मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

चितवन, साउन ९ गते । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत गाईघाट (18+00) नजिक आज बिहान ६:४५ बजेदेखि माथिबाट ढुंगा खस्दा सडकमा सवारी आवागमन एकतर्फी सञ्चालन गरिएको छ।

ढुंगा खसेपछि सडकको एक लेन अवरुद्ध भएकाले सुरक्षा सतर्कता अपनाउँदै सवारीसाधनलाई एकतर्फी रूपमा सञ्चालन गरिएको हो।

सडक खुलाउन सम्बन्धित निकायले घटनास्थलमा तत्काल मेशिन परिचालन गरिसकेको र ढुंगा तथा अवरोध हटाउने कार्य जारी रहेको रोड डिभिजन भरतपुरले जनाएको छ।

सडक प्रयोग गर्ने चालक तथा यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन, ट्राफिक प्रहरी तथा सम्बन्धित निकायको निर्देशन पालना गर्न र सम्भव भएसम्म धैर्यपूर्वक यात्रा गर्न आग्रह गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.