अर्थ समाचार

नेपाली सुन चाँदी बजारमा फेरि आज सुनको भाउ कीर्तिमान

नेपाली सुन चाँदी बजारमा फेरि आज सुनको भाउ कीर्तिमान

काठमाडौँ। नेपाली सुन चाँदी बजारमा फेरि आज सुनको भाउ कीर्तिमान भएको छ। सुनको भाउ आज एकै दिन प्रतितोला २ हजार ७ सय रुपैयाँले बढ्न गएको हो। जसअनुसार सुनको भाउ आज प्रतितोला १ लाख ८७ हजार रुपैयाँमा कारोबार भएको नेपाली सुनचादी व्यवसायी महासङ्घले जनाएको छ। गएको चैत्र ३१ गते भने सुनको भाउ तोलाको १ लाख ८६ हजारमा कारोबार भएको थियो। यस्तै आज फेरि चाँदीको भाउमा पनि मूल्य बढेको छ। आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर प्रतितोलामा १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाउमा भने तोलाको १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.