झापाको माइखोला बस्तीमा बाढी पस्दा २२ परिवार विस्थापित

झापा । अविरल वर्षासँगै माइखोलामा आएको बाढी बस्ती पसेको छ ।शनिबार बिहान माईखोलामा आएको बाढी झापा गाउँपालिका– २ को बस्तीमा पसेको झापामा प्रहरी उपरीक्षक राजन लिम्बुले जानकारी दिए ।

उनका अनुसार २२ परिवार विस्थापित भएका छन् ।झापा गाउँपालिकाको वडा नं २ सुगाबथान , कुवारी , मिलनबस्तीलगायत बस्तीमा बाढीको पानी पसेको हो ।

बाढी पसेपछि प्रहरी र जनप्रतिनिधिले स्थानीयलाई सुरक्षित स्थानमा सारेको उनले बताए । उनका अनुसार बाढी पानी बस्तीमा पसे पनि जोखिम भने छैन ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.