राप्ती खबर

1255 Posts
ट्रक बिग्रिएपछि अवरुद्ध हेटौंडा–भैंसे सडकखण्ड पुनः सञ्चालनमा

ट्रक बिग्रिएपछि अवरुद्ध हेटौंडा–भैंसे सडकखण्ड पुनः सञ्चालनमा

हेटौंडा, भदौ १६ गते । मकवानपुरको भीमफेदी गाउँपालिका–१ त्रिखण्डीमा मालवाहक ट्रक बिग्रिएपछि अवरुद्ध भएको हेटौंडा–भैंसे सडकखण्ड पुनः सञ्चालनमा आएको छ। मंगलबार बिहान करिब १०ः५० बजे वैकल्पिक ड्राइभर्सनमा ना.५ ख ५४१८ नम्बरको मालवाहक ट्रकको सापट भाँचिएपछि सडक एकतर्फी अवरुद्ध भएको थियो। ट्रक सडकखण्डमै बिग्रिएपछि केही समय सवारी आवागमन प्रभावित बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। सडक अवरुद्ध भएपछि प्रहरीले जेसिबीको सहयोगमा बिग्रिएको ट्रकलाई सडकबाट हटाएको थियो। ट्रक हटाएसँगै बिहान ११ः४५ बजे सडक पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ। सडक सञ्चालनमा आएपछि हेटौंडा–भैंसे सडकखण्डमा रोकिएका तथा आवतजावत गरिरहेका सवारीसाधनको आवागमन सामान्य भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
Read More
हेटौँडा–६ पुतली बजारको सडकको दुरवस्थाप्रति सामाजिक अभियन्ता महतको ध्यानाकर्षण, ‘कर तिर्ने नागरिकले सुरक्षित सडक कहिले पाउने?’

हेटौँडा–६ पुतली बजारको सडकको दुरवस्थाप्रति सामाजिक अभियन्ता महतको ध्यानाकर्षण, ‘कर तिर्ने नागरिकले सुरक्षित सडक कहिले पाउने?’

हेटौंडा, भदौ १६ गते । हेटौँडा उपमहानगरपालिका–६ पुतली बजार क्षेत्रको सडकको दुरवस्थाप्रति सामाजिक अभियन्ता तथा सेवा, सहयोग र आवाजमा हामीका अध्यक्ष विशालराज महतले ध्यानाकर्षण गराएका छन्। महतले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत पुतली बजारको व्यस्त सडकको अवस्थाबारे प्रश्न उठाउँदै सडक निर्माण तथा मर्मतमा सम्बन्धित निकायको ध्यान जानुपर्ने बताएका हुन्। उनले नागरिकले सडक कर, सवारीसाधन नवीकरण कर तथा पेट्रोलियम पदार्थमा लाग्ने करलगायतका विभिन्न शीर्षकमा नियमित रूपमा कर तिर्दै आए पनि नागरिकले दैनिक प्रयोग गर्ने सडकको अवस्था भने अपेक्षाअनुसार सुधार हुन नसकेको गुनासो गरेका छन्। ‘कर तिर्ने काम नागरिकको, सडक बनाउने कामचाहिँ कुन सरकारको?’ भन्दै महतले प्रश्न गरेका छन्। कर तिर्न केही…
Read More
राप्ती खोलाले बगाएका ७० वर्षीय बल बहादुर रुम्बा मृत फेला

राप्ती खोलाले बगाएका ७० वर्षीय बल बहादुर रुम्बा मृत फेला

हेटौंडा, भदौ १६ गते । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बस्तिपुरस्थित राप्ती खोलाले बगाएका एक वृद्ध मृत फेला परेका छन्। मंगलबार बिहान करिब ७ः१० बजे राप्ती खोलाले एक व्यक्तिलाई बगाएर तलतर्फ लैजाँदै गरेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय नेवारपानी, मकवानपुरबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। प्रहरी टोलीले खोजतलास गर्ने क्रममा मनहरी गाउँपालिका–४ मसिने बस्ने करिब ७० वर्षीय बलबहादुर रुम्बाको शव बस्तिपुर पुलबाट करिब ५०० मिटर तल राप्ती खोलाको बीच भागमा काठ र ढुंगाको बीचमा अल्झिएको अवस्थामा बिहान ७ः४५ बजे फेला पारेको हो। घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक उमाशंकर प्रसादको कमाण्डमा SOCO सहितको टोली घटनास्थलमा खटिएको प्रहरीले…
Read More
कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौंडा–काठमाडौं सडकमा सवारी चाप, यात्रामा कठिनाइ

कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौंडा–काठमाडौं सडकमा सवारी चाप, यात्रामा कठिनाइ

हेटौंडा , भदौ १६ गते । पृथ्वीराजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरको हेटौंडा हुँदै काठमाडौं जाने–आउने सडकखण्डमा सवारी चाप बढेको छ। सडक अवरुद्ध भएसँगै वैकल्पिक मार्गका रूपमा हेटौंडा–काठमाडौं सडक प्रयोग गर्ने सवारीसाधनको संख्या बढ्दा हेटौंडा क्षेत्रमा समेत आवागमन प्रभावित भएको हो। बिहानैदेखि सुरु भएको सवारी जाम दिउँसोपछि झनै बढ्दै गएको छ। सवारीसाधनको अत्यधिक चापका कारण हेटौंडा हुँदै काठमाडौं जाने तथा काठमाडौंबाट हेटौंडातर्फ आउने यात्रुले सास्ती व्यहोर्नुपरेको छ। पृथ्वीराजमार्गको कृष्णभीर क्षेत्रमा सडक अवरुद्ध भएपछि त्यसको प्रत्यक्ष प्रभाव हेटौंडा क्षेत्रमा परेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ। सडकमा सवारीको चाप बढेसँगै सम्भावित थप समस्या र यात्रुको असहजतालाई मध्यनजर गर्दै प्रशासनले अत्यावश्यक…
Read More
रसुवा बाढीको छैटौँ दिनसम्म ११ हजार ३७९ जनाको उद्धार, ९३९ शव फेला : प्रधानमन्त्री शाह

रसुवा बाढीको छैटौँ दिनसम्म ११ हजार ३७९ जनाको उद्धार, ९३९ शव फेला : प्रधानमन्त्री शाह

काठमाडौं , भदौ १५ गते । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सरकार खोज, उद्धार, उपचार, राहत तथा प्रभावित नागरिकको सुरक्षित व्यवस्थापनमा निरन्तर सक्रिय रहेको बताएका छन्। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत बाढी आएको छैटौँ दिनसम्मको पछिल्लो अवस्थाबारे जानकारी दिँदै प्रभावित क्षेत्रमा परिचालित सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी, विभिन्न निकायका पदाधिकारी, स्वयंसेवक संस्था तथा आम नागरिकको भूमिका प्रशंसनीय रहेको बताएका हुन्। उनले विपद्को समयमा प्रदेश तथा स्थानीय सरकारले संघीय सरकारलाई दिएको साथ र सहयोग महत्वपूर्ण रहेको उल्लेख गर्दै मित्रराष्ट्र, स्वदेशी तथा विदेशी संघसंस्था, सञ्चारमाध्यम र अन्य सरोकारवालाबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरेका छन्। राहत व्यवस्थापनतर्फ, काठमाडौंल गायत…
Read More
रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा चितवनमा भोलि श्रद्धाञ्जली सभा हुँदै

रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा चितवनमा भोलि श्रद्धाञ्जली सभा हुँदै

चितवन , भदौ १५ गते । विनाशकारी रसुवा बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा जिल्ला प्रशासन कार्यालय चितवनले श्रद्धाञ्जली तथा शोकसभा आयोजना गर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार भोलि साँझ ६ बजे भरतपुर महानगरपालिका–१, देवीघाटस्थित शव व्यवस्थापन स्थलमा श्रद्धाञ्जली तथा शोकसभा आयोजना गर्न लागिएको हो। बाढीका कारण ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको प्रशासनले जनाएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुन इच्छुक संघ–संस्था, नागरिक तथा सम्बन्धित सबैलाई उपस्थितिका लागि अनुरोध गरेको छ। कार्यक्रममा सहभागी भई विपद्का कारण ज्यान गुमाएका व्यक्तिहरूप्रति सम्मान तथा श्रद्धाञ्जली अर्पण गर्न…
Read More
४९औँ अभिभावक भेलाबाट नवगठित विद्यालय व्यवस्थापन समिति र नवनियुक्त शिक्षिकालाई स्वागत

४९औँ अभिभावक भेलाबाट नवगठित विद्यालय व्यवस्थापन समिति र नवनियुक्त शिक्षिकालाई स्वागत

मनहरि , भदौ १५ गते । आज सोमबार बिहान आयोजित प्रार्थना कार्यक्रममा ४९औँ अभिभावक भेलाबाट नवगठित विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरूको विद्यार्थीहरूसँग परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा नवगठित विद्यालय व्यवस्थापन समितिका सदस्यहरूको विद्यार्थीहरूसँग परिचय गराउँदै विद्यालयको शैक्षिक तथा समग्र विकासका लागि आगामी दिनमा सहकार्य र समन्वयलाई प्रभावकारी बनाउने विषयमा जोड दिइएको थियो। यसै अवसरमा प्राथमिक तहमा नवनियुक्त दुई जना शिक्षिकालाई विद्यालय परिवारले स्वागत तथा सम्मान गरेको छ। कार्यक्रममा नवनियुक्त शिक्षिकाहरूको समेत विद्यार्थीहरूसँग परिचयात्मक कार्यक्रम आयोजना गरिएको थियो। त्यस्तै, ४९औँ अभिभावक भेलाका क्रममा पुरस्कार वितरण गर्न छुटेका विद्यार्थीहरूलाई आज आयोजित कार्यक्रममा पुरस्कार वितरण गरिएको विद्यालयले जनाएको…
Read More
नारायणगढ–मुग्लिन सडकमा त्रिशूलीको कटान, नाम्सीखोला क्षेत्रमा सुरक्षा संकेत राखियो

नारायणगढ–मुग्लिन सडकमा त्रिशूलीको कटान, नाम्सीखोला क्षेत्रमा सुरक्षा संकेत राखियो

चितवन, भदौ १५ गते । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत नाम्सीखोला पुलनजिक त्रिशूली नदीले सडक छेउको भाग कटान गरेपछि सडक डिभिजन भरतपुरले सुरक्षा सतर्कता अपनाएको छ। सडक डिभिजन भरतपुरका अनुसार नाम्सीखोला पुलबाट करिब १ किलोमिटर नारायणगढतर्फ (Ch 31+050) त्रिशूली नदीले सडक छेउबाट खोलातर्फ करिब ४.५ मिटर बाहिर र करिब ३० मिटर लम्बाइमा कटान गरेको हो। कटान भएको स्थानको सडक डिभिजन भरतपुरका डिभिजन प्रमुखको नेतृत्वमा इन्जिनियरसहितको प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेको छ। निरीक्षणपछि सवारी चालक तथा यात्रुलाई सम्भावित जोखिमबारे सचेत गराउन उक्त स्थानमा कोन तथा रिफ्लेक्टिभ स्टिकर राखिएको सडक डिभिजनले जनाएको छ। सडक डिभिजनका अनुसार तत्काल उक्त स्थानमा यात्रा गर्दा ठूलो जोखिम नरहे पनि…
Read More
भोटेकोशी बाढीमा ९ हजार ४३५ जनाको उद्धार, ७८१ शव फेला परेको प्रधानमन्त्री शाहको भनाइ

भोटेकोशी बाढीमा ९ हजार ४३५ जनाको उद्धार, ७८१ शव फेला परेको प्रधानमन्त्री शाहको भनाइ

काठमाडौं, भदौ १४ गते । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सरकारले खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई युद्धस्तरमा अघि बढाइरहेको बताएका छन्। प्रधानमन्त्री शाहले आइतबार साँझ सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरणमा प्रतिकूल मौसम, जटिल भूगोल र निरन्तरको जोखिमका बाबजुद प्रभावित नागरिकको जीवनरक्षाका लागि राज्य संयन्त्र परिचालन गरिएको उल्लेख गरेका छन्। उनका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म ९ हजार ४३५ जनालाई हवाई तथा स्थलमार्गबाट उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याइएको छ। राहत तथा उद्धारका लागि सो दिन थप ७२ सहित हालसम्म ३९४ उडान सञ्चालन भइसकेका छन्। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी…
Read More
मनहरीमा विश्व बेपत्ता विरुद्धको दिवसमा दीप प्रज्वलन, बेपत्ता योद्धाको सम्झना

मनहरीमा विश्व बेपत्ता विरुद्धको दिवसमा दीप प्रज्वलन, बेपत्ता योद्धाको सम्झना

मनहरी, भदौ १४ गते । विश्व बेपत्ता विरुद्धको दिवसको अवसरमा मकवानपुरको मनहरी गाउँपालिकामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। सत्य अभिलेखकर्ता राष्ट्रिय सञ्जाल मकवानपुरको आयोजनामा गाउँपालिकाको भवन परिसरमा कार्यक्रम भएको हो। कार्यक्रममा बेपत्ता योद्धाहरूको सम्झनामा दीप प्रज्वलन गर्दै उनीहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। साथै, पछिल्लो समय भोटेकोसी नदीमा आएको बाढीमा परी ज्यान गुमाएका नागरिक तथा विभिन्न आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो। कार्यक्रममा बोल्दै मनहरी गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी मगरले बेपत्ता योद्धाहरूको अवस्था सार्वजनिक गर्न तथा उनीहरूका परिवारको उचित व्यवस्थापनका लागि राज्यलाई निरन्तर घचघच्याउने बताइन्। उनले बेपत्ता योद्धाका परिवार तथा यस अभियानमा आफ्नो तर्फबाट सक्दो…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.