पेट्रोलपम्प मनपरी बन्द गरे १० लाखसम्म जरिवाना, इन्धन आपूर्ति रोक्नेलाई कडा कारबाही

काठमाडौँ, असार १८ गते । अब उचित कारण बिना पेट्रोलपम्प बन्द गरेर इन्धन अभावको अवस्था सिर्जना गर्ने व्यवसायीमाथि कडा कारबाही हुने भएको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली संशोधन गर्दै पेट्रोलपम्प बन्द गर्ने व्यवसायीलाई ३ लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था लागू गरेको हो।

हालै पेट्रोलियम व्यवसायीहरूले मूल्य घट्ने अनुमान गर्दै निगमको डिपोबाट इन्धन नउठाएपछि देशभर पेट्रोल र डिजेलको आपूर्ति प्रभावित बनेको थियो। मंगलबारदेखि देखिएको उक्त समस्या बुधबार दिनभर विभिन्न स्थानमा देखिएपछि उपभोक्ताले सास्ती भोग्नुपरेको थियो।

घटनापछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले तत्काल कानुनी व्यवस्था गर्न निर्देशन दिएकी थिइन्। त्यसलगत्तै नेपाल आयल निगमको सञ्चालक समितिको आकस्मिक बैठक बसेर पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, २०७५ संशोधन गरिएको हो।

संशोधित व्यवस्थाअनुसार अब कुनै पनि बिक्रेताले नोजल ‘ड्राई’ बनाएर पेट्रोलियम पदार्थ अभावको अवस्था सिर्जना गर्न पाउने छैनन्। यदि यस्तो गरेको पाइए पहिलो पटक ३ लाख रुपैयाँ जरिवाना र ५ दिनसम्म निगमबाट इन्धन आपूर्ति बन्द गरिनेछ। दोस्रो पटक दोहोरिए ६ लाख रुपैयाँ जरिवाना सहित १० दिन आपूर्ति रोक्का गरिनेछ भने तेस्रो पटक १० लाख रुपैयाँ जरिवाना र १५ दिनसम्म इन्धन आपूर्ति बन्द गरिने व्यवस्था गरिएको छ।

नयाँ प्रावधानपछि अब पेट्रोलपम्पले मनपरी रूपमा सेवा बन्द गर्न नसक्ने र उपभोक्ताले सहज रूपमा इन्धन पाउने विश्वास गरिएको छ। निगमले आपूर्ति प्रणालीलाई नियमित र प्रभावकारी बनाउन थप अनुगमनसमेत कडा पार्ने जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

पेट्रोलपम्प मनपरी बन्द गरे १० लाखसम्म जरिवाना, इन्धन आपूर्ति रोक्नेलाई कडा कारबाही

६ घण्टामा लमजुङमा सर्वाधिक वर्षा, बागमती–गण्डकीसहित विभिन्न प्रदेशमा वर्षा जारी

पेट्रोलपम्प मनपरी बन्द गरे १० लाखसम्म जरिवाना, इन्धन आपूर्ति रोक्नेलाई कडा कारबाही

हेटौंडा–४ मा मधुमेह रोगीका लागि निःशुल्क आँखा शिविर, ४३ जनाको आँखा परीक्षण

पेट्रोलपम्प मनपरी बन्द गरे १० लाखसम्म जरिवाना, इन्धन आपूर्ति रोक्नेलाई कडा कारबाही

‘पदयात्रा मात्र होइन, परिणाम चाहियो’ — शिवम् सिमेन्ट प्रदूषणबारे सांसद प्रकाश गौतमलाई विशालराज महतको खुला आग्रह

पेट्रोलपम्प मनपरी बन्द गरे १० लाखसम्म जरिवाना, इन्धन आपूर्ति रोक्नेलाई कडा कारबाही

हेटौंडा–४ मा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष समय तालिका, लाभग्राहीलाई निर्धारित समयमा उपस्थित हुन आग्रह

पेट्रोलपम्प मनपरी बन्द गरे १० लाखसम्म जरिवाना, इन्धन आपूर्ति रोक्नेलाई कडा कारबाही

मकवानपुर बहुमुखी क्याम्पसको सूचना: कक्षा ११ का विद्यार्थीलाई १५ दिनभित्र EMIS ट्रान्सफर गर्न आग्रह

पेट्रोलपम्प मनपरी बन्द गरे १० लाखसम्म जरिवाना, इन्धन आपूर्ति रोक्नेलाई कडा कारबाही

मनहरी गाउँपालिकाले गम्भीर रोगीको औषधि उपचार खर्च नवीकरण तथा नयाँ दर्ताका लागि सूचना जारी

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.