Day: २०८२ जेष्ठ २, शुक्रबार २१:०७

त्रिशूलीमा बेपत्ता बालिका मृत फेला

त्रिशूलीमा बेपत्ता बालिका मृत फेला

धादिङ। धादिङ जिल्लाको सिद्वलेक गाउँपालिका–७, आदमटारस्थित त्रिशूली नदीको किनारमा नुवाकोटकी बेपत्ता बालिका मृत अवस्थामा फेला परेकी छन्। बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार, मृत फेला पर्नेमा नुवाकोट जिल्लाको बेलकोटगडि नगरपालिका–७, कल्चौडेकी ११ वर्षीया सदिक्षा राई रहेकी छन्। प्रहरीले जनाएअनुसार, सदिक्षा गत बुधबार साँझ ६ बजे बेलकोटगढि नगरपालिका–७ स्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएकी थिइन्। उनी बिहीबार दिउँसो २ बजेर ३० मिनेटको समयमा त्रिशूली नदीको किनारमा रहेको ढुङ्गाको चेपमा मृत अवस्थामा फेला परेकी हुन्।
Read More
अभिनेत्री अरुणिमा लम्साल र युवराज श्रेष्ठबिच आधिकारिक रूपमै भयो सम्बन्धविच्छेद

अभिनेत्री अरुणिमा लम्साल र युवराज श्रेष्ठबिच आधिकारिक रूपमै भयो सम्बन्धविच्छेद

काठमाडौँ। अभिनेत्री अरुणिमा लम्साल र युवराज श्रेष्ठबीच आधिकारिक रुपमै सम्बन्धविच्छेद भएको छ। आठ महिनाअघि विवाह बन्धनमा बाँधिएकी अरुणिमाले गत चैतमा अमेरिकाबाट नेपाल आएर अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएकी थिइन्। युवराजले गत आइतबार वैशाख २८ गते सम्बन्धविच्छेदको फाइलमा हस्ताक्षर गरेका हुन्। यसको पुष्टि उनले स्वयं गरेका छन्। हालै टिकटक लाइभमा बोल्दै युवराजले भने, ‘मैले वैशाख २८ गते दिनको ४ः१० मा डिभोर्स फाइलमा हस्ताक्षर गरेको हुँ। जन्म, विवाह र मृत्यु लेखेर आएको हुन्छ। मेरो छुट्टिनु थियो, छुट्टियो, सकियो। बाँकी कुरा चाहिँ म सार्वजनिक गर्न चाहन्नँ।’ युवराज श्रेष्ठ सुनसरीको बराहक्षेत्र नगरपालिका, चतराका स्थानीय हुन् र नेपाली कांग्रेसको बराहक्षेत्र नगर कमिटीका उपसभापति हुन्।
Read More
चितवनमा बाबुद्वारा दुई छोराछोरीको हत्या,आफूले पनि गरे आत्महत्याको प्रयास

चितवनमा बाबुद्वारा दुई छोराछोरीको हत्या,आफूले पनि गरे आत्महत्याको प्रयास

चितवन। चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २५ शुक्रनगरमा एक व्यक्तिले आफ्नै दुई छोराछोरीको हत्या गरेका छन्। ४२ वर्षीय लिलाराज गिरीले आफ्ना दाजु दया गिरीका ५ वर्षीय छोरा साजन गिरी र आफ्नी ७ वर्षीया छोरी प्रभा गिरीलाई धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरेका हुन्। छोराछोरीलाई आक्रमण गरेपछि लिलाराजले पनि आत्महत्याको प्रयास गरेका थिए। घटनापछि तीनै जनालाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएको थियो। चितवन मेडिकल कलेज स्रोतका अनुसार दुवै बालबालिकाको मृत्यु भइसकेको छ भने लिलाराजको उपचार जारी छ। जिल्ला प्रहरी कार्यालय चितवनले घटनाको विस्तृत छानबिन गरिरहेको जानकारी दिएको छ।
Read More
राप्रपा हेटौंडा नगरको अधिवेशन  भोलि हुने,सांसद शाही र सिंह उपस्थित हुने

राप्रपा हेटौंडा नगरको अधिवेशन भोलि हुने,सांसद शाही र सिंह उपस्थित हुने

हेटौँडा। राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाही भोलि हेटौँडा उपमहानगरपालिकामा आउने भएका छन् । हेटौँडा उपमहानगरपालिकामा आयोजना हुन लागेको राप्रपा हेटौँडा उपमहानगरपालिकाको सातौं नगर अधिवेशनलाई उद्घाटन गर्न राप्रपाका प्रवक्ता शाही सहित केन्द्रिय नेता तथा मकवानपुरका सांसद दिपक बहादुर सिंह हेटौँडा उपमहानगरपालिका आउने कार्यक्रम रहेको राप्रपा हेटौँडा नगरका अध्यक्ष अरुन लामाले जानकारी दिए। भोलि हेटौडा ४ स्थित बालकुमारी पार्टी प्यालेसमा राप्रपाको सातौँ नगर अधिवेशन हुँदैछ । अधिवेशनले अबको ४ बर्षको लागि नयाँ कार्यसमिति समेत चयन गर्ने राप्रपाका जिल्ला अध्यक्ष सागर थापाले जानकारी दिए।
Read More
नायब महालेखापरीक्षक ताराप्रसाद पाण्डेले वार्षिक प्रतिवेदन पेश

नायब महालेखापरीक्षक ताराप्रसाद पाण्डेले वार्षिक प्रतिवेदन पेश

मकवानपुर। बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा समक्ष महालेखापरीक्षकको कार्यालयका नायब महालेखापरीक्षक ताराप्रसाद पाण्डेले वार्षिक प्रतिवेदन पेश गरेको छ। नेपालको संविधानको धारा २९४ को उपधारा (३) र लेखा परीक्षण ऐन, २०७५ को दफा १९ को उपदफा (४) बमोजिम महालेखापरीक्षकको कार्यालयबाट आर्थिक वर्ष २०८०÷०८१ को आर्थिक कारोबारको लेखापरीक्षण गरी तयार गरिएको बागमती प्रदेशको “सातौं वार्षिक प्रतिवेदन, २०८२” पेश गरेका हुन। नेपालको संविधानको धारा २४१ र लेखापरीक्षण ऐन, २०७५ मा संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालय, पूर्ण स्वामित्व भएका संगठित संस्था वा निकायको लेखा कानुनवमोजिम नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यमेतको विचार गरी महालेखापरीक्षकवाट लेखापरीक्षण हुने व्यवस्था छ। प्रतिवेदनमा एकीकृत वित्तीय…
Read More
पाँच लाख ७० हजार घुससहित इञ्जिनियर पक्राउ

पाँच लाख ७० हजार घुससहित इञ्जिनियर पक्राउ

काठमाडौँ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रु पाँच लाख ७० हजार घुससहित सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयमा कार्यरत इञ्जिनियर सन्तोषकुमार यादवलाई पक्राउ गरेको छ। आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, आयोगको टोलीले इञ्जिनियर यादवलाई मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीबाट बिहीबार साँझ पक्राउ गरेको हो। खोटाङ जिल्लामा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानी गर्ने प्रयोजनार्थ घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको टङ्गाल कार्यालयबाट गएको टोलीले उनलाई पक्राउ गरेको हो। आयोगले जनाएअनुसार, आरोपी इञ्जिनियर यादवलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।
Read More
बार्सिलोना च्याम्पियन, दुई खेल अगावै जित्यो ला लिगा उपाधि

बार्सिलोना च्याम्पियन, दुई खेल अगावै जित्यो ला लिगा उपाधि

काठमाडौं। स्पेनिस फुटबल लिग ला लिगाको २०२४/२५ सिजनको उपाधि बार्सिलोनाले दुई खेल बाँकी छँदै जितेको छ। गए राति भएको खेलमा बार्सिलोनाले इस्प्यानोललाई २-० ले पराजित गर्दै उपाधि सुनिश्चित गरेको हो। इस्प्यानोलविरुद्धको सहज जितसँगै बार्सिलोनाको अंक तालिकामा ८५ अंक पुगेको छ। दोस्रो स्थानमा रहेको रियल मड्रिडको ७८ अंक छ र उसले अब दुई खेल खेल्न बाँकी छ। रियल मड्रिडले बाँकी दुवै खेल जिते पनि अधिकतम ८४ अंक मात्र पुग्ने भएकाले बार्सिलोनाले यो सिजनको उपाधि आफ्नो पक्षमा पारेको हो। बार्सिलोनाको जितमा युवा खेलाडी लामिन यमल र फेरमिन लोपेजले एक-एक गोल गरे। यो जितसँगै बार्सिलोनाले २८ औँ पटक ला लिगाको उपाधि उचालेको छ।
Read More
कुलेखानी–कलंकी सडक २० दिन बन्द

कुलेखानी–कलंकी सडक २० दिन बन्द

मकवानपुर। कुलेखानी–कलंकी–हुमाने सडकखण्ड आज जेठ २ गतेदेखि २० गतेसम्म बन्द गरिएको छ। सडकमा कालोपत्रेको काम गर्नुपर्ने भएकाले सवारी साधनको आवागमन पूर्ण रूपमा रोकिएको हो। जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक सूचना जारी गर्दै बन्द अवधिभर हेटौंडा–काठमाडौं वा काठमाडौं–हेटौंडा यात्रा गर्ने यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ। यात्राका लागि कान्ति लोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक प्रयोग गर्न सकिने प्रशासनले जनाएको छ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.