बारामा मानव हत्या गर्ने बाघ नियन्त्रणमा, स्थानीयवासीले माने राहत

बारा, अशोज ३ गते । बाराको अमलेखगञ्ज क्षेत्रमा पटक–पटक आक्रमण गरी चार जनाको ज्यान लिएको बाघ अन्ततः नियन्त्रणमा लिइएको छ।

शुक्रबार बिहान जीतपुरसिमरा उपमहानगरपालिका–२१ स्थित चुरियामाई सामुदायिक वनको आधाभारमा राष्ट्रिय प्रकृति संरक्षण कोषका विज्ञ टोलीले डार्ट प्रयोग गरेर बाघलाई नियन्त्रणमा लिन सफल भएको हो।

बाघ नियन्त्रणमा लिने अभियानमा नेपाली सेना, नेपाल प्रहरी, पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारी, ६ वटा हात्ती र स्थानीय जनप्रतिनिधिहरू सक्रिय थिए। वडा नम्बर २१ का वडाध्यक्ष सुभाष श्रेष्ठ र वडा नम्बर २२ का वडाध्यक्ष शेखर काजी रुम्बाको पहलमा लामो समयदेखि प्रयास भइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङले जानकारी दिए्का छन् ।

बाघलाई समात्न प्राविधिकहरूले सामुदायिक वनका तीन स्थानमा राँगालाई बाँधेर क्यामरा जडान गरेका थिए। क्यामराले राँगामाथि आक्रमण गरेको दृश्य कैद भएपछि डार्ट प्रहार गरेर नियन्त्रणमा लिन सकिएको हो।

गत तीन महिनामा सोही बाघले जीतपुरसिमरा–२१ र २२ मा पाँचजनामाथि आक्रमण गरेको थियो। चार जनाको ज्यान गइसकेको र एकजना सैनिक हवलदार घाइते भएको प्रहरीले पुष्टि गरेको छ।

लगातारको आक्रमणले त्रसित रहेका स्थानीयवासी बाघ नियन्त्रणमा आएपछि हर्षित भएका छन्। नियन्त्रणमा लिइएको बाघलाई पर्सा राष्ट्रिय निकुञ्जमा लैजाने तयारी भइरहेको अधिकारीहरूले जनाएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

बारामा मानव हत्या गर्ने बाघ नियन्त्रणमा, स्थानीयवासीले माने राहत

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

बारामा मानव हत्या गर्ने बाघ नियन्त्रणमा, स्थानीयवासीले माने राहत

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

बारामा मानव हत्या गर्ने बाघ नियन्त्रणमा, स्थानीयवासीले माने राहत

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

बारामा मानव हत्या गर्ने बाघ नियन्त्रणमा, स्थानीयवासीले माने राहत

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

बारामा मानव हत्या गर्ने बाघ नियन्त्रणमा, स्थानीयवासीले माने राहत

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

बारामा मानव हत्या गर्ने बाघ नियन्त्रणमा, स्थानीयवासीले माने राहत

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.