औपचारिक श्रमिकको क्षमता विकासमा हेटौँडा उपमहानगरको पहल

हेटौँडा, असार २० गते । हेटौँडा उपमहानगरपालिकाले औपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूको हकहित, सचेतना तथा क्षमता विकासलाई लक्षित गर्दै एक दिने सचेतना तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ।

हेटौँडा–२ स्थित पल्सा प्याराडाइजमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत औपचारिक श्रमिकहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रम सामाजिक विकास महा शाखा प्रमुख डा. भीम प्रसाद तिमल्सिनाको अध्यक्षतामा सम्पन्न भएको हो।

हेटौँडा उपमहानगरपालिका र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (JTUCC) हेटौँडा, मकवानपुरको समन्वय तथा व्यवस्थापनमा सञ्चालन गरिएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीना कुमारी लामा प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन्।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले औपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूको अधिकार संरक्षण, क्षमता विकास तथा सुरक्षित कार्य वातावरण निर्माणका लागि उपमहानगरपालिका निरन्तर प्रतिबद्ध रहेको बताइन्। उनले श्रमिकहरूलाई सशक्त र सचेत बनाउनु स्थानीय सरकारको प्राथमिकतामध्ये एक रहेको उल्लेख गरिन्।

बिहान ८ बजेदेखि सञ्चालन भएको कार्यक्रममा श्रमिकहरूलाई कार्यस्थल सुरक्षा, श्रमसम्बन्धी कानुनी अधिकार, पेशागत जिम्मेवारी तथा क्षमता अभिवृद्धिसम्बन्धी विविध विषयमा जानकारी प्रदान गरिएको थियो।

उपमहानगरपालिकाले यस्ता कार्यक्रम मार्फत श्रमिकहरूको सीप, आत्मविश्वास र अधिकारप्रतिको पहुँच अभिवृद्धि गर्ने उद्देश्य राखेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.