जलविरेमा तीन सवारी एकआपसमा ठोक्किँदा ३० जना घाइते, मुग्लिन–नारायणगढ सडक पुनः अवरुद्ध

भरतपुर, साउन ३ गते । सुरक्षाको दृष्टिकोणले जिल्ला प्रशासन कार्यालय चितवनले मुग्लिन–नारायणगढ सडकखण्डमा आइतबार बिहानदेखि सबै प्रकारका सवारीसाधन सञ्चालन गर्न दिएको अनुमति लगत्तै जलविरे क्षेत्रमा भएको सवारी दुर्घटनाले सडक पुनः अवरुद्ध भएको छ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आइतबार बिहान करिब ७:१५ बजे जलविरे क्षेत्रमा तीन वटा सवारीसाधन एकआपसमा ठोक्किँदा करिब ३० जना घाइते भएका छन्। दुर्घटनापछि सडक अवरुद्ध भएको र उद्धार तथा सडक खुलाउने कार्य जारी रहेको जनाइएको छ।

यसअघि जिल्ला प्रशासन कार्यालय चितवनले सुरक्षाको कारण देखाउँदै शनिबार राति १०:०० बजेदेखि मुग्लिन–नारायणगढ सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको थियो। सो रोक आइतबार बिहानदेखि हटाइएपछि सवारी सञ्चालन सुरु भएको थियो।

सडक डिभिजन कार्यालय भरतपुरले चालकहरूलाई हतार नगर्न, निर्धारित लेनभित्र रहेर सवारी चलाउन, ओभरटेक नगर्न तथा सीमित गतिमा सुरक्षित यात्रा गर्न आग्रह गरेको छ। साथै यात्रु तथा चालकलाई सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न अनुरोध गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.