मकवानपुरमा प्रतिबन्धित लागूऔषधसहित दुई जना पक्राउ

हेटौंडा, असार २४ गते । मकवानपुर प्रहरीले छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर मातहतबाट खटिएको प्रहरी टोलीले सोमबार (असार २३ गते) साँझ नियमित चेकजाँचका क्रममा हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्टबाट बारा जिल्लाको निजगढ नगरपालिका–२ निवासी २५ वर्षीय आर.एन. घिमिरेलाई पक्राउ गरेको हो। उनको साथबाट प्रतिबन्धित लागूऔषध ट्रामाडोल (Tramadol) ५४० क्याप्सुल र नाइट्राजेपाम (Nitrazepam) ४८ ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ।

त्यसैगरी, हेटौंडा उपमहानगरपालिका–१० स्थित बसपार्क क्षेत्रमा गरिएको चेकजाँचका क्रममा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१० निवासी ३७ वर्षीय देव श्रेष्ठलाई पक्राउ गरिएको छ। उनको साथबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २४० मिलिग्राम बरामद भएको प्रहरीले जनाएको छ।

बरामद लागूऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

मकवानपुरमा प्रतिबन्धित लागूऔषधसहित दुई जना पक्राउ

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

मकवानपुरमा प्रतिबन्धित लागूऔषधसहित दुई जना पक्राउ

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

मकवानपुरमा प्रतिबन्धित लागूऔषधसहित दुई जना पक्राउ

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

मकवानपुरमा प्रतिबन्धित लागूऔषधसहित दुई जना पक्राउ

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

मकवानपुरमा प्रतिबन्धित लागूऔषधसहित दुई जना पक्राउ

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

मकवानपुरमा प्रतिबन्धित लागूऔषधसहित दुई जना पक्राउ

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.