चितवनमा बाबुद्वारा दुई छोराछोरीको हत्या,आफूले पनि गरे आत्महत्याको प्रयास

चितवन। चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २५ शुक्रनगरमा एक व्यक्तिले आफ्नै दुई छोराछोरीको हत्या गरेका छन्।

४२ वर्षीय लिलाराज गिरीले आफ्ना दाजु दया गिरीका ५ वर्षीय छोरा साजन गिरी र आफ्नी ७ वर्षीया छोरी प्रभा गिरीलाई धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरेका हुन्।

छोराछोरीलाई आक्रमण गरेपछि लिलाराजले पनि आत्महत्याको प्रयास गरेका थिए। घटनापछि तीनै जनालाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएको थियो। चितवन मेडिकल कलेज स्रोतका अनुसार दुवै बालबालिकाको मृत्यु भइसकेको छ भने लिलाराजको उपचार जारी छ।

जिल्ला प्रहरी कार्यालय चितवनले घटनाको विस्तृत छानबिन गरिरहेको जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.