काठमाण्डौं, मंसिर ४ गते । पशुपति क्षेत्र विकास कोषले मार्गशीर्ष कृष्ण आमावास्याको अवसर पारेर भगवान् पशुपतिनाथसँग सम्बन्धित अतिदुर्लभ एवं प्राचीन धरोहरहरू सार्वजनिक दर्शनका लागि प्रदर्शनमा राखेको छ। नागमणि, मुकुट, कवच, एकमुखे रुद्राक्ष लगायतका महत्वपूर्ण सामग्रीहरू बिहीबार बिहान ९ बजेदेखि ११:१५ बजेसम्म सर्वसाधारणले अवलोकन गर्न पाएका छन्।
कोषले प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशी र आमावास्याका दिन यी धरोहरहरू जनदर्शनका लागि सार्वजनिक गर्ने परम्परा जोगाउँदै आएको छ। यस वर्ष पनि सुरक्षा निकायको सहयोगमा उक्त सामग्रीहरू सुरक्षित रूपमा प्रदर्शनीमा राखिएको कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले जानकारी दिए।
धार्मिक आस्था र संस्कृतिसँग जोडिएका यी धरोहरहरूको वार्षिक अवलोकनले भक्तजनमा उत्साह थपिएको कोषले जनाएको छ।
नागमणि, मुकुट, कवच, एकमुखे रुद्राक्ष लगायतका महत्वपूर्ण सामग्रीहरू !















