मध्यवर्ती क्षेत्र खारेजीको मागसहित हेटौंडा १३ मा छैठौँ दिनसम्म हस्ताक्षर अभियान जारी

हेटौंडा,भदौ १ । निकुञ्ज अन्तर्गतको मध्यवर्ती क्षेत्र खारेजीको माग राख्दै हेटौंडा उपमहानगरपालिका–१३ स्थित पवित्र टोल विकास संस्था र हरियाली टोल विकास संस्थामा अहिले हस्ताक्षर अभियान चलिरहेको छ। बिहानदेखि सुरु भएको अभियान निरन्तर चलिरहेको हो ।

भने हालसम्म १७० जनाले अभियानमा हस्ताक्षर गरेर समर्थन जनाइसकेका छन्। भूमिहीन सुकुम्बासी अव्यवस्थित बस्ती सङ्घर्ष समितिको अगुवाइमा सञ्चालन भएको यो अभियानमा सङ्घर्ष समितिका उपसंयोजक उत्तम गोम्जाको सक्रिय सहभागिता रहेको छ।

स्थानीय बासिन्दाहरूले मध्यवर्ती क्षेत्रको कारण दैनिक जनजीवनमा असर भएको भन्दै यसलाई हटाउनुपर्ने माग राखेका छन्। उनीहरूका अनुसार यो आरक्षित क्षेत्रले उनीहरूको खेतीपाती, जनावरको आवतजावत, तथा उत्पादन संकलनमा अवरोध पुर्‍याइरहेको छ।

“हामीले कुनै लाभ महसुस गरेका छैनौँ। जनताको हितभन्दा बढी दुःख मात्रै भएको छ,” एक स्थानीय बासिन्दाले भने। “हामीलाई आफ्नै उत्पादन संकलन गर्न गाह्रो बनाइएको छ। खेतीपाती उठाउन पनि समस्या भइरहेको छ।”

स्थानीय उत्पादन, जीविकोपार्जन, र बस्तीको दिगो विकासमा प्रत्यक्ष असर पारिरहेको भन्दै उनीहरूले सो क्षेत्र खारेज गर्नुपर्ने माग गर्दै आवाज उठाइरहेका छन्।

सङ्घर्ष समितिले भने, स्थानीयको व्यापक समर्थनका कारण अभियान अझ व्यापक बनाउँदै लैजाने योजना बनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

मध्यवर्ती क्षेत्र खारेजीको मागसहित हेटौंडा १३ मा छैठौँ दिनसम्म हस्ताक्षर अभियान जारी

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

मध्यवर्ती क्षेत्र खारेजीको मागसहित हेटौंडा १३ मा छैठौँ दिनसम्म हस्ताक्षर अभियान जारी

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

मध्यवर्ती क्षेत्र खारेजीको मागसहित हेटौंडा १३ मा छैठौँ दिनसम्म हस्ताक्षर अभियान जारी

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

मध्यवर्ती क्षेत्र खारेजीको मागसहित हेटौंडा १३ मा छैठौँ दिनसम्म हस्ताक्षर अभियान जारी

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

मध्यवर्ती क्षेत्र खारेजीको मागसहित हेटौंडा १३ मा छैठौँ दिनसम्म हस्ताक्षर अभियान जारी

आइतबारदेखि वर्षा थप सक्रिय हुने, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

मध्यवर्ती क्षेत्र खारेजीको मागसहित हेटौंडा १३ मा छैठौँ दिनसम्म हस्ताक्षर अभियान जारी

भदौ पहिलो सातादेखि सूर्यचोक–कर्रा चोक सडक स्तरीकरण सुरु हुने, मापदण्डअनुसार साइड खाली गर्न वडा अध्यक्ष सिग्देलको आग्रह

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.