हेटौंडामा विद्युत उपयोग अभिवृद्धिका लागि सीपमूलक तालिम सुरु

हेटौंडा, असार १८ गते । एमसिए साझेदारी कार्यक्रम अन्तर्गत विद्युत उपयोग अभिवृद्धि गर्ने उद्देश्यले हेटौंडा उपमहानगरपालिकामा सीपमूलक क्षमता विकास तालिम सुरु गरिएको छ। कार्यक्रमको उद्घाटन हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामाले गरेकी हुन्।

प्रशारण लाइनबाट प्रभावित वडा नम्बर १, ३, १०, ११ र १९ का स्थानीय सहभागीहरूलाई लक्षित गर्दै जनरल कुक, मोबाइल मर्मत, बारिष्टा तथा ब्युटी पार्लर सम्बन्धी ६५ दिने तालिम सञ्चालन गरिएको जनाइएको छ।

तालिम उद्घाटन कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष नविन सिग्देल, वडा नम्बर १० का अध्यक्ष फुर्वा दोर्जे लामा तथा वडा नम्बर ११ की अध्यक्ष जुना दाहाल लगायत जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका क्रममा वक्ताहरूले सीप विकासमार्फत सहभागीहरूलाई स्वरोजगार र आयआर्जनका अवसरसँग जोड्ने उद्देश्य रहेको बताएका थिए। तालिम अवधिभर अनुभवी प्रशिक्षकमार्फत व्यावहारिक तथा सैद्धान्तिक दुवै प्रकारको प्रशिक्षण प्रदान गरिने जानकारी दिइएको छ।

स्थानीय स्तरमा दक्ष जनशक्ति उत्पादन गर्दै आर्थिक सशक्तीकरणमा टेवा पुर्‍याउने लक्ष्यसहित तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौंडामा विद्युत उपयोग अभिवृद्धिका लागि सीपमूलक तालिम सुरु

६ घण्टामा लमजुङमा सर्वाधिक वर्षा, बागमती–गण्डकीसहित विभिन्न प्रदेशमा वर्षा जारी

हेटौंडामा विद्युत उपयोग अभिवृद्धिका लागि सीपमूलक तालिम सुरु

हेटौंडा–४ मा मधुमेह रोगीका लागि निःशुल्क आँखा शिविर, ४३ जनाको आँखा परीक्षण

हेटौंडामा विद्युत उपयोग अभिवृद्धिका लागि सीपमूलक तालिम सुरु

‘पदयात्रा मात्र होइन, परिणाम चाहियो’ — शिवम् सिमेन्ट प्रदूषणबारे सांसद प्रकाश गौतमलाई विशालराज महतको खुला आग्रह

हेटौंडामा विद्युत उपयोग अभिवृद्धिका लागि सीपमूलक तालिम सुरु

हेटौंडा–४ मा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष समय तालिका, लाभग्राहीलाई निर्धारित समयमा उपस्थित हुन आग्रह

हेटौंडामा विद्युत उपयोग अभिवृद्धिका लागि सीपमूलक तालिम सुरु

मकवानपुर बहुमुखी क्याम्पसको सूचना: कक्षा ११ का विद्यार्थीलाई १५ दिनभित्र EMIS ट्रान्सफर गर्न आग्रह

हेटौंडामा विद्युत उपयोग अभिवृद्धिका लागि सीपमूलक तालिम सुरु

मनहरी गाउँपालिकाले गम्भीर रोगीको औषधि उपचार खर्च नवीकरण तथा नयाँ दर्ताका लागि सूचना जारी

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.