भारी वर्षाका कारण कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते हुने

काठमाडौं, असोज १३ गते । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न तहका अधिवेशन सम्पन्न भइरहेका बेला महाधिवेशन उद्घाटन समारोहको मिति तय गरिएको छ।

कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार महाधिवेशन उद्घाटन समारोह यहि असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुने भएको हो।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा, गाउँपालिका र नगरपालिका तहका अधिवेशन सम्पन्न भइसकेका छन्। हाल प्रदेश सभा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको प्रक्रिया चलिरहेको पार्टीले जनाएको छ।

देशका विभिन्न स्थानमा परेको भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया अझै जारी रहेको जानकारी निर्वाचन समिति र पार्टीका तहगत कार्यसमितिबाट प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ।

यही परिस्थितिलाई मध्यनजर गर्दै कांग्रेसले १५औँ महाधिवेशनको उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे खुलामञ्चमा आयोजना गर्ने जनाएको हो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.