समाचार

हर्कराज राई (हर्क साम्पाङ)को आपत्ति : “संवैधानिक परिषद् अध्यादेश र प्रधान न्यायाधीश नियुक्ति विधिविपरीत”

हर्कराज राई (हर्क साम्पाङ)को आपत्ति : “संवैधानिक परिषद् अध्यादेश र प्रधान न्यायाधीश नियुक्ति विधिविपरीत”

काठमाडौं,बैशाख २५ गते । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले सरकारले संवैधानिक प्रक्रिया मिच्दै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेको तथा प्रधान न्यायाधीश नियुक्तिमा वरियताको क्रम उल्लङ्घन गरेको भन्दै घोर आपत्ति जनाएका छन्। अध्यक्ष राईले संसदलाई छल्दै राष्ट्र प्रमुखमाथि दबाब सिर्जना गरेर अध्यादेश जारी गराउनु लोकतान्त्रिक मूल्य र संवैधानिक व्यवस्थाविपरीत भएको बताएका छन्। उनले गलत प्रक्रियाबाट गरिएको कुनै पनि निर्णयलाई सही मान्न नसकिने स्पष्ट पारे। उनले प्रधान न्यायाधीश नियुक्तिको विषयमा पनि सरकारमाथि गम्भीर प्रश्न उठाएका छन्। वरियतामा चौथो स्थानमा रहेका व्यक्तिलाई प्रधान न्यायाधीश नियुक्त गर्नु सरकारको अर्को ठूलो गल्ती भएको उनको आरोप छ। यस्तो कदमले न्यायालयको स्वतन्त्रता र…
Read More
आज साँझ ६ देखि ९ बजेसम्म स्वास्थ्य बीमा व्यवस्थापन सूचना प्रणाली सेवा अवरुद्ध हुने

आज साँझ ६ देखि ९ बजेसम्म स्वास्थ्य बीमा व्यवस्थापन सूचना प्रणाली सेवा अवरुद्ध हुने

हेटौंडा,बैशाख २५ गते । स्वास्थ्य बीमा बोर्डले आज शुक्रबार साँझ केही समयका लागि स्वास्थ्य बीमा व्यवस्थापन सूचना प्रणालीको सेवा अवरुद्ध हुने जनाएको छ। बोर्डद्वारा जारी सूचनाअनुसार राष्ट्रिय सूचना प्रविधि केन्द्रमा सञ्चालनमा रहेको एकीकृत डाटा व्यवस्थापन केन्द्रको सरोवर (सर्भर) रिप्लेस गर्नुपर्ने भएकाले आज साँझ ६ बजेदेखि राति ९ बजेसम्म सेवा अवरुद्ध हुने भएको हो। यस अवधिमा बिमा व्यवस्थापन सूचना प्रणाली अन्तर्गतका सेवा सञ्चालन हुन नसक्ने बोर्डले जनाएको छ। सेवा अवरुद्ध हुँदा सेवाग्राहीहरूलाई पर्न जाने असुविधाप्रति बोर्डले क्षमायाचना समेत गरेको छ। त्यस्तै, बोर्डले सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई उक्त समयअगावै आवश्यक दाबी प्रक्रिया अनिवार्य रूपमा सम्पन्न गरिसक्न अनुरोध गरेको छ।
Read More
मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत तुईन खोला क्षेत्रमा ढुंगा झरेपछि अवरुद्ध सडक पुनः दुवैतर्फ सञ्चालन

मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत तुईन खोला क्षेत्रमा ढुंगा झरेपछि अवरुद्ध सडक पुनः दुवैतर्फ सञ्चालन

चितवन,बैशाख २४ गते । मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत तुईन खोला नजिकै माथिबाट ढुंगा खस्दा केही समय सडक एकतर्फी रूपमा सञ्चालन गरिएको थियो। सडकमा ढुंगा झरेपछि यात्रु तथा सवारी साधनको सुरक्षालाई मध्यनजर गर्दै अस्थायी रूपमा एकतर्फी यातायात सञ्चालन गरिएको थियो। सडक डिभिजन भरतपुरका अनुसार सडकमा खसेका ढुंगा तथा अवरोध हटाउने कार्य सम्पन्न भएपछि अहिले उक्त सडक खण्ड पूर्ण रूपमा दुवैतर्फ सञ्चालनमा आएको छ। सडक डिभिजनले यात्रु तथा चालकहरूलाई वर्षायाम नजिकिँदै गएको अवस्थामा पहिरो तथा ढुंगा झर्ने सम्भावित जोखिमप्रति सतर्क रहन आग्रह गरेको छ। साथै, यात्रा गर्दा सावधानी अपनाउन र सम्बन्धित निकायबाट प्राप्त सूचना पालना गर्न अनुरोध गरिएको छ।
Read More
सुकुम्बासी व्यवस्थापन अभियानप्रति श्रम संस्कृति पार्टीको आपत्ति, “संविधानविपरीत कदम तत्काल रोक्नुपर्ने”

सुकुम्बासी व्यवस्थापन अभियानप्रति श्रम संस्कृति पार्टीको आपत्ति, “संविधानविपरीत कदम तत्काल रोक्नुपर्ने”

काठमाडौं,बैशाख २३ गते । श्रम संस्कृति पार्टीले नेपाल सरकारले सुकुम्बासी व्यवस्थापनका नाममा अघि बढाएको वर्तमान अभियानप्रति गम्भीर आपत्ति जनाउँदै उक्त कदमलाई संविधान विपरीत तथा असंवेदनशील भएको आरोप लगाएको छ। पार्टीका महासचिव आरेन राईद्वारा जारी प्रेस विज्ञप्तिमा काठमाडौँ उपत्यका लगायत देशभर सञ्चालन भइरहेको अभियान हतारमा पर्याप्त अध्ययन तथा सरोकारवालासँग अर्थपूर्ण परामर्शबिना अघि बढाइएको उल्लेख गरिएको छ। यसले राज्यको संवैधानिक दायित्वमाथि नै प्रश्न उठाएको पार्टीको ठहर छ। विज्ञप्तिमा नेपालको संविधानको धारा ३७ अनुसार प्रत्येक नागरिकलाई सम्मानजनक आवासको हक सुनिश्चित गरिएको स्मरण गराउँदै सुकुम्बासी समस्या कुनै सामान्य प्रशासनिक विषय नभई ऐतिहासिक रूपमा भूमि वितरणमा रहेको असमानता, आर्थिक बहिष्कार र राज्यका दीर्घकालीन नीतिगत असफलताको…
Read More
निर्माण कार्य तीव्र बनाउन मन्त्रालयको कडाइ : प्रगति, स्रोत परिचालन र अनुगमनमा विशेष निर्देशन

निर्माण कार्य तीव्र बनाउन मन्त्रालयको कडाइ : प्रगति, स्रोत परिचालन र अनुगमनमा विशेष निर्देशन

काठमाडौं,बैशाख २२ गते । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मातहतका सबै आयोजना तथा ठेक्का कार्यहरूलाई द्रुत गतिमा अगाडि बढाउन कडा निर्देशन जारी गरेको छ। मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलद्वारा जारी निर्देशनमा निर्माण प्रगति, स्रोत परिचालन र प्रभावकारी कार्यान्वयनलाई उच्च प्राथमिकतामा राख्दै सम्बन्धित निकायहरूलाई सक्रिय भूमिका निर्वाह गर्न भनिएको हो। निर्देशन अनुसार निर्माण सामग्रीको उपलब्धता सुनिश्चित गर्न स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसँग नियमित समन्वय गर्नुपर्नेछ। यदि निर्माण सामग्री, विशेषगरी इन्धन र बिटुमिनको अभाव भएमा तत्काल मन्त्रालयलाई जानकारी गराउन भनिएको छ। त्यस्तै, ठेक्का सम्झौतामा रहेको व्यवस्था अनुसार मूल्य समायोजन प्रक्रिया तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने उल्लेख गरिएको छ। कार्यान्वयनमा समस्या आएमा मन्त्रालयमा प्रतिवेदन…
Read More
चितवनका राजनीतिक दलहरूको संयुक्त आवाज: “सुकुम्बासी बस्तीमा डोजर चलाउनु राज्य आतंक”

चितवनका राजनीतिक दलहरूको संयुक्त आवाज: “सुकुम्बासी बस्तीमा डोजर चलाउनु राज्य आतंक”

चितवन,बैशाख २२ गते । चितवनस्थित विभिन्न राजनीतिक दलहरूले भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीमाथि गरिएको पछिल्लो सरकारी कदमप्रति गम्भीर आपत्ति जनाउँदै संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन्। विज्ञप्तिमा सरकारलाई “नागरिकको अभिभावक” को रूपमा प्रस्तुत गर्दै वर्षौंदेखि बसोबास गर्दै आएका नागरिकलाई कुनै वैकल्पिक व्यवस्था नगरी विस्थापित गर्नु राज्य आतंक सरह भएको ठहर गरिएको छ। दलहरूले सत्ताको आडमा गरिएको यस्तो कार्यले जनताको जीवन असुरक्षित र अनिश्चित बनाएको आरोप लगाएका छन्। उनीहरूले गरिबी हटाउने नाममा गरिब नै हटाउने प्रवृत्ति बढ्दै गएको भन्दै सरकारको नियतमाथि गम्भीर प्रश्न उठाएका छन्। “सहर सफा गर्ने नाममा हजारौं सुरक्षाकर्मी परिचालन गरी बालबालिका, वृद्ध, बिरामी तथा परीक्षा दिइरहेका…
Read More
शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा

शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा

काठमाडौँ,बैशाख २२ गते । प्रधानमन्त्री बालेन्द्र शाहले शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत प्रभावबाट मुक्त गर्ने स्पष्ट नीति सार्वजनिक गरेका छन्। उनले आफ्नो सामाजिक सञ्जालमार्फत वर्षौंदेखि उठ्दै आएको “विद्यार्थी र कर्मचारीतन्त्रमा पार्टीकरणले विकृति ल्याएको” गुनासोलाई सम्बोधन गर्दै महत्वपूर्ण निर्णय लिइएको बताएका हुन्। प्रधानमन्त्री शाहले उल्लेख गरेका छन् कि विगतमा विद्यार्थी तथा कर्मचारी संगठनहरू आफ्ना सदस्यहरूको हितभन्दा बढी राजनीतिक दलका “स्लिपर सेल” का रूपमा काम गर्दै आएका थिए। जसका कारण योग्यता र क्षमताभन्दा पहुँच, झोला र झण्डाको मूल्य बढेको र यसले प्रणालीप्रति जनविश्वास कमजोर बनाएको उनको भनाइ छ। उनले राष्ट्रिय स्वतन्त्र पार्टी ले शिक्षालय र कर्मचारीतन्त्रमा नयाँ दलगत संगठन विस्तार गर्न नसकेर यस्तो…
Read More
साइबर ब्युरोको नाम दुरुपयोग गरी अनलाइन ठगी गर्ने चार जना पक्राउ

साइबर ब्युरोको नाम दुरुपयोग गरी अनलाइन ठगी गर्ने चार जना पक्राउ

काठमाडौं,बैशाख २१ गते । नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत साइबर ब्युरोले आफ्नो नाम दुरुपयोग गरी अनलाइन स्क्याममार्फत ठगी गर्ने चार जनालाई पक्राउ गरेको छ। साइबर ब्युरोद्वारा जारी प्रेस विज्ञप्तिअनुसार ‘ट्रु कलर’मा समेत साइबर ब्युरोको नाम देखिने गरी पीडितलाई फोन सम्पर्क गरी डर, त्रास तथा प्रलोभनमा पारेर रकम असुल्ने कार्य भइरहेको सम्बन्धमा उजुरी परेपछि प्राविधिक अनुसन्धान अघि बढाइएको थियो। अनुसन्धानका क्रममा उक्त ठगी कार्यमा चार जनाको संलग्नता खुलेपछि साइबर ब्युरोबाट खटिएको टोलीले इलाका प्रहरी कार्यालय धरानको समन्वयमा वैशाख १९ गते उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकामाथि विद्युतीय माध्यमसम्बद्ध ठगी कसुरमा जिल्ला अदालत काठमाडौंको आदेशअनुसार चार दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको…
Read More
मन्त्रिपरिषद् निर्णय: ५२ मिलियन डलर ऋण स्वीकारदेखि मल खरिद र गुरुयोजना स्वीकृतसम्म

मन्त्रिपरिषद् निर्णय: ५२ मिलियन डलर ऋण स्वीकारदेखि मल खरिद र गुरुयोजना स्वीकृतसम्म

काठमाडौं,बैशाख २१ गते । आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न चार महत्वपूर्ण निर्णयहरू गरेको छ, जसअन्तर्गत आर्थिक, कृषि, पूर्वाधार तथा संवैधानिक विषय समेटिएका छन्। बैठकले परम्परागत बोइलरलाई इलेक्ट्रोनिक बोइलरबाट प्रतिस्थापन गर्न उद्योगहरूलाई कर्जा उपलब्ध गराउने तथा वायु गुणस्तर मापन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण र ५ मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्ने निर्णय गरेको छ। यस्तै, भारत सरकारसँग सरकार–सरकार (G2G) माध्यमबाट ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गरिएको छ। यस निर्णयले कृषि उत्पादन वृद्धि र…
Read More
चितवनमा राष्ट्रिय आर्थिक गणना २०८२ सुरु, सफल पार्न सबैसँग सहयोगको अपिल

चितवनमा राष्ट्रिय आर्थिक गणना २०८२ सुरु, सफल पार्न सबैसँग सहयोगको अपिल

चितवन,बैशाख २१ गते । जिल्ला प्रशासन कार्यालय चितवनले दोस्रो राष्ट्रिय आर्थिक गणना २०८२ अन्तर्गत स्थलगत तथ्याङ्क सङ्कलन कार्य सञ्चालन भइरहेको जनाएको छ। “अर्थतन्त्र मापनका लागि आर्थिक गणना” भन्ने मूल नारासहित सञ्चालन भइरहेको उक्त गणना देशभर करिब ३ हजार ९०० गणक मार्फत वैशाख २ गतेदेखि असार ७ गतेसम्म सञ्चालन हुने जानकारी दिइएको छ। जिल्ला आर्थिक गणना कार्यालय चितवनका अनुसार जिल्लामा १३३ जना गणक तथा १७ जना सुपरिवेक्षक परिचालन गरी तथ्याङ्क सङ्कलनको कार्य भइरहेको छ। उद्योग, व्यवसाय तथा सेवा क्षेत्रसँग सम्बन्धित विवरण सङ्कलन गरी राष्ट्रिय अर्थतन्त्रको यथार्थ अवस्था मूल्याङ्कन गर्ने उद्देश्यले गणना सञ्चालन गरिएको हो। जिल्ला प्रशासन कार्यालयले स्थानीय तह, व्यवसायी, सरोकारवाला…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.