राक्सिराङ, मंसिर ४ गते । मकवानपुर जिल्लाको विकट राक्सिराङ गाउँपालिका–७ मा बिष्णु मायाँ प्रजाको घर सोलारबाट निस्किएको आगोका कारण पूर्णरुपमा जलेर नष्ट भएको छ। आगलागीमा घरभित्र रहेको अन्न–पातालगायत लुगा–फाटा समेत सबै नष्ट भएको स्थानीय अन्जित रिन्माङ्गीले जानकारी दिएका छन्।

स्थानीयका अनुसार आगो अचानक सल्किँदा घरधुरीले केही पनि सामान बाहिर निकाल्न नपाई क्षति पुगेको हो। घटनास्थल दूरदराज रहेकोले आगो नियन्त्रणमा लिन समय लागेपछि क्षति झन् बढेको बताइन्छ।

आगोबाट मानवीय क्षति भने नभएको जनाइएको छ। स्थानीयवासी र वडा कार्यालयले तत्काल राहत तथा आवश्यक सहयोगका लागि पहल थालेका छन्।
प्रतिकृया दिनुहोस्
Post Views: 104














