हेटौँडा सहकारी घटनामा गम्भीर प्रश्न: निष्पक्ष छानबिन र सत्य सार्वजनिक गर्न माग

हेटौँडा,बैशाख १४ गते । हेटौँडा बचत तथा ऋण सहकारीसँग जोडिएको पछिल्लो घटनाले स्थानीय स्तरमा गम्भीर चिन्ता र बहस सिर्जना गरेको छ। सहकारीसँग सम्बन्धित एक महिला आफ्नै कोठामा गम्भीर अवस्थामा भेटिएपछि घटनालाई सामान्य रूपमा लिन नसकिने भन्दै विभिन्न सरोकारवालाहरूले निष्पक्ष छानबिनको माग गरेका छन्।

यसै विषयमा सेवा, सहयोग र आवाज अभियानका अध्यक्ष तथा सामाजिक अभियान्ता विशालराज महतले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेको धारणा अहिले चर्चाको केन्द्र बनेको छ। उनले घटनालाई “सामान्य होइन” भन्दै यस पछाडि रहेको मानसिक दबाब, हेरास्मेन्ट वा अन्य कारणहरूको गहिरो अध्ययन हुनुपर्ने आवश्यकता औंल्याएका छन्।

महतले सहकारी संस्थाको समग्र गतिविधि, विशेषगरी वित्तीय हिसाब–किताबसम्बन्धी विषयमा पनि निष्पक्ष र पारदर्शी छानबिन आवश्यक रहेको उल्लेख गरेका छन्। उनका अनुसार, घटनासँग सहकारीको आन्तरिक अवस्थाको सम्बन्ध हुन सक्ने भएकाले सत्य तथ्य बाहिर ल्याउन ढिलाइ गर्न नहुने बताए।

“दोषी कोही भए कानुनी कारबाही होस् र निर्दोषले न्याय पाओस्,” उनले आफ्नो स्टाटसमा उल्लेख गरेका छन्। साथै, गम्भीर अवस्थामा भेटिएकी महिलाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनले अन्यायको विरोध र सत्यको पक्षमा सधैं उभिने प्रतिबद्धता व्यक्त गरेका छन्।

घटनापछि स्थानीय समुदाय, सरोकारवाला निकाय तथा सहकारीका सदस्यहरूबीच पनि चासो बढ्दै गएको छ। यस विषयमा सम्बन्धित निकायहरूले यथाशीघ्र अनुसन्धान अगाडि बढाउने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.