धादिङमा ‘स्व. मनोज श्रेष्ठ स्मृति कप’ महिला भलिबल प्रतियोगिता पौष ९ देखि

धादिङ, मंसिर ४ गते । बागमती प्रदेश अन्तर जिल्ला महिला भलिबल प्रतियोगिता आगामी पौष ९ देखि १२ गतेसम्म धादिङबेशीमा हुने भएको छ। धादिङ जिल्ला भलिबल संघको आयोजनामा आयोजना हुन लागेको यो प्रतिष्पर्धा ‘स्व. मनोज श्रेष्ठ स्मृति कप २०८२’ अन्तरगत सञ्चालन हुनेछ।

महिला भलिबलको विकास, विस्तार तथा नयाँ प्रतिभाको पहिचानलाई लक्षित गरी प्रतियोगिता अघि सारिएको संघका अध्यक्ष अमृत गुरूङले जानकारी दिए। उनको अनुसार प्रतियोगितामा विजेता टिमले नगद २ लाखसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ। त्यस्तै, उपविजेताले १ लाखसहित ट्रफी, मेडल र प्रमाण–पत्र र तृतीय हुने टोलीले ५० हजार रुपैयाँसहितका पुरस्कार प्राप्त गर्नेछन्।

धादिङ जिल्लाको भलिबल इतिहासमा महत्वपूर्ण योगदान पुगेका पूर्व कप्तान स्व. मनोज श्रेष्ठको सम्झनामा हरेक वर्ष आयोजना गरिँदै आएको यो प्रतियोगिताले प्रदेशभित्र महिला भलिबलको स्तर उकास्न टेवा पुग्ने अपेक्षा आयोजकले गरेका छन्।

प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीले आगामी मंसिर ३० गतेसम्म दर्ता गराउन सक्ने जनाइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.