हेटौंडामा तातो पानीले १६ महिनाका बालक घाइते, हेटौंडा अस्पतालमा उपचार हुँदै

हेटौंडा, भदौ १४ गते । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ पिप्लेमा तातो पानीले पोल्दा १६ महिनाका एक बालक घाइते भएका छन्।

आइतबार दिउँसो करिब ३ः५५ बजे स्थानीय संगम श्रेष्ठका १६ महिनाका छोरा संभव श्रेष्ठ आफ्नै घरमा तताएर राखिएको तातो पानीसँग खेलाउने क्रममा दुर्घटनामा परेका हुन्।

खेलाउने क्रममा तातो पानी बालकको छाती र पेटको भागमा परेको प्रहरीले जनाएको छ। तातो पानीले पोलेपछि घाइते बालकलाई तत्काल उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको थियो।

हेटौंडा अस्पतालमा उपचाररत बालकको अवस्था मध्यम रहेको बताइएको छ। बालकको उपचारमा उनका बुबा संलग्न रहेको जनाइएको छ।

घटनाबारे जानकारी प्राप्त भएपछि वडा प्रहरी कार्यालय हेटौंडा, मकवानपुरबाट प्रहरी टोली अस्पतालमा खटिई घटनाबारे आवश्यक जानकारी तथा अनुसन्धान गरिरहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.