फोहोर व्यवस्थापनबारे नगरप्रमुखसँग छलफल गर्‍यौँ, तर ठोस निर्णय आएन : अध्यक्ष विशालराज महत

हेटौंडा, पुस २ गते । सेवा, सहयोग र आवाज संस्थाका अध्यक्ष विशालराज महतले नगरको फोहोर व्यवस्थापन तथा डम्पिङ साइटमा भइरहेको अवस्थाबारे नगरप्रमुख मीनाकुमारी लामासँग प्रत्यक्ष छलफल गरिएको बताएका छन्। नगरपालिकामा रहेको नगरप्रमुखको कार्यकक्षमै पुगेर संस्थाको तर्फबाट हालको फोहोर व्यवस्थापन प्रणाली, डम्पिङ साइटमा भइरहेको आगलागी तथा त्यसले स्थानीय बासिन्दाको स्वास्थ्यमा पारेको गम्भीर असरबारे जानकारी गराइएको अध्यक्ष महतले बताए।

उनका अनुसार छलफलका क्रममा नगरपालिकाले फोहोर व्यवस्थापनका विषयमा केही काम गरिरहेको जानकारी दिए पनि दीर्घकालीन समाधान र ठोस निर्णयको पक्षमा अपेक्षित जवाफ प्राप्त हुन सकेन। “हामीले उठाएका विषयमा खासै सन्तोषजनक निर्णय आउन सकेन, तर नगरपालिकाले केही सकारात्मक काम गरिरहेको पक्षलाई भने नकार्न मिल्दैन,” अध्यक्ष महतले भने।

छलफलका क्रममा सेवा, सहयोग र आवाजले हेटौंडा उपमहानगरपालिका र धरान उपमहानगरपालिकामा अपनाइएका फोहोर व्यवस्थापनका अभ्यासलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै ठेक्का प्रणाली, शुल्क संरचना तथा डम्पिङ साइट व्यवस्थापनलाई थप खुकुलो र वैज्ञानिक बनाइनुपर्ने सुझाव राखेको थियो। फोहोर व्यवस्थापनमा ठेक्का प्रणाली केही सीमित व्यक्तिकेन्द्रित भएको अनुभूति भएको कुरा उनले उल्लेख गरे।

नगरप्रमुख लामाले छलफलमा पुरानो ठेक्का प्रणालीमा न्यूनतम पाँच लाख रुपैयाँ रहेको शुल्क अहिले बढेर २५ लाखसम्म पुगेको जानकारी दिँदै नगरपालिकाको राजस्व वृद्धिका लागि यो सकारात्मक पक्ष भएको बताएको अध्यक्ष महतले जानकारी दिए। यद्यपि चालु आर्थिक वर्षभित्र शुल्क प्रणालीमा परिवर्तन सम्भव नभए पनि आगामी आर्थिक वर्षदेखि यस विषयमा पुनः विचार गर्ने आश्वासन नगरप्रमुखले दिएको उनले बताए।

अध्यक्ष महतका अनुसार डम्पिङ साइटमा भइरहेको आगलागी र त्यसबाट उत्पन्न स्वास्थ्य जोखिमका विषयमा हाल फोहोर व्यवस्थापनको ठेक्का लिएका पक्षलाई जिम्मेवारीको दायरामा ल्याउनुपर्ने माग पनि छलफलमा उठाइएको थियो। तर हालको ठेक्का प्रणालीमा त्यस्तो स्पष्ट अवधारणा नदेखिएको उनको भनाइ छ।

छलफलमा नगरप्रमुखले आगामी नयाँ ठेक्का प्रणालीमार्फत फोहोर व्यवस्थापनमा परिवर्तन गरिने, नगरभित्रका सबै फोहोर व्यवस्थापन पुरानै शैलीमा नजाने तथा नयाँ डम्पिङ साइट अब निर्धारण नगरिने धारणा राखेको अध्यक्ष महतले बताए। साथै भविष्यमा नगरले फोहोर व्यवस्थापनलाई वैज्ञानिक प्रणालीमा लैजाने प्रतिबद्धता पनि व्यक्त गरिएको उनको भनाइ छ।

अध्यक्ष महतले नगरप्रमुखले राखेका सुधारात्मक वाचा र अवधारणालाई सेवा, सहयोग र आवाजले निरन्तर फलोअप र निगरानी गर्ने स्पष्ट पारे। “यदि यी वाचा व्यवहारमा कार्यान्वयन भए, अहिले स्थानीय बासिन्दाले भोग्दै आएका गम्भीर स्वास्थ्य समस्याबाट धेरै हदसम्म राहत मिल्नेछ,” उनले भने।

समग्र छलफलप्रति पूर्ण रूपमा सन्तुष्ट हुन नसके पनि सुधारको अपेक्षा सहित संस्थाको टोली नगरपालिकाबाट फर्किएको अध्यक्ष महतले बताए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

फोहोर व्यवस्थापनबारे नगरप्रमुखसँग छलफल गर्‍यौँ, तर ठोस निर्णय आएन : अध्यक्ष विशालराज महत

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

फोहोर व्यवस्थापनबारे नगरप्रमुखसँग छलफल गर्‍यौँ, तर ठोस निर्णय आएन : अध्यक्ष विशालराज महत

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

फोहोर व्यवस्थापनबारे नगरप्रमुखसँग छलफल गर्‍यौँ, तर ठोस निर्णय आएन : अध्यक्ष विशालराज महत

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

फोहोर व्यवस्थापनबारे नगरप्रमुखसँग छलफल गर्‍यौँ, तर ठोस निर्णय आएन : अध्यक्ष विशालराज महत

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

फोहोर व्यवस्थापनबारे नगरप्रमुखसँग छलफल गर्‍यौँ, तर ठोस निर्णय आएन : अध्यक्ष विशालराज महत

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

फोहोर व्यवस्थापनबारे नगरप्रमुखसँग छलफल गर्‍यौँ, तर ठोस निर्णय आएन : अध्यक्ष विशालराज महत

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.