हेटौँडा–कुलेखानी–फाखेल सडक असार २५ सम्म बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

हेटौडा, असार १५ गते। हेटौँडाबाट कुलेखानी–फाखेल हुँदै काठमाडौं पुग्ने छोटो दूरीको सडक अझै केही दिन सञ्चालनमा नआउने भएको छ। पूर्वाधार विकास कार्यालय, हेटौँडाले सडक बन्दको अवधि थप गर्दै आगामी असार २५ गतेसम्म सवारी आवागमन रोकिएको जनाएको हो।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ र ४ स्थित महालक्ष्मी खोलामा पुल निर्माण तथा उकालो सडक ढलानका लागि गत जेठ १५ गतेदेखि उक्त सडक पूर्ण रूपमा बन्द गरिएको थियो।

कार्यालयका अनुसार निर्माण कार्य सम्पन्न भए पनि ढलान गरिएको कङ्क्रिटले आवश्यक मजबुती हासिल गर्न बाँकी रहेकाले तत्काल सवारी सञ्चालन गर्न नसकिने अवस्था रहेको छ।

कार्यालय प्रमुख तथा सिनियर डिभिजनल इन्जिनियर सुजन भण्डारीले सडक साँघुरो भएकाले ढलान गरिएको भाग पूर्ण रूपमा बलियो नहुँदै सवारी सञ्चालन गर्दा संरचनामा असर पुग्न सक्ने जोखिम रहेको बताए। सोही कारण असार २५ गतेसम्म सडक बन्द राख्ने निर्णय गरिएको उनले जानकारी दिए।

सडक बन्द अवधिभर हेटौँडा–काठमाडौं आवतजावत गर्ने सवारीसाधनलाई कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न आग्रह गरिएको छ।

पूर्वाधार विकास कार्यालयले वैकल्पिक मार्गमा दुईतर्फी सवारी सञ्चालन सहज बनाउन जिल्ला प्रशासन कार्यालय मकवानपुर र काठमाडौंसँग आवश्यक समन्वयका लागि अनुरोध गरिएको जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौँडा–कुलेखानी–फाखेल सडक असार २५ सम्म बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

चिसापानी पुल मर्मतपछि हेटौंडा–काठमाडौं वैकल्पिक मार्ग पुनः सञ्चालन, यात्रुलाई सहज

हेटौँडा–कुलेखानी–फाखेल सडक असार २५ सम्म बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

चितवन प्रशासनद्वारा राति १० बजेदेखि नारायणघाट–मुग्लिन–काठमाडौं सडकमा सवारी आवागमन बन्द

हेटौँडा–कुलेखानी–फाखेल सडक असार २५ सम्म बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

जलविरेमा तीन सवारी एकआपसमा ठोक्किँदा ३० जना घाइते, मुग्लिन–नारायणगढ सडक पुनः अवरुद्ध

हेटौँडा–कुलेखानी–फाखेल सडक असार २५ सम्म बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

हेटौँडा–४ मा नयाँ आर्थिक वर्षमा पूर्वाधारदेखि शिक्षा–स्वास्थ्यसम्म २३ प्राथमिकता, अधुरा आयोजना सम्पन्न गर्ने वडाध्यक्ष सिग्देलको प्रतिबद्धता

हेटौँडा–कुलेखानी–फाखेल सडक असार २५ सम्म बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

दक्षिण एसियाकै पहिलो ऐतिहासिक चुरियामाई सुरुङको व्यवस्थापन जिम्मा स्थानीय समितिलाई

हेटौँडा–कुलेखानी–फाखेल सडक असार २५ सम्म बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

बागझोरामा पानीको बहाव बढेपछि हेटौँडा–भैँसे–भीमफेदी सडकखण्ड तत्कालका लागि बन्द

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.