कुलेखानी–फाखेल सडकमा पिच कार्य आजबाट सुरु

मकवानपुर, मंसिर ४ गते । मकवानपुर जिल्लामा पर्ने कुलेखानी–फाखेल सडक खण्डमा पिच गर्ने काम आजबाट औपचारिक रूपमा सुरु गरिएको छ। कुलेखानी साइटबाट अगाडिको हिस्सा पिच हुन बाँकी रहेको उक्त सडक खण्डमा लामो समयदेखिको प्रतिक्षा समाप्त गर्दै निर्माण कार्य अघि बढाइएको हो।

photo by Dinesh Thapamagar

स्थानीयको आवागमन सहज बनाउने उद्देश्यका साथ सुरु गरिएको पिच कार्यले यातायात सञ्चालनमा समेत थप सहजता आउने अपेक्षा गरिएको छ। सम्बन्धित निकायका अनुसार तोकिएको समयमा काम सम्पन्न गरी सडकलाई पूर्णरूपमा प्रयोजनयोग्य बनाउन पहल गरिएको छ।

photo by Dinesh Thapamagar

सडक स्तरोन्नतिको काम सुरु भएपछि स्थानीय बासिन्दाहरूले खुशी व्यक्त गरेका छन्। उनीहरूका अनुसार पिच सडकले दैनिक जीवनयापनदेखि आर्थिक गतिविधि सहज बनाउन महत्वपूर्ण भूमिका खेलेको छ।

photo by Dinesh Thapamagar

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.