Breaking News 1

नयाँ राहदानी प्रणाली लागू हुँदै, असार २४ देखि २८ गतेसम्म मकवानपुरमा राहदानी सेवा बन्द

नयाँ राहदानी प्रणाली लागू हुँदै, असार २४ देखि २८ गतेसम्म मकवानपुरमा राहदानी सेवा बन्द

हेटौंडा, असार २३ गते । जिल्ला प्रशासन कार्यालय मकवानपुरले नयाँ राहदानी प्रणाली कार्यान्वयनको तयारीस्वरूप असार २४ गतेदेखि २८ गतेसम्म जिल्लाभर राहदानीसम्बन्धी सम्पूर्ण सेवा स्थगित हुने जनाएको छ। कार्यालयले सोमबार सार्वजनिक गरेको सूचनाअनुसार राहदानी विभागले असार २९ गतेदेखि नयाँ राहदानी प्रणाली सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ। सोही तयारीका कारण चार दिनसम्म राहदानीसम्बन्धी सबै सेवा बन्द रहने जनाइएको हो। प्रशासकीय अधिकृत सरोजप्रसाद पौडेलद्वारा जारी सूचनामा यसअघि राहदानीका लागि आवेदन दिएका तर विभिन्न कारणले आवेदन अस्वीकृत भई पुनः आवेदन गर्नुपर्ने सेवाग्राहीलाई असार २३ गते कार्यालय समयभित्र आवश्यक प्रक्रिया पूरा गर्न अनुरोध गरिएको छ। यस्तै, राहदानी विभागबाट छपाइ भएर जिल्ला प्रशासन कार्यालयमा प्राप्त भइसकेका…
Read More
हेटौँडामा आईटी पार्क बन्ने, सूचना प्रविधिको केन्द्रका रूपमा विकास हुने अपेक्षा

हेटौँडामा आईटी पार्क बन्ने, सूचना प्रविधिको केन्द्रका रूपमा विकास हुने अपेक्षा

हेटौँडा, असार २२ गते । हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालय परिसरमा आधुनिक आईटी पार्क (पब्लिक नलेज सेन्टर) निर्माण हुने भएको छ । बाग्मती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले परियोजनाको डिपिआर तथा निर्माण कार्यका लागि बजेट विनियोजन गरेसँगै हेटौँडालाई सूचना प्रविधिको केन्द्रका रूपमा विकास गर्ने आधार तयार भएको हो । वडा कार्यालयको पहल तथा समन्वयमा अघि बढाइएको यस योजनाका लागि बाग्मती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री माननीय दिनेशचन्द्र देवकोटाले आवश्यक निर्णय गरेका हुन् । स्थानीयवासी तथा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले यस कदमलाई हेटौँडाको भविष्यसँग जोडिएको महत्वपूर्ण योजनाका रूपमा लिएका छन् । निर्माण हुन लागेको आईटी पार्कले सूचना तथा…
Read More
औपचारिक श्रमिकको क्षमता विकासमा हेटौँडा उपमहानगरको पहल

औपचारिक श्रमिकको क्षमता विकासमा हेटौँडा उपमहानगरको पहल

हेटौँडा, असार २० गते । हेटौँडा उपमहानगरपालिकाले औपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूको हकहित, सचेतना तथा क्षमता विकासलाई लक्षित गर्दै एक दिने सचेतना तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ। हेटौँडा–२ स्थित पल्सा प्याराडाइजमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत औपचारिक श्रमिकहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रम सामाजिक विकास महा शाखा प्रमुख डा. भीम प्रसाद तिमल्सिनाको अध्यक्षतामा सम्पन्न भएको हो। हेटौँडा उपमहानगरपालिका र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (JTUCC) हेटौँडा, मकवानपुरको समन्वय तथा व्यवस्थापनमा सञ्चालन गरिएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीना कुमारी लामा प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन्। कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले औपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूको अधिकार संरक्षण, क्षमता…
Read More
एमालेको ‘मिसन पार्टी जागरण’ अभियानले संगठन सुदृढीकरणमा जोड

एमालेको ‘मिसन पार्टी जागरण’ अभियानले संगठन सुदृढीकरणमा जोड

हेटौँडा, असार १९ गते । नेकपा एमालेका केन्द्रीय लेखा आयोग सदस्य नवीन सिग्देलले पार्टी संगठनलाई थप सशक्त, व्यवस्थित र अनुशासित बनाउन ‘मिसन पार्टी जागरण’ अभियान सञ्चालन गरिएको बताएका छन् । हेटौँडा–४ वडा कमिटीको बैठकलाई सम्बोधन गर्दै सिग्देलले पार्टीभित्र शुद्धीकरण, संगठन सुदृढीकरण तथा नेता–कार्यकर्तालाई सक्रिय बनाउने उद्देश्यसहित अभियान अघि बढाइएको बताए । उनले देश, जनता र पार्टीमाथि आउने चुनौती सामना गर्दै एमालेलाई अझ बलियो बनाउने अभियानको मुख्य लक्ष्य रहेको उल्लेख गरे । उनले पछिल्लो राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै जनताले ठूलो आशा र अपेक्षाका साथ रास्वपालाई समर्थन गरे पनि सरकारमा पुगेपछि जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाए । सुकुम्बासीमाथिको व्यवहार, मूल्यवृद्धि, राष्ट्रहित…
Read More
हेटौंडामा विद्युत उपयोग अभिवृद्धिका लागि सीपमूलक तालिम सुरु

हेटौंडामा विद्युत उपयोग अभिवृद्धिका लागि सीपमूलक तालिम सुरु

हेटौंडा, असार १८ गते । एमसिए साझेदारी कार्यक्रम अन्तर्गत विद्युत उपयोग अभिवृद्धि गर्ने उद्देश्यले हेटौंडा उपमहानगरपालिकामा सीपमूलक क्षमता विकास तालिम सुरु गरिएको छ। कार्यक्रमको उद्घाटन हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामाले गरेकी हुन्। प्रशारण लाइनबाट प्रभावित वडा नम्बर १, ३, १०, ११ र १९ का स्थानीय सहभागीहरूलाई लक्षित गर्दै जनरल कुक, मोबाइल मर्मत, बारिष्टा तथा ब्युटी पार्लर सम्बन्धी ६५ दिने तालिम सञ्चालन गरिएको जनाइएको छ। तालिम उद्घाटन कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष नविन सिग्देल, वडा नम्बर १० का अध्यक्ष फुर्वा दोर्जे लामा तथा वडा नम्बर ११ की अध्यक्ष जुना दाहाल लगायत जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमका क्रममा वक्ताहरूले…
Read More
फिचर लेखन प्रतियोगितामा राससकी अञ्जली थापा सर्वोत्कृष्ट

फिचर लेखन प्रतियोगितामा राससकी अञ्जली थापा सर्वोत्कृष्ट

हेटौंडा, असार १८ गते । नेपाल पत्रकार महासंघ जिल्ला शाखा मकवानपुरको आयोजनामा तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा सम्पन्न फिचर लेखन प्रतियोगितामा राष्ट्रिय समाचार समिति (रासस) मकवानपुरकी संवाददाता अञ्जली थापा सर्वोत्कृष्ट घोषित भएकी छन्। बिहीबार हेटौंडामा आयोजित एक समारोहबीच प्रतियोगिताको नतिजा सार्वजनिक गर्दै थापालाई ४५ हजार रुपैयाँ नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको हो। प्रेस सेन्टर नेपालकी केन्द्रीय सचिव समेत रहेकी थापाले कृषि विषयलाई केन्द्रमा राख्दै ‘गुन्द्रुकको गृह उद्योग’ सम्बन्धी फिचर प्रस्तुत गरेकी थिइन्। प्रतियोगिताका लागि हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्रको विकासलाई प्राथमिकतामा राखेर फिचर लेखन गर्नुपर्ने मापदण्ड तय गरिएको थियो। प्रतियोगितामा कृष्ण विष्ट (सुनिता), नवीन राउत, रुपक कालिराज, प्रतिक्षा न्यौपाने, आरती ढकाल, सन्तोष…
Read More
हेटौँडा–कुलेखानी–फाखेल सडक असार २५ सम्म बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

हेटौँडा–कुलेखानी–फाखेल सडक असार २५ सम्म बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

हेटौडा, असार १५ गते। हेटौँडाबाट कुलेखानी–फाखेल हुँदै काठमाडौं पुग्ने छोटो दूरीको सडक अझै केही दिन सञ्चालनमा नआउने भएको छ। पूर्वाधार विकास कार्यालय, हेटौँडाले सडक बन्दको अवधि थप गर्दै आगामी असार २५ गतेसम्म सवारी आवागमन रोकिएको जनाएको हो। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ र ४ स्थित महालक्ष्मी खोलामा पुल निर्माण तथा उकालो सडक ढलानका लागि गत जेठ १५ गतेदेखि उक्त सडक पूर्ण रूपमा बन्द गरिएको थियो। कार्यालयका अनुसार निर्माण कार्य सम्पन्न भए पनि ढलान गरिएको कङ्क्रिटले आवश्यक मजबुती हासिल गर्न बाँकी रहेकाले तत्काल सवारी सञ्चालन गर्न नसकिने अवस्था रहेको छ। कार्यालय प्रमुख तथा सिनियर डिभिजनल इन्जिनियर सुजन भण्डारीले सडक साँघुरो भएकाले ढलान गरिएको…
Read More
हेटौँडामा ड्रागन फ्रुट महोत्सव–२०८३ भव्य सफल : तीन दिनमै १० मेट्रिक टन बिक्री, रु. २५ लाखभन्दा बढी कारोबार

हेटौँडामा ड्रागन फ्रुट महोत्सव–२०८३ भव्य सफल : तीन दिनमै १० मेट्रिक टन बिक्री, रु. २५ लाखभन्दा बढी कारोबार

हेटौडा, असार १४ गते। हेटौँडामा आयोजित तीनदिने “ड्रागन फ्रुट महोत्सव–२०८३” भव्य रूपमा सम्पन्न भएको छ। असार ११ देखि १३ गतेसम्म सञ्चालन गरिएको महोत्सवमा करिब रु. २५ लाख बराबरको आर्थिक कारोबार हुनुका साथै करिब १० मेट्रिक टन (१० हजार केजीभन्दा बढी) ड्रागन फ्रुट बिक्री भएको आयोजकले जनाएको छ। महोत्सवले नेपाली फलफूलप्रति उपभोक्ताको आकर्षण र स्थानीय कृषि उत्पादनको बलियो बजार सम्भावना उजागर गरेको छ। हेटौँडा तथा आसपासका जिल्लाबाट आएका उपभोक्ताको उल्लेख्य सहभागिताले स्वदेशी फलफूलको माग बढ्दो अवस्थामा रहेको पुष्टि गरेको आयोजकको भनाइ छ। हेटौँडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले नेपाली फलफूलको बजार नभएको भन्ने धारणा गलत सावित भएको बताइन्। उनले नेपाली उत्पादनलाई…
Read More
“जेनजीको रगत बिर्सिने गल्ती नगरोस् सरकार” — घाइते आन्दोलनकारीको पीडामाथि विशालराज महतको प्रश्न

“जेनजीको रगत बिर्सिने गल्ती नगरोस् सरकार” — घाइते आन्दोलनकारीको पीडामाथि विशालराज महतको प्रश्न

हेटौंडा,असार ६ गते। सामाजिक अभियान्ता तथा “सेवा सहयोग र आवाज” का अध्यक्ष विशालराज महतले आन्दोलनका क्रममा घाइते भएका युवाहरूको अवस्था प्रति सरकार गम्भीर नभएको भन्दै प्रश्न उठाएका छन्। उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको लामो स्टाटसमार्फत आन्दोलनका बेला परिवर्तनका लागि सडकमा उत्रिएका युवाहरू आज उपचार खर्च जुटाउन समेत संघर्ष गरिरहनु परेको उल्लेख गरेका हुन्। महतले आन्दोलनका क्रममा घाइते भएका एक युवाले “सरकारले गर्नुपर्ने काम गरेन” भन्दै गुनासो गरेको प्रसंग उल्लेख गर्दै, त्यस्तो पीडा सुन्दा मन दुख्ने बताएका छन्। उनले जसको संघर्ष, आँसु र रगतको आधारमा सत्ता बनेको हो, आज त्यही पुस्ताको आवाज बेवास्ता हुनु विडम्बनापूर्ण भएको टिप्पणी गरेका छन्।…
Read More
बालबालिकालाई संस्थाभन्दा परिवारमै हुर्काउन सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण

बालबालिकालाई संस्थाभन्दा परिवारमै हुर्काउन सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण

हेटौँडा,जेठ २१ गते। बालबालिकालाई बालगृहमा राख्नुभन्दा परिवार तथा समुदायमै सुरक्षित रूपमा हुर्काउने वातावरण निर्माण गर्न सञ्चारकर्मीहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ। बालबालिकाको परिवार तथा समुदायमा आधारित वैकल्पिक हेरचाह प्रवर्द्धनका क्षेत्रमा क्रियाशील हिमाली नवीन समाजको आयोजनामा बिहीबार हेटौँडास्थित एभोकाडो एण्ड अर्किड रिसोर्टमा सम्पन्न ‘बालबालिकाको वैकल्पिक हेरचाहसम्बन्धी सञ्चार संवाद कार्यक्रम’ मा सहभागीहरूले बाल–संवेदनशील पत्रकारिता र खोज पत्रकारितामार्फत बालबालिकाको अधिकार संरक्षणमा योगदान दिनुपर्ने आवश्यकता औंल्याएका हुन्। कार्यक्रमको सुरुवात ‘खुला चौरमा कार्टुनको बाकसमा फेला परेको नवजात शिशुबारे समुदायले जानकारी गराएमा सञ्चारकर्मीले के गर्ने ?’ भन्ने प्रश्नबाट गरिएको थियो। उक्त प्रश्नमार्फत सामाजिक संवेदनशीलतासँग जोडिएका बालअधिकारका विषयमा सञ्चारकर्मीको भूमिका र जिम्मेवारीबारे छलफल गरिएको थियो।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.