फरार बैंकिङ् कसुरका प्रतिवादी अदालतमा पेश

हेटौडा, मंसिर ४ गते । बैंकिङ् कसुर सम्बन्धी मुद्दामा तीन वर्ष कैद सजाय तथा रु ३०,००० जरिवाना तोकिएका फरार प्रतिवादी रिजय कुमार लामालाई प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको छ।

मकवानपुर हेटौडा उपमहानगरपालिका–१५ बस्ने ३१ वर्षीय लामालाई खोजतलासका क्रममा प्रहरीले पक्राउ गरेको हो। सम्मानित मकवानपुर जिल्ला अदालत, हेटौंडाबाट जारी फैसला कार्यान्वयनका क्रममा फरार रहेका उनलाई अदालतको आदेशअनुसार आवश्यक कारबाहीका लागि आजै जिल्ला अदालतमा प्रस्तुत गरिएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.