फिचर लेखन प्रतियोगितामा राससकी अञ्जली थापा सर्वोत्कृष्ट

हेटौंडा, असार १८ गते । नेपाल पत्रकार महासंघ जिल्ला शाखा मकवानपुरको आयोजनामा तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा सम्पन्न फिचर लेखन प्रतियोगितामा राष्ट्रिय समाचार समिति (रासस) मकवानपुरकी संवाददाता अञ्जली थापा सर्वोत्कृष्ट घोषित भएकी छन्।

बिहीबार हेटौंडामा आयोजित एक समारोहबीच प्रतियोगिताको नतिजा सार्वजनिक गर्दै थापालाई ४५ हजार रुपैयाँ नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको हो। प्रेस सेन्टर नेपालकी केन्द्रीय सचिव समेत रहेकी थापाले कृषि विषयलाई केन्द्रमा राख्दै ‘गुन्द्रुकको गृह उद्योग’ सम्बन्धी फिचर प्रस्तुत गरेकी थिइन्।

प्रतियोगिताका लागि हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्रको विकासलाई प्राथमिकतामा राखेर फिचर लेखन गर्नुपर्ने मापदण्ड तय गरिएको थियो।

प्रतियोगितामा कृष्ण विष्ट (सुनिता), नवीन राउत, रुपक कालिराज, प्रतिक्षा न्यौपाने, आरती ढकाल, सन्तोष विक, वसन्त भण्डारी र जमुना थिङका फिचर उत्कृष्ट १० भित्र पर्न सफल भएका छन्।

यस्तै, रातो समाचारका संवाददाता रोहित थापा क्षेत्री तथा सबै समाचारका पत्रकार गोविन्दप्रसाद न्यौपानेले प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन्।

नेपाल पत्रकार महासंघ मकवानपुरले असार २ गते पहिलो चरणको सूचना प्रकाशित गर्दै प्रतियोगितामा सहभागी हुन आह्वान गरेको थियो। प्रतियोगितामा सहभागी संख्या कम भएपछि दोस्रो चरणमा सूचना थप गर्दै असार १३ गतेसम्म फिचर समाचार इमेलमार्फत पठाउन सकिने व्यवस्था गरिएको थियो।

पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, पूर्वअध्यक्षहरू तथा विभिन्न सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। प्रतियोगितामा कुल १३ जना प्रतिस्पर्धी सहभागी भएका थिए।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

फिचर लेखन प्रतियोगितामा राससकी अञ्जली थापा सर्वोत्कृष्ट

६ घण्टामा लमजुङमा सर्वाधिक वर्षा, बागमती–गण्डकीसहित विभिन्न प्रदेशमा वर्षा जारी

फिचर लेखन प्रतियोगितामा राससकी अञ्जली थापा सर्वोत्कृष्ट

हेटौंडा–४ मा मधुमेह रोगीका लागि निःशुल्क आँखा शिविर, ४३ जनाको आँखा परीक्षण

फिचर लेखन प्रतियोगितामा राससकी अञ्जली थापा सर्वोत्कृष्ट

‘पदयात्रा मात्र होइन, परिणाम चाहियो’ — शिवम् सिमेन्ट प्रदूषणबारे सांसद प्रकाश गौतमलाई विशालराज महतको खुला आग्रह

फिचर लेखन प्रतियोगितामा राससकी अञ्जली थापा सर्वोत्कृष्ट

हेटौंडा–४ मा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष समय तालिका, लाभग्राहीलाई निर्धारित समयमा उपस्थित हुन आग्रह

फिचर लेखन प्रतियोगितामा राससकी अञ्जली थापा सर्वोत्कृष्ट

मकवानपुर बहुमुखी क्याम्पसको सूचना: कक्षा ११ का विद्यार्थीलाई १५ दिनभित्र EMIS ट्रान्सफर गर्न आग्रह

फिचर लेखन प्रतियोगितामा राससकी अञ्जली थापा सर्वोत्कृष्ट

मनहरी गाउँपालिकाले गम्भीर रोगीको औषधि उपचार खर्च नवीकरण तथा नयाँ दर्ताका लागि सूचना जारी

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.