राजनीति

उत्तरी गोरखाको ‘लाइफलाइन’ सडक कालोपत्रे गर्न ५१ करोड स्वीकृत, विकासको नयाँ आशा जाग्यो

उत्तरी गोरखाको ‘लाइफलाइन’ सडक कालोपत्रे गर्न ५१ करोड स्वीकृत, विकासको नयाँ आशा जाग्यो

काठमाडौँ, जेठ ४ गते। पूर्व गृहमन्त्री तथा प्रतिनिधिसभाका सांसद सुदन गुरुङले उत्तरी गोरखाको महत्वपूर्ण सडक खण्ड कालोपत्रे गर्न अर्थ मन्त्रालयबाट ५१ करोड रुपैयाँको स्रोत सहमति स्वीकृत भएको जानकारी दिएका छन्। उनले सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त निर्णयलाई उत्तरी गोरखाको विकास र समृद्धितर्फको “पहिलो ऐतिहासिक पाइला” भएको बताएका हुन्। गुरुङका अनुसार अन्तरिम सरकारको समयमा उत्तरी गोरखाको भ्रमणका क्रममा हावाडाँडा–माछाखोला सडक मार्ग नेपालबाट भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो सामरिक मार्ग भएको निष्कर्ष निकालिएको थियो। उक्त सडकले गोरखाको आर्थिक, व्यापारिक तथा पर्यटन विकासमा दीर्घकालीन परिवर्तन ल्याउने विश्वासका साथ त्यसबेलादेखि नै यसलाई बहुवर्षीय योजनामा समावेश गर्न पहल गरिएको उनले उल्लेख गरेका छन्। उनले…
Read More
हेटौंडा–४ मा डुबान समस्या समाधानतर्फ उन्मुख : आलोचनाभन्दा काम हेर्न वडाध्यक्ष सिग्देलको आग्रह

हेटौंडा–४ मा डुबान समस्या समाधानतर्फ उन्मुख : आलोचनाभन्दा काम हेर्न वडाध्यक्ष सिग्देलको आग्रह

हेटौडा,जेठ ३ गते । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ का वडाध्यक्ष तथा नेकपा एमाले केन्द्रीय लेखा आयोग सदस्य नवीन सिग्देलले वडा क्षेत्रमा देखिएका डुबान तथा पानी जम्ने समस्यालाई क्रमशः समाधान गर्दै लगिएको बताएका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत धारणा सार्वजनिक गर्दै सिग्देलले आफूहरू स्थानीय नेतृत्वमा आउनुअघि नै धेरै स्थानमा पानी जम्ने, सडक डुबान हुने तथा खोलाजस्तो अवस्था रहेको उल्लेख गरेका छन्। उनले गर्दोही क्षेत्रको सडक पहिले खोलो र पोखरीजस्तै रहेको, गिरीटोल डुबानको समस्यामा परेको तथा ब्रम्हदिक अगाडि, दाजुभाइ अगाडि र पारिजातपथ क्षेत्रमा समेत वर्षायाममा पानी बग्ने समस्या रहेको स्मरण गराउँदै अहिले तीमध्ये धेरै समस्या समाधान गरिएको दाबी गरेका छन्। सिग्देलले…
Read More
हेटौंडामा विद्यालय बन्दप्रति वडाध्यक्ष सिग्देलको असन्तुष्टि : “विद्यालय नखुल्दा स्थानीय तहले अनुगमन र कारवाही गर्नुपर्छ”

हेटौंडामा विद्यालय बन्दप्रति वडाध्यक्ष सिग्देलको असन्तुष्टि : “विद्यालय नखुल्दा स्थानीय तहले अनुगमन र कारवाही गर्नुपर्छ”

हेटौडा,जेठ ३ गते । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ का वडाध्यक्ष तथा नेकपा एमाले केन्द्रीय लेखा आयोग सदस्य नवीन सिग्देलले विद्यालय तथा शैक्षिक संस्था बन्द हुँदा विद्यार्थी, अभिभावक र समाजले थप समस्या भोग्नुपरेको बताएका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत धारणा सार्वजनिक गर्दै उनले विद्यालय नखुल्ने र पठनपाठन प्रभावित हुने अवस्थाप्रति असन्तुष्टि व्यक्त गरेका हुन्। सिग्देलले स्थानीय तहले विद्यालय सञ्चालनको विषयमा प्रभावकारी अनुगमन गर्नुपर्ने र विद्यालय नखुल्दा आवश्यक कारवाहीको प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखेका छन्। उनले शिक्षक पढाउन तयार रहेको, अभिभावक विद्यार्थीलाई विद्यालय पठाउन इच्छुक रहेको तथा विद्यार्थी पनि अध्ययन गर्न तयार रहेको उल्लेख गर्दै यस्तो अवस्थामा विद्यालय बन्द हुनु दुःखद…
Read More
उज्यालो नेपाल पार्टी मकवानपुरद्वारा हेटौंडा–१२ मा ११ सदस्यीय स्थायी वडा समिति गठन

उज्यालो नेपाल पार्टी मकवानपुरद्वारा हेटौंडा–१२ मा ११ सदस्यीय स्थायी वडा समिति गठन

हेटौडा,जेठ ३ गते । आज हेटौंडा उपमहानगरपालिका वडा नं. १२ मा उज्यालो नेपाल पार्टी मकवानपुरको आयोजनामा ११ सदस्यीय स्थायी वडा समिति गठन कार्यक्रम सम्पन्न भएको छ। अगम सिंह रुम्बाको अध्यक्षतामा गठित उक्त वडा समिति विशेष कार्यक्रमका बीच घोषणा गरिएको हो। कार्यक्रममा पार्टीका मकवानपुर संरक्षक ओम घलानको प्रमुख आतिथ्यता रहेको थियो भने जिल्ला तथा नगर तहका विभिन्न पदाधिकारीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै वक्ताहरूले स्थानीय तहमा पार्टी संगठनलाई थप सुदृढ बनाउँदै जनताका समस्या समाधान र विकास निर्माणका कार्यमा सक्रिय रूपमा लाग्नुपर्ने धारणा व्यक्त गरेका थिए। साथै नवगठित समितिले वडा स्तरमा संगठन विस्तार तथा जनसेवालाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको…
Read More
मकवानपुरका १० पालिकामा रास्वपाको अधिवेशन तालिका सार्वजनिक, थाहा नगरमा जेठ ९ गते

मकवानपुरका १० पालिकामा रास्वपाको अधिवेशन तालिका सार्वजनिक, थाहा नगरमा जेठ ९ गते

हेटौडा,जेठ २ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरले जिल्लाका विभिन्न पालिकामा हुने अधिवेशनको तालिका सार्वजनिक गरेको छ । शनिबार हेटौँडामा बसेको जिल्ला कमिटी बैठकले हेटौँडा उपमहानगरपालिकासहित जिल्लाका १० वटै पालिकामा जेठ महिनाको दोस्रो साताभित्र अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो । बैठकले थाहा नगरपालिकामा जेठ ९ गते अधिवेशन गर्ने निर्णय गर्दै त्यसको जिम्मेवारी राजकुमार कार्की र रमेश थापालाई दिएको छ । यस्तै, जेठ १० गते हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाको अधिवेशन हुने तय गरिएको छ । उक्त अधिवेशनका लागि विष्णु दाहाल, टाकाराज थापा, किशोर अर्याल र ईश्वर दाहाललाई जिम्मेवारी तोकिएको पार्टीले जनाएको छ । त्यसैगरी, जेठ १३ गते इन्द्रसरोवर…
Read More
नवीन सिग्देलको माग : “भूमिहीन सुकुम्बासीबारे तत्काल साझा धारणा सार्वजनिक गरियोस्”

नवीन सिग्देलको माग : “भूमिहीन सुकुम्बासीबारे तत्काल साझा धारणा सार्वजनिक गरियोस्”

हेटौंडा,बैशाख २६ गते । हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष तथा नेकपा एमाले केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देलले हेटौंडा क्षेत्रका भूमिहीन तथा सुकुम्बासी नागरिकको विषयमा स्थानीय तह र राजनीतिक दलहरूले तत्काल साझा धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत धारणा सार्वजनिक गर्दै उनले भूमिहीन सुकुम्बासीलाई मानवीय र व्यवहारिक पक्षलाई बेवास्ता गर्दै उठिबास लगाइएको भन्दै आपत्ति जनाएका हुन्। उनले विगतमा विभिन्न प्रयास भए पनि समस्याको दीर्घकालीन समाधान हुन नसकेको उल्लेख गर्दै अहिलेको अवस्थाले पीडित नागरिक थप पीडित बन्न पुगेको बताएका छन्। उनले हेटौंडा उपमहानगरपालिकाको तत्काल बैठक बोलाई भूमिहीन, अव्यवस्थित बसोबासी तथा अतिक्रमित क्षेत्रको स्पष्ट वर्गीकरण गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। साथै, कति…
Read More
जनताको घर भत्काएर विस्थापित गर्न हुँदैन : सांसद हर्कराज राई (साम्पाङ)

जनताको घर भत्काएर विस्थापित गर्न हुँदैन : सांसद हर्कराज राई (साम्पाङ)

हेटौंडा,बैशाख २६ गते । हर्कराज राईले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका नागरिकलाई घरबारविहीन बनाउने कार्य स्वीकार्य नहुने बताएका छन्। शनिबार चितवन जाने क्रममा हेटौंडा आइपुगेका श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष एवं सुनसरी क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य राईले हेटौंडा–११ थानाभर्याङस्थित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समुदायसँगको छोटो छलफल कार्यक्रममा बोल्दै जनतालाई विस्थापित गर्नेभन्दा समस्या समाधानतर्फ राज्य केन्द्रित हुनुपर्ने बताएका हुन्। उनले नेपालमा लामो समयदेखि रहेको अव्यवस्थित बसोबासी तथा सुकुम्बासी समस्यालाई समाधान गर्नुपर्नेमा आफू सदैव प्रतिबद्ध रहेको स्पष्ट पारे। प्रतिनिधिसभामा निर्वाचित भएपछि संसद् भवनको पहिलो बैठकमै आफूले सुकुम्बासी र अव्यवस्थित बसोबासीका मुद्दालाई मुख्य एजेण्डाका रूपमा उठाएको उनले बताए। राईले सरकारले गरेका…
Read More
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) मकवानपुरको १३औँ पूर्ण बैठक सम्पन्न, संगठन सुदृढीकरण र जनपक्षीय मुद्दामा केन्द्रित

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) मकवानपुरको १३औँ पूर्ण बैठक सम्पन्न, संगठन सुदृढीकरण र जनपक्षीय मुद्दामा केन्द्रित

हेटौंडा,बैशाख २६ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) मकवानपुरको १३औँ पूर्ण बैठक हेटौंडा–११ सिमलटारमा सम्पन्न भएको छ । बैठकले संगठन सुदृढीकरणदेखि समसामयिक राजनीतिक विषयसम्म विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको जनाएको छ । बैठकलाई सम्बोधन तथा प्रशिक्षण दिँदै नारायणी–मधेस प्रदेश इन्चार्ज अनिल सीले हाल बालेन शाह नेतृत्वको सरकारले सुकुम्बासी तथा अव्यवस्थित बस्ती हटाउने नाममा चालेका कदमप्रति ध्यानाकर्षण गराएका छन् । उनले वैकल्पिक व्यवस्थापन नगरी बस्ती हटाउने कार्य जनविरोधी हुने बताएका छन् । उनले अव्यवस्थित बस्तीका नागरिकलाई उचित व्यवस्थापन र पुनःस्थापनाको सुनिश्चितता गरिनुपर्नेमा जोड दिँदै राज्यले जनताको आधारभूत अधिकारमाथि हस्तक्षेप गर्न नहुने धारणा राखे । त्यस्तै उनले आगामी २०८४ सालको निर्वाचनलाई लक्षित गर्दै…
Read More
“सत्ता बाहिर आदर्श, सत्तामा पुगेपछि सुविधा खोज्ने प्रवृत्ति दोहोरो चरित्र” — वडाध्यक्ष फुर्बा दोर्जे लामा

“सत्ता बाहिर आदर्श, सत्तामा पुगेपछि सुविधा खोज्ने प्रवृत्ति दोहोरो चरित्र” — वडाध्यक्ष फुर्बा दोर्जे लामा

हेटौंडा,बैशाख २५ गते । हेटौंडा उपमहानगरपालिका–१० का वडाध्यक्ष फुर्बा दोर्जे लामाले राजनीतिक नेतृत्वमा देखिएको दोहोरो व्यवहारप्रति कटाक्ष गरेका छन्। सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सत्ता बाहिर हुँदा आदर्शका ठूला कुरा गर्ने नेताहरू जिम्मेवारीमा पुगेपछि व्यवहारमा विपरीत देखिने गरेको टिप्पणी गरेका हुन्। उनले लेखेका छन्, “हिजो प्रधानमन्त्री मन्त्री हुँदा ‘माननीय सांसदको स्वकीय सचिव राख्नु हुँदैन’ भन्नेहरू आज ‘स्वकीय बिना कामै चल्दैन’ भन्दै हिँडिरहेका छन्।” त्यस्तै, “धेरै गाडी र तामझाम चाहिँदैन, जनताको सेवक सादा हुनुपर्छ भन्नेहरू आज गाडी, सुरक्षा र सुविधा बिना एक पाइला हिँड्न नसक्ने अवस्थामा पुगेका छन्,” भन्दै उनले सत्ता र व्यवहारबीचको अन्तर औँल्याएका छन्। वडाध्यक्ष लामाले…
Read More
निर्माण कार्य तीव्र बनाउन मन्त्रालयको कडाइ : प्रगति, स्रोत परिचालन र अनुगमनमा विशेष निर्देशन

निर्माण कार्य तीव्र बनाउन मन्त्रालयको कडाइ : प्रगति, स्रोत परिचालन र अनुगमनमा विशेष निर्देशन

काठमाडौं,बैशाख २२ गते । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मातहतका सबै आयोजना तथा ठेक्का कार्यहरूलाई द्रुत गतिमा अगाडि बढाउन कडा निर्देशन जारी गरेको छ। मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलद्वारा जारी निर्देशनमा निर्माण प्रगति, स्रोत परिचालन र प्रभावकारी कार्यान्वयनलाई उच्च प्राथमिकतामा राख्दै सम्बन्धित निकायहरूलाई सक्रिय भूमिका निर्वाह गर्न भनिएको हो। निर्देशन अनुसार निर्माण सामग्रीको उपलब्धता सुनिश्चित गर्न स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसँग नियमित समन्वय गर्नुपर्नेछ। यदि निर्माण सामग्री, विशेषगरी इन्धन र बिटुमिनको अभाव भएमा तत्काल मन्त्रालयलाई जानकारी गराउन भनिएको छ। त्यस्तै, ठेक्का सम्झौतामा रहेको व्यवस्था अनुसार मूल्य समायोजन प्रक्रिया तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने उल्लेख गरिएको छ। कार्यान्वयनमा समस्या आएमा मन्त्रालयमा प्रतिवेदन…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.