सिमरामा संयोजकमाथि हातपात गर्ने अभियुक्त पक्राउ नभए देशव्यापी विरोध गर्ने चेतावनी

काठमाण्डौं, मंसिर ४ गते । हामी नेपाल संगठनले सिमरामा भएको हातपात प्रकरणको विरोधमा कडा चेतावनी दिएको छ। संगठनका संयोजक सुदन गुरुङले आफ्नो सामाजिक सञ्जालमार्फत जारी गरेको विज्ञप्ति–सदृश स्टाटसमा सिमरा क्षेत्रका जिल्ला संयोजक सम्राट उपाध्यायमाथि शान्तिपूर्ण प्रदर्शनका क्रममा हात उठाउने मुख्य अभियुक्तलाई भोलि बिहान १० बजेसम्ममा पक्राउ नगरे आन्दोलन तीव्रतर रूपमा अघि बढाइने बताएका हुन्।

उनका अनुसार, घटनाका प्रत्यक्षदर्शी, भिडियो सामग्री तथा स्थानीय साक्षीहरूले पहिचान गरेको मुख्य अभियुक्त अझै फरार रहेको र प्रहरीले सक्रियता नदेखाएको आरोप लगाइएको छ। संयोजक गुरुङले थप चेतावनी दिँदै भने, “समयसीमा भित्र कारबाही प्रक्रिया अघि नबढाइए देशव्यापी विरोध कार्यक्रम सुरु हुनेछ, यसको समस्त जिम्मेवारी सम्बन्धित सुरक्षायन्त्रले लिनुपर्छ।”

संगठनका सदस्यहरूले घटनालाई शान्तिपूर्ण आन्दोलनमाथि गरिएको आक्रमणको रूपमा व्याख्या गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन सरकार तथा प्रहरी प्रशासनलाई आग्रह गरेका छन्।

यस बीच, घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.