डा. सुनील शर्माको घरमा फेला पर्यो दुर्लभ सर्प, उद्धारकर्ताको आँखामा विष परेपछि घाइते

विराटनगर। विराटनगरमा दुर्लभ मानिने ‘स्पिटिङ कोब्रा’ प्रजातिको सर्प फेला परेको छ।विराटनगर महानगरपालिका–४, नोबेल अस्पताल पछाडि रहेको डा. सुनील शर्माको निवासमा उक्त सर्प देखिएपछि उद्धार टोली बोलाइएको थियो।

उद्धारका क्रममा सर्पले परैबाट विष फाल्दा उद्धारकर्ता शम्भु घिमिरे घाइते भएका छन्। चिकित्सकहरूका अनुसार स्पिटिङ कोब्राको विष आँखामा परे गम्भीर असर पुग्न सक्छ, जसले दृष्टिमा समेत हानि पुर्‍याउन सक्ने खतरा हुन्छ।

यसैबीच, विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखाले अन्य स्थानमा पनि यस्ता सर्प देखिएमा तत्काल जानकारी दिन अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.