उद्धार गरिएको छ। यस्तै, ३ हजार…
Read More
हेटौंडामा निर्दयी तरिकाले २२ वटा गोरु ओसारपसार गर्ने ट्रकसहित चालक नियन्त्रणमा

हेटौंडामा निर्दयी तरिकाले २२ वटा गोरु ओसारपसार गर्ने ट्रकसहित चालक नियन्त्रणमा

हेटौंडा, भदौ १६ गते । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० स्थित सडकखण्डबाट प्रहरीले निर्दयी तरिकाले चौपाय ओसार-पसार गरिरहेको ट्रकसहित चालकलाई नियन्त्रणमा लिएको छ। आज सडकखण्डमा गरिएको चेकजाँचका क्रममा ना.६ ख ६५७१ नम्बरको ट्रकमा २२ वटा गोरु असहज तथा निर्दयी तरिकाले ओसार-पसार भइरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले ट्रकका चालक रौतहटको चन्द्रपुर नगरपालिका–२ बस्ने अन्दाजी ३० वर्षीय बिनय चौधरीलाई नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएको ट्रक तथा चालकलाई आवश्यक कारबाहीका लागि पशु सेवा केन्द्र, हेटौंडा, मकवानपुर पठाइएको प्रहरीले जनाएको छ। पशु ओसार-पसार गर्दा निर्धारित मापदण्ड तथा पशुको कल्याणसम्बन्धी व्यवस्था पालना नगरेको पाइएमा सम्बन्धित निकायले कानुन बमोजिम कारबाही गर्ने जनाएको छ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.