बन्द उद्योग खुलाउने एजेन्डासहित मकवानपुर–१ बाट स्वतन्त्र उम्मेदवार टिका प्रसाद चौलागाई चुनावी मैदानमा

हेटौँडा, माघ २७ गते । मकवानपुर क्षेत्र नम्बर १ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि करिब २१ जना दल तथा स्वतन्त्र उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा होमिएका छन्। तीमध्ये स्वतन्त्र उम्मेदवार टिकाप्रसाद चौलागाई पनि आफ्ना स्पष्ट चुनावी एजेन्डासहित चुनावी मैदानमा उत्रिएका छन्।

रेडियो भरोसाको युट्युब च्यानलमार्फत प्रसारित ‘निर्वाचन विशेष संवाद’ कार्यक्रममा विशेष अतिथिका रूपमा सहभागी हुँदै स्वतन्त्र उम्मेदवार चौलागाईले नेपालका प्रमुख राजनीतिक दलहरूले लामो समय शासन गरे पनि देशलाई विकासको दिशामा अघि बढाउन नसकेको आरोप लगाए। उनले युवा जनशक्ति विदेश पठाएर सत्तामा रहेका दलहरू मोजमस्तीपूर्ण शासन पद्धतिमा रमाइरहेको र त्यसकै कारण देशका संरचना ध्वस्त हुँदै गएको बताए।

आफू स्वतन्त्र उम्मेदवार बनेको मुख्य कारण मकवानपुर क्षेत्रमा बन्द अवस्थामा रहेका उद्योग–कलकारखाना, विशेष गरी कपडा उद्योग पुनः सञ्चालन गराउने रहेको चौलागाईले स्पष्ट पारे। “मकवानपुरका दाजुभाइ दिदीबहिनीहरू कसैका दास होइनन्, यहाँका जनता विवेकशील, बौद्धिक र न्यायप्रेमी छन्,” उनले भने, “अब जनताले सही–गलत छुट्याउन सक्छन्, त्यसैले मैले स्वतन्त्र उम्मेदवारी दिएको हुँ।”

उनले आफ्नो निर्वाचन चिन्ह ‘चेस गट्टी’ रहेको उल्लेख गर्दै सोही चिन्हमा मतदान गरी भारी बहुमतले विजयी गराउन मकवानपुर क्षेत्र नम्बर १ का आम मतदातामा हार्दिक अपिल गरे। आफ्नो उम्मेदवारी पूर्ण रूपमा जनतामुखी रहेको दाबी गर्दै उनले घरदैलोमा पुग्न नसकेको अवस्थामा पनि सामाजिक सञ्जाल र भिडियो सन्देशलाई आधिकारिक ठानी आफूलाई मतदान गर्न आग्रह गरे।

चौलागाईले धर्म–संस्कृतिको संरक्षण, मकवानपुरको मुहार परिवर्तन, युवाहरूका लागि स्वदेशमै रोजगारी, वैदेशिक रोजगारीका लागि फ्री टिकट र फ्री भिसा, भ्रष्टाचार र लुटतन्त्रविरुद्ध आवाज, बन्द उद्योग सञ्चालन, वृद्धवृद्धालाई सम्मान, विपन्न वर्गका लागि निःशुल्क सेवा, किसानका लागि मल–बिउ व्यवस्थापन, सुकुम्बासीलाई जग्गा, गरिब बालबालिकालाई छात्रवृत्ति, निःशुल्क औषधि तथा पानी–बिजुली सुविधा जस्ता एजेन्डा सार्वजनिक गरे।

यदि आफू विजयी भए मकवानपुर क्षेत्र नम्बर १ का जनताकै सल्लाह, सुझाव र सहभागितामा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, “म भुइँमान्छे हुँ, २४ घण्टा भेट्न सकिने जनप्रतिनिधि बन्नेछु। मेरो नेता भनेका यहाँका आम जनता नै हुन्।”

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

बन्द उद्योग खुलाउने एजेन्डासहित मकवानपुर–१ बाट स्वतन्त्र उम्मेदवार टिका प्रसाद चौलागाई चुनावी मैदानमा

हेटौंडामा गृहिणी महिला सशक्तीकरण कार्यक्रम : उद्यमशीलता र बाख्रापालन तालिममार्फत आयआर्जनतर्फ महिलाको आकर्षण

बन्द उद्योग खुलाउने एजेन्डासहित मकवानपुर–१ बाट स्वतन्त्र उम्मेदवार टिका प्रसाद चौलागाई चुनावी मैदानमा

हेटौंडामा निःशुल्क बारिस्टा तालिम सम्पन्न : युवालाई स्वदेशमै स्वरोजगारतर्फ प्रेरित गर्दै उपमहानगर

बन्द उद्योग खुलाउने एजेन्डासहित मकवानपुर–१ बाट स्वतन्त्र उम्मेदवार टिका प्रसाद चौलागाई चुनावी मैदानमा

“सहयोगको अपिल होइन, राज्यको उत्तरदायित्व चाहिन्छ” — सामाजिक अभियन्ता विशालराज महत

बन्द उद्योग खुलाउने एजेन्डासहित मकवानपुर–१ बाट स्वतन्त्र उम्मेदवार टिका प्रसाद चौलागाई चुनावी मैदानमा

प्रेस काउन्सिलको चेतावनी : आचारसंहिता विपरीत गतिविधि नगर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह

बन्द उद्योग खुलाउने एजेन्डासहित मकवानपुर–१ बाट स्वतन्त्र उम्मेदवार टिका प्रसाद चौलागाई चुनावी मैदानमा

बस्तिपुर जेसिज मनहरीद्वारा निरुपित राष्ट्रिय उपाध्यक्ष जेसि खगेन्द्र भण्डारीलाई स्वागत तथा सम्मान

बन्द उद्योग खुलाउने एजेन्डासहित मकवानपुर–१ बाट स्वतन्त्र उम्मेदवार टिका प्रसाद चौलागाई चुनावी मैदानमा

इन्द्रसरोवरमा मोटरसाइकल दुर्घटना : सडकबाट ४५ मिटर तल खस्दा चालक सामान्य घाइते

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.