भैरवरोड–चिसापानी सडकको ढल चेम्बर निर्माण अन्तिम चरणमा, ७ दिनभित्र सडक सञ्चालनमा आउने

हेटौंडा, असोज १२ गते । हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलले भैरवरोड–चिसापानी सडकखण्डमा ढलको चेम्बर भत्किएपछि अवरुद्ध सडकको मर्मत तथा निर्माण कार्य अन्तिम चरणमा पुगेको बताएका छन्।

वडाध्यक्ष सिग्देलले सामाजिक सञ्जाल फेसबुकमार्फत सडक मर्मत तथा चेम्बर निर्माणको काम अघि बढिरहेको जानकारी दिएका हुन्। उनका अनुसार निरन्तर वर्षा, मुख्य बजार क्षेत्रको शौचालयसहितको ढल बग्ने अवस्था तथा आसपासका संरचनाका कारण निर्माण कार्य अघि बढाउन कठिनाइ भएको थियो।

तर, निरन्तर प्रयासपछि आवश्यक इक्युपमेन्टको व्यवस्थापन र प्रयोग गरी तीनवटा ह्युम पाइप जडान गरिएको सिग्देलले बताएका छन्। पाइप जडानसँगै चेम्बर निर्माणको काम अघि बढेको र हाल निर्माण कार्य अन्तिम चरणमा पुगेको उनको भनाइ छ।

चेम्बर निर्माण कार्य सम्पन्न भएपछि सडक सञ्चालनमा ल्याउने तयारी गरिएको छ। वडाध्यक्ष सिग्देलका अनुसार अब बढीमा सात दिनभित्र भैरवरोड–चिसापानी सडकखण्ड सुचारु हुनेछ।

सिग्देलले निर्माण कार्यको प्रगतिलाई उल्लेख गर्दै ‘काम आफैँ बोल्छ’ भन्दै सडक छिट्टै सञ्चालनमा आउने बताएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.