हेटौँडामा बहुउद्देश्यीय सार्वजनिक खेल मैदान निर्माणको तयारी

हेटौँड, पुस २३ गते । हेटौँडा उपमहानगरपालिकामा नयाँ सार्वजनिक खेल मैदान निर्माणको प्रक्रिया सुरु भएको छ। हेटौँडा–४ मा अवस्थित भुटनदेवी माध्यमिक विद्यालयको पूर्वी क्षेत्रमा आधुनिक तथा बहुउद्देश्यीय खेल मैदान निर्माण गर्न लागिएको हो।

प्रस्तावित मैदानमा फुटबल, भलिबल, क्रिकेट, बास्केट बल लगायत विभिन्न खेल गतिविधि सञ्चालन गरिनेछ भने सार्वजनिक कार्यक्रम, नियमित व्यायाम तथा अन्य सामुदायिक क्रियाकलापका लागि समेत प्रयोग हुने वडा नं. ४ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन सिग्देलले जानकारी दिए। उनका अनुसार हाल मैदानको प्रारम्भिक सरसफाइ कार्य अघि बढाइएको छ।

वडा, उपमहानगरपालिका, प्रदेश तथा संघीय सरकारको समन्वय र सहयोगमा सुविधा सम्पन्न खेल मैदान निर्माण गर्ने लक्ष्य रहेको अध्यक्ष सिग्देलले बताए। मैदान निर्माण सम्पन्न भएपछि विभिन्न विद्यालय र क्लबहरूले खेल प्रतियोगिता आयोजना गर्न सक्नेछन् भने संघ–संस्था, संगठन तथा राजनीतिक दलहरूले पनि विद्यालयको नीति र मापदण्डभित्र रही कार्यक्रम गर्न पाउनेछन्।

विद्यालयका प्रधानाध्यापक सूर्य प्रसाद घिमिरेले खेल मैदानले विद्यार्थी मात्र नभई समग्र समुदायको खेलकुद र सामाजिक गतिविधिमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौँडामा बहुउद्देश्यीय सार्वजनिक खेल मैदान निर्माणको तयारी

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

हेटौँडामा बहुउद्देश्यीय सार्वजनिक खेल मैदान निर्माणको तयारी

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

हेटौँडामा बहुउद्देश्यीय सार्वजनिक खेल मैदान निर्माणको तयारी

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

हेटौँडामा बहुउद्देश्यीय सार्वजनिक खेल मैदान निर्माणको तयारी

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

हेटौँडामा बहुउद्देश्यीय सार्वजनिक खेल मैदान निर्माणको तयारी

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

हेटौँडामा बहुउद्देश्यीय सार्वजनिक खेल मैदान निर्माणको तयारी

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.