राप्ती खबर

1255 Posts
हेटौंडामा तातो पानीले १६ महिनाका बालक घाइते, हेटौंडा अस्पतालमा उपचार हुँदै

हेटौंडामा तातो पानीले १६ महिनाका बालक घाइते, हेटौंडा अस्पतालमा उपचार हुँदै

हेटौंडा, भदौ १४ गते । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ पिप्लेमा तातो पानीले पोल्दा १६ महिनाका एक बालक घाइते भएका छन्। आइतबार दिउँसो करिब ३ः५५ बजे स्थानीय संगम श्रेष्ठका १६ महिनाका छोरा संभव श्रेष्ठ आफ्नै घरमा तताएर राखिएको तातो पानीसँग खेलाउने क्रममा दुर्घटनामा परेका हुन्। खेलाउने क्रममा तातो पानी बालकको छाती र पेटको भागमा परेको प्रहरीले जनाएको छ। तातो पानीले पोलेपछि घाइते बालकलाई तत्काल उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको थियो। हेटौंडा अस्पतालमा उपचाररत बालकको अवस्था मध्यम रहेको बताइएको छ। बालकको उपचारमा उनका बुबा संलग्न रहेको जनाइएको छ। घटनाबारे जानकारी प्राप्त भएपछि वडा प्रहरी कार्यालय हेटौंडा, मकवानपुरबाट प्रहरी टोली अस्पतालमा खटिई घटनाबारे आवश्यक…
Read More
हेटौंडामा EV र सुमो आपसमा ठोक्किँदा ११ जना घाइते, सबैको हेटौंडा अस्पतालमा उपचार हुँदै

हेटौंडामा EV र सुमो आपसमा ठोक्किँदा ११ जना घाइते, सबैको हेटौंडा अस्पतालमा उपचार हुँदै

हेटौंडा, भदौ १४ गते । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५, पिपलबोटस्थित महेन्द्र राजमार्गमा यात्रुबाहक EV र सुमो आपसमा ठोक्किँदा ११ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब १२ः३० बजे काठमाडौंँबाट वीरगञ्जतर्फ जाँदै गरेको बा.प्र.०६-००१ ज. ०६९७ नम्बरको यात्रुबाहक EV र विपरीत दिशाबाट आउँदै गरेको ना.१ ज.५८७३ नम्बरको यात्रुबाहक सुमो एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा सुमो चालकसहित सुमोमा सवार ६ जना तथा EV चालकसहित EV मा सवार ५ जना गरी ११ जना घाइते भएका छन्। घाइते सबैलाई उपचारका लागि हेटौंडा अस्पताल, मकवानपुरमा ल्याइएको प्रहरीले जनाएको छ। घाइतेमध्ये सुमो चालक पर्सा बिन्दवासिनी गाउँपालिका–३ का करिब ३४ वर्षीय रविन्द्र उपाध्यायको दुवै खुट्टा र ढाडमा…
Read More
कृष्णभीरमा सडक भासिएपछि मुग्लिन–काठमाडौं सडकखण्ड पूर्णरूपमा बन्द

कृष्णभीरमा सडक भासिएपछि मुग्लिन–काठमाडौं सडकखण्ड पूर्णरूपमा बन्द

चितवन, भदौ १४ गते । त्रिशूली नदीमा आएको बाढीका कारण मुग्लिन–काठमाडौं सडकखण्डअन्तर्गत धादिङ जिल्लाको कृष्णभीरमा सडक भासिएपछि उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन पूर्णरूपमा बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार आज बिहान त्रिशूली नदीमा आएको बाढीका कारण कृष्णभीर क्षेत्रमा सडक भासिन गएको हो। सडकको अवस्था जोखिमपूर्ण बनेपछि यात्रु तथा सवारीसाधनको सुरक्षालाई मध्यनजर गर्दै तत्कालका लागि आवागमन बन्द गरिएको हो। जिल्ला प्रशासन कार्यालय चितवनले मुग्लिन–काठमाडौं सडकखण्ड भएर यात्रा गर्ने सम्पूर्ण यात्रु तथा सवारीचालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचना मार्फत सडकको अवस्था जोखिमपूर्ण रहेकाले यात्रुहरूले आवश्यक सावधानी अपनाउन तथा वैकल्पिक मार्गबाट…
Read More
भोटेकोशी बाढीपछि बागमती सरकारको सर्वदलीय छलफल, राहत–उद्धारसँगै पुनर्निर्माणलाई तीव्रता दिने निर्णय

भोटेकोशी बाढीपछि बागमती सरकारको सर्वदलीय छलफल, राहत–उद्धारसँगै पुनर्निर्माणलाई तीव्रता दिने निर्णय

हेटौंडा, भदौ १४ गते । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधन तथा भौतिक क्षतिको समीक्षा गर्दै बागमती प्रदेश सरकारले राहत, उद्धार र आगामी पुनर्निर्माणका विषयमा सर्वदलीय छलफल गरेको छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाको अध्यक्षतामा काठमाडौंमा बसेको सर्वदलीय बैठकले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई निरन्तरता दिँदै पुनर्निर्माणका कामलाई समेत प्रभावकारी रूपमा अघि बढाउने निर्णय गरेको हो। बैठकमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्रीहरू राजेन्द्र पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामा सहित विभिन्न राजनीतिक दलका संसदीय दलका नेताहरू तथा प्रदेशसभा सदस्यहरूको सहभागिता रहेको थियो। एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया भने ह्वाट्सएप मार्फत बैठकमा सहभागी भएका थिए। बैठकले बाढीबाट बढी प्रभावित…
Read More
रसुवा बाढीपछि ७ हजार ५१४ जनाको उद्धार, ६७५ शव फेला; उद्धारदेखि पुनःस्थापनासम्म सरकारको उच्च प्राथमिकता

रसुवा बाढीपछि ७ हजार ५१४ जनाको उद्धार, ६७५ शव फेला; उद्धारदेखि पुनःस्थापनासम्म सरकारको उच्च प्राथमिकता

काठमाडौं, भदौ १४ गते । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका तटीय क्षेत्रमा ठूलो जनधन तथा भौतिक क्षति भएपछि सरकारले उद्धार, खोजी, उपचार, राहत तथा पुनःस्थापनाका कामलाई तीव्रता दिएको जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरणअनुसार बाढी प्रभावित क्षेत्रबाट आज साँझ साढे पाँच बजेसम्म हवाई तथा स्थलमार्गबाट ७ हजार ५१४ जनाको सफल उद्धार गरिएको छ। विभिन्न जलविद्युत् आयोजना क्षेत्रमा फसेका २७९ जनाको उद्धार भइसकेको र बाँकी प्रभावित क्षेत्रमा समेत खोजी तथा उद्धार कार्य जारी रहेको सरकारले जनाएको छ। उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका गरी १६ वटा हेलिकप्टर परिचालन गरिएको…
Read More
रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका लागि राहत संकलन गर्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली

रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका लागि राहत संकलन गर्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली

काठमाडौँ, भदौ १३ गते । रसुवा, नुवाकोट र धादिङका नदी किनारका क्षेत्रमा २०८३ भदौ १० गते आएको बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री संकलन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले अत्यन्त जरुरी सूचना जारी गरेको छ। काठमाडौँ जिल्लाभित्र रहेका विभिन्न संघसंस्था, व्यक्ति, कम्पनी, क्लब तथा नागरिकस्तरबाट कपडा, भाँडाकुँडा तथा अन्य आवश्यक सामग्री राहतस्वरूप संकलन गरी उपलब्ध गराउन इच्छुकलाई प्रशासनले समन्वय गर्न आग्रह गरेको छ। काठमाडौँमा संकलन हुने राहत सामग्रीहरू एकद्वार प्रणालीमार्फत जिल्ला प्रशासन कार्यालयमा संकलन गरिनेछ। त्यसपछि सम्बन्धित जिल्लाका सुरक्षा निकाय, राहत तथा उद्धारमा प्रत्यक्ष रूपमा खटिएका काठमाडौँस्थित सुरक्षा निकायहरू तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वय र निर्देशनमा…
Read More
रसुवा बाढीमा संकलित २२९ पहिचान नभएका शव जमिनमुनि व्यवस्थापन गरिने

रसुवा बाढीमा संकलित २२९ पहिचान नभएका शव जमिनमुनि व्यवस्थापन गरिने

चितवन, भदौ १३ गते । विनाशकारी रसुवा बाढीमा परी चितवनमा हालसम्म संकलन गरिएका २३३ शवमध्ये पहिचान भएका चार शव सम्बन्धित परिवारलाई बुझाइएको छ भने बाँकी २२९ शव होल्डिङ सेन्टर तथा स्वास्थ्य संस्थामा राखिएका छन्। जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार जारी गरेको सूचनाअनुसार होल्डिङ सेन्टर, स्वास्थ्य संस्था तथा नदी तटबाट संकलन गरिएका शव तथा अवशेषहरू लामो समयसम्म राखिँदा सडगल्ने अवस्थामा पुगेका छन्। शवहरू दुर्गन्धित बन्दै गएकाले संक्रमण तथा महामारी फैलिन सक्ने जोखिम रहेको स्वास्थ्य क्षेत्रका विज्ञहरूको राय तथा विश्लेषणका आधारमा तत्काल व्यवस्थापन गर्नुपर्ने अवस्था सिर्जना भएको प्रशासनले जनाएको छ। यसै परिस्थितिलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति चितवनको भदौ १३ गतेको निर्णयअनुसार…
Read More
राहत संकलनको नाममा व्यक्तिगत खाताको QR कोड प्रयोग गरेको आरोपमा एक जना नियन्त्रणमा

राहत संकलनको नाममा व्यक्तिगत खाताको QR कोड प्रयोग गरेको आरोपमा एक जना नियन्त्रणमा

हेटौंडा, भदौ १२ गते । भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो धनजनको क्षति भएको कठिन परिस्थितिको फाइदा उठाउँदै राहत संकलनका नाममा व्यक्तिगत बैंक खाताको QR कोड प्रयोग गरी रकम संकलन गर्न खोजेको आरोपमा एक जना व्यक्ति नियन्त्रणमा परेका छन्। मिति २०८३ भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो क्षति भएको घटनापछि राहत संकलनका नाममा व्यक्तिगत तलबी खाताको QR कोड प्रयोग गरी रकम संकलन गर्न खोजिएको सम्बन्धमा प्राप्त उजुरीका आधारमा ती व्यक्तिलाई नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिइएका व्यक्ति माथि घटनासम्बन्धी आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ। सम्बन्धित निकायले विपद्को समयमा राहत तथा सहयोगका नाममा हुने सम्भावित ठगीबाट सचेत रहन आग्रह…
Read More
सीता माविको ४९औँ अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति र पिटिए गठन

सीता माविको ४९औँ अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति र पिटिए गठन

मनहरी, भदौ ११ गते । मनहरी गाउँपालिका–२, भुन्द्रुङ्टाँडीस्थित श्री सीता माध्यमिक विद्यालयको ४९औँ अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति र शिक्षक–अभिभावक संघ (पिटिए) गठन गरिएको छ । बुधबार सम्पन्न भेलाले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा राजकुमार थिङ र शिक्षक–अभिभावक संघको अध्यक्षमा सूर्यबहादुर गोलेलाई सर्वसम्मत चयन गरेको हो । विद्यालय व्यवस्थापन समितिको सदस्यमा सन्ध्या वाइबा, वीरबहादुर स्याङ्तान र विष्णुकुमारी जिम्बा चयन भएका छन् । त्यस्तै, शिक्षक–अभिभावक संघको सदस्यमा चमेलीमाया थिङ, ज्ञानबहादुर दोङ, विवि माया बल, दीपक ब्लोन, राजु थिङ र हिरामान बल चयन भएका छन् । भेलाले बाँकी सदस्यहरू बैठक मार्फत थप गर्दै ७ सदस्यीय विद्यालय व्यवस्थापन समिति र ११ सदस्यीय शिक्षक–अभिभावक संघलाई…
Read More
सीता माविको ४९औँ अभिभावक दिवस सम्पन्न, योगदान पुर्‍याउने व्यक्तित्व सम्मानित

सीता माविको ४९औँ अभिभावक दिवस सम्पन्न, योगदान पुर्‍याउने व्यक्तित्व सम्मानित

मनहरी, भदौ १० गते । मकवानपुरको मनहरी गाउँपालिका–२ स्थित सीता माध्यमिक विद्यालयले आफ्नो ४९औँ अभिभावक दिवस तथा विविध कार्यक्रम उत्साहपूर्वक सम्पन्न गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार थिङको अध्यक्षतामा आयोजित कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी मगर, मनहरी–२ का वडाध्यक्ष राजकुमार पाख्रिन, गाउँपालिकाका शिक्षा शाखा प्रमुख प्रदीप पराजुली तथा विद्यालयका प्रधानाध्यापक विशाल घलानलगायतको उपस्थिति थियो। कार्यक्रममा विद्यालयको पछिल्लो शैक्षिक अवस्था, अतिरिक्त क्रियाकलाप तथा अन्य गतिविधिबारे जानकारी प्रस्तुत गरिएको थियो। साथै विद्यार्थीको सिकाइ उपलब्धि, विद्यालयको समग्र विकास, अभिभावकको भूमिका तथा विद्यालय र समुदायबीचको सम्बन्धलगायतका विषयमा छलफल गरिएको थियो। अभिभावक दिवसका…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.