मिक्लाजुङमा कर्णाली साकोसको सदस्य विस्तारित भेला सम्पन्न

मोरङ। कर्णाली बचत तथा ऋण सहकारी संस्था लि.ले मिक्लाजुङ गाउँपालिकाको सेवा केन्द्रअन्तर्गत सदस्य विस्तारित भेला सम्पन्न गरेको छ।

शनिबार मिक्लाजुङ गाउँपालिका–५ स्थित मधुमल्लाको वृद्धवृद्धा सामुदायिक भवनमा सम्पन्न भेलामा संस्थाका बचत तथा ऋण नीति, सामाजिक सुरक्षा सम्बन्धी नीति, समसामयिक गतिविधि, वित्तीय अवस्था, समस्या र चुनौतीबारे विस्तृत छलफल गरिएको थियो।

संस्थाले शेयर सदस्यहरूलाई साक्षर बनाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको जनाएको छ। कार्यक्रममा ८० भन्दा बढी शेयर सदस्यहरूको उपस्थिति रहेको र कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी संस्थाकी कर्मचारी दिया थापाले दिइन।

कार्यक्रमले सदस्यहरूको जागरुकता बढाउन र सहकारीप्रति विश्वास अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.