एमालेको ‘मिसन पार्टी जागरण’ अभियानले संगठन सुदृढीकरणमा जोड

हेटौँडा, असार १९ गते । नेकपा एमालेका केन्द्रीय लेखा आयोग सदस्य नवीन सिग्देलले पार्टी संगठनलाई थप सशक्त, व्यवस्थित र अनुशासित बनाउन ‘मिसन पार्टी जागरण’ अभियान सञ्चालन गरिएको बताएका छन् ।

हेटौँडा–४ वडा कमिटीको बैठकलाई सम्बोधन गर्दै सिग्देलले पार्टीभित्र शुद्धीकरण, संगठन सुदृढीकरण तथा नेता–कार्यकर्तालाई सक्रिय बनाउने उद्देश्यसहित अभियान अघि बढाइएको बताए । उनले देश, जनता र पार्टीमाथि आउने चुनौती सामना गर्दै एमालेलाई अझ बलियो बनाउने अभियानको मुख्य लक्ष्य रहेको उल्लेख गरे ।

उनले पछिल्लो राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै जनताले ठूलो आशा र अपेक्षाका साथ रास्वपालाई समर्थन गरे पनि सरकारमा पुगेपछि जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाए । सुकुम्बासीमाथिको व्यवहार, मूल्यवृद्धि, राष्ट्रहित विपरीतका गतिविधि तथा विभिन्न तहमा आफ्ना मान्छे भर्ती गर्ने प्रवृत्तिले प्राप्त जनमतको उपहास भएको उनको भनाइ थियो ।

सिग्देलले मुलुकमा देखिएका विकृति र विसंगति नियन्त्रण गर्न नेकपा एमाले नै सक्षम शक्ति भएको दाबी गर्दै बलियो एमाले निर्माणका लागि ‘मिसन पार्टी जागरण’ अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

बैठकले पार्टी सदस्यता नवीकरण तथा विस्तार अभियानलाई तीव्रता दिने, पार्टी अनुशासन उल्लंघन गर्नेलाई पहिचान गरी अनुशासनको दायरामा ल्याउने तथा अभियानमा वडा तहका सम्पूर्ण नेता–कार्यकर्तालाई परिचालन गर्ने निर्णय गरेको जिल्ला सदस्य तथा हेटौँडा–४ का वडा इञ्चार्ज शिवहरी दाहालले जानकारी दिए ।

वडा अध्यक्ष राजेन्द्र कुमार बस्ताकोटीको अध्यक्षतामा सम्पन्न बैठकमा जिल्ला सदस्य जग्गनाथ पाण्डे, जिल्ला लेखा समिति सचिव विरेन्द्र ढुङ्गाना, लेखा समिति जिल्ला सदस्य विवेक कार्की, नगर कमिटी सदस्य अर्पणा देवकोटा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

एमालेको ‘मिसन पार्टी जागरण’ अभियानले संगठन सुदृढीकरणमा जोड

आइतबारदेखि वर्षा थप सक्रिय हुने, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

एमालेको ‘मिसन पार्टी जागरण’ अभियानले संगठन सुदृढीकरणमा जोड

भदौ पहिलो सातादेखि सूर्यचोक–कर्रा चोक सडक स्तरीकरण सुरु हुने, मापदण्डअनुसार साइड खाली गर्न वडा अध्यक्ष सिग्देलको आग्रह

एमालेको ‘मिसन पार्टी जागरण’ अभियानले संगठन सुदृढीकरणमा जोड

६ घण्टामा लमजुङमा सर्वाधिक वर्षा, बागमती–गण्डकीसहित विभिन्न प्रदेशमा वर्षा जारी

एमालेको ‘मिसन पार्टी जागरण’ अभियानले संगठन सुदृढीकरणमा जोड

हेटौंडा–४ मा मधुमेह रोगीका लागि निःशुल्क आँखा शिविर, ४३ जनाको आँखा परीक्षण

एमालेको ‘मिसन पार्टी जागरण’ अभियानले संगठन सुदृढीकरणमा जोड

‘पदयात्रा मात्र होइन, परिणाम चाहियो’ — शिवम् सिमेन्ट प्रदूषणबारे सांसद प्रकाश गौतमलाई विशालराज महतको खुला आग्रह

एमालेको ‘मिसन पार्टी जागरण’ अभियानले संगठन सुदृढीकरणमा जोड

हेटौंडा–४ मा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष समय तालिका, लाभग्राहीलाई निर्धारित समयमा उपस्थित हुन आग्रह

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.