Day: २०८२ जेष्ठ १४, बुधबार २२:०५

मिस युनिभर्स नेपाल २०२५ को आवेदन खुल्यो

मिस युनिभर्स नेपाल २०२५ को आवेदन खुल्यो

हेटौडा। मिस युनिभर्स नेपाल २०२५ का लागि औपचारिक रूपमा आवेदन खुला गरिएको छ। बुधबार काठमाडौंको हिल्टन होटलमा आयोजित एक विशेष कार्यक्रममा ग्लोबल ग्ल्यामर भेन्चरले यो घोषणा गरेको हो। यस वर्ष प्रतियोगितालाई आठ भागमा आधारित ‘रियालिटी टिभी शो’ को रूपमा प्रस्तुत गरिनेछ, जसले दर्शकहरूलाई प्रतियोगीहरूको यात्रा र रूपान्तरणलाई नजिकबाट नियाल्ने अवसर दिनेछ। मिस युनिभर्स नेपालकी राष्ट्रिय निर्देशक सङ्गीता पुरीले नेपाली महिलाहरूको असीम क्षमतालाई विश्वसामु उजागर गर्ने यो एउटा महत्वपूर्ण मञ्च भएको बताइन्। उनले प्रतियोगिताको समावेशी स्वरूपमा जोड दिँदै “तपाईं जस्तो हुनुहुन्छ, त्यही नै तपाईंको सौन्दर्यता हो” भन्ने नाराका साथ सबै पृष्ठभूमिका महिलाहरूलाई स्वागत गरिने जानकारी दिइन्। इच्छुक सहभागीहरूले जेठ १५ देखि…
Read More
बढ्दो चितुवा आतङ्क! बर्दियामा एकको मृत्यु, स्याङ्जामा एक घाइते

बढ्दो चितुवा आतङ्क! बर्दियामा एकको मृत्यु, स्याङ्जामा एक घाइते

बर्दिया। बर्दियाको गुलरिया नगरपालिका-५, बालापुरमा चितुवाको आक्रमणबाट ६ वर्षीया बालिका सायरा थारुको मृत्यु भएको छ। बुधबार बिहान घरको शौचालय गएकी उनलाई चितुवाले आक्रमण गरेको थियो। बालिकाको शव बर्दिया अस्पताल गुलरियामा राखिएको छ। यस घटनापछि चितुवा नियन्त्रणको माग गर्दै स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय बर्दिया अगाडि धर्नासहित चक्काजाम गरेका थिए। जिल्लास्थित सुरक्षा समितिमा चितुवा समात्ने सहमति भएपछि आन्दोलन स्थगित भएको छ, तर माग पूरा नभए पुनः आन्दोलन गर्ने स्थानीयले चेतावनी दिएका छन्। यसैबीच, स्याङ्जाको वालिङ नगरपालिका-११, तल्लो पेखुमा पनि चितुवाको आक्रमणबाट ४५ वर्षीय मुक्तबहादुर थापा घाइते भएका छन्। मंगलबार बिहान घर नजिकैको कुखुराको खोरमा पसेको चितुवा धपाउन गएका उनलाई चितुवाले आक्रमण गरेको…
Read More
डा. सुनील शर्माको घरमा फेला पर्यो दुर्लभ सर्प, उद्धारकर्ताको आँखामा विष परेपछि घाइते

डा. सुनील शर्माको घरमा फेला पर्यो दुर्लभ सर्प, उद्धारकर्ताको आँखामा विष परेपछि घाइते

विराटनगर। विराटनगरमा दुर्लभ मानिने ‘स्पिटिङ कोब्रा’ प्रजातिको सर्प फेला परेको छ।विराटनगर महानगरपालिका–४, नोबेल अस्पताल पछाडि रहेको डा. सुनील शर्माको निवासमा उक्त सर्प देखिएपछि उद्धार टोली बोलाइएको थियो। उद्धारका क्रममा सर्पले परैबाट विष फाल्दा उद्धारकर्ता शम्भु घिमिरे घाइते भएका छन्। चिकित्सकहरूका अनुसार स्पिटिङ कोब्राको विष आँखामा परे गम्भीर असर पुग्न सक्छ, जसले दृष्टिमा समेत हानि पुर्‍याउन सक्ने खतरा हुन्छ। यसैबीच, विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखाले अन्य स्थानमा पनि यस्ता सर्प देखिएमा तत्काल जानकारी दिन अनुरोध गरेको छ।
Read More
३ बुँदे घोषणापत्र जारी गर्दै सकियो पत्रकार महासंघ बागमतीको प्रादेशिक भेला

३ बुँदे घोषणापत्र जारी गर्दै सकियो पत्रकार महासंघ बागमतीको प्रादेशिक भेला

हेटौंडा। नेपाल पत्रकार महासंघ बागमती प्रदेशको दुई दिने दोस्रो प्रादेशिक भेला १३ बुँदे हेटौंडा घोषणापत्र जारी गर्दै हेटौंडामा सम्पन्न भएको छ । सञ्चारमैत्री बजेट र कानून निर्माणमा प्रदेश सरकारको भुमिका विषयक अन्तरक्रियासँगै नेपाल पत्रकार महासंघ बागमती प्रदेशको जेठ १३ गतेबाट शुरु भएको प्रादेशिक भेलामा वृहत छलफल गरी उठान गरेका विषयहरुलाई समेटेर घोषणपत्र जारी गर्दै सकिएको हो । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले उद्घाटन गरेको भेलाले पारित गरेको घोषणापत्रमा पत्रकारको सुरक्षा, क्षमता विकास, सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था, सञ्चारमाध्यमलाई उद्योगका रुपमा मान्यता दिई अनुदान र सहुलियत ऋण र लोककल्याणकारी सुविधा लगायतमा तीनै तहको सरकारको ध्यानाकर्षण गराउँदै पत्रकारलाई सामाजिक सुरक्षा कोषमा…
Read More
तेस्रो आँखा खुलेको दिन: लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायमैत्री सेवा सुरु

तेस्रो आँखा खुलेको दिन: लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायमैत्री सेवा सुरु

काठमाडौं। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई लक्षित गरी समावेशी स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले ‘मायाको पहिचान नेपाल’ र ‘एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्र’ बीच सहकार्य सुरु भएको छ। सहकार्य अन्तर्गत समुदायका सदस्यहरूलाई एचआइभी परीक्षण, यौन रोगहरूको उपचार, मानसिक स्वास्थ्य परामर्श लगायतका स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध हुनेछन्। यस सहकार्यसँगै समुदायका सदस्यहरूले आफूलाई अस्वीकार, लज्जा वा अपमानको डर बिना सुलभ स्वास्थ्य सेवा लिन सक्ने वातावरण तयार पारिने अपेक्षा गरिएको छ। स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न र सेवा प्रदायक संस्थालाई समुदायमैत्री बनाउने दीर्घकालीन लक्ष्य लिइएको मायाको पहिचान नेपालले जनाएको छ। यस अभियानको थालनीसँगै एक एक पाइला स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण तालिम…
Read More
दुईवटा ग्यास सिलिन्डर पड्किँदा भान्सा सहित गोठ जलेर नष्ट

दुईवटा ग्यास सिलिन्डर पड्किँदा भान्सा सहित गोठ जलेर नष्ट

मनहरी । मनहरी-२, टाँडी निवासी सुरेन्द्र राईको भान्सामा राखिएको खाना पकाउने ग्यासको सिलिन्डर पड्किँदा १ हल गोरु र ७ वटा बाख्रा सहित गोठ जलेर नष्ट भएको छ । घरमा कोहि नभएको बेला अचानक आगलागी भइ सिलिन्डर पड्किएको हुँदा मानवीय क्षती भएको छैन । बुधबार दिउँसो राईको घरमा कोहि नभएको बेला एक्कासि सिलिन्डर पड्किएर आगलागि भएको हो । बिजुली सट भएर सिलिन्डरमा आगो लागेको हुन सक्ने सुरेन्द्र राईले बताएका छन् । आगलागीबाट गोठमा रहेको भान्साका भाँडाकुँडा सहित सम्पूर्ण सामान जलेको छ । त्यस्तै गोठमा रहेका १ हल गोरु र ७ वटा बाख्रा जलेर नष्ट भएको छ । साथै गोठका काठपात, जस्ता…
Read More
गभर्नर पौडेलविरुद्धको रिटमा आज सुनुवाइ हुने

गभर्नर पौडेलविरुद्धको रिटमा आज सुनुवाइ हुने

काठमाडौँ। गभर्नर विश्वनाथ पौडेलको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा दायर रिटको आज पेसी तोकिएको छ। अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले नेपाल राष्ट्र बैंक ऐन २०५८ ले तोकेको विज्ञता नभएको व्यक्तिलाई गभर्नर नियुक्त गरिएको दाबीसहित रिट दर्ता गरेका हुन्। रिटमा पौडेलको सिफारिस, नियुक्ति र शपथसमेत गैरकानुनी भएको जिकिर गर्दै नोटमा हस्ताक्षर लगायतका गम्भीर राष्ट्रिय महत्वका कार्यहरू नगर्न प्रतिषेध मिश्रित परमादेशको माग गरिएको छ। यसअघि, पौडेल गभर्नर नियुक्त हुनुअघि पनि उनिहरुले नियुक्ति रोक्न माग गर्दै रिट लिएर सर्वोच्च पुगेका थिए, तर त्यो रिट दरपिठ भएको थियो। सरकारले अर्थ मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयनसम्बन्धी मापदण्ड,…
Read More
लोकसेवा आयोगद्वारा जेठ १५ गते हुने परीक्षा सारियो, अब जेठ २४ गते हुने

लोकसेवा आयोगद्वारा जेठ १५ गते हुने परीक्षा सारियो, अब जेठ २४ गते हुने

काठमाडौँ। लोकसेवा आयोगले भोलि जेठ १५ गते काठमाडौंमा सञ्चालन गर्ने तयारी गरेको परीक्षा स्थगित गरेको छ। उक्त दिन नेपाल विद्युत प्राधिकरणका विभिन्न समूह र पदहरूका लागि निर्धारण गरिएका परीक्षाहरू अब जेठ २४ गते हुनेछन्। जेठ १५ गते सरकारको नेतृत्वकर्ता दल नेकपा एमाले र राजावादीहरूले विभिन्न प्रदर्शन तथा आन्दोलनको घोषणा गरेकाले सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राखी आयोगले यो निर्णय गरेको हो। परीक्षाका लागि करिब ५ हजार जनाले दरखास्त फारम भरेका छन्। आन्दोलन र प्रदर्शनका कारण परीक्षार्थीहरूलाई पर्न सक्ने असुविधा र सुरक्षा जोखिमलाई मध्यनजर गर्दै परीक्षाको मिति परिवर्तन गरिएको आयोगले जनाएको छ।
Read More
राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे दोस्रो कार्यकालका लागि विजयी

राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे दोस्रो कार्यकालका लागि विजयी

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेबे दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । पोखरामा सम्पन्न संघको पाँचौं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा थेबेले आफ्ना प्रतिद्वन्द्वी सुमन पुरीलाई १८८ मतान्तरले पराजित गरेका हुन् । निर्वाचनमा कुल १,७६४ मतदातामध्ये १,४०४ मत खसेको थियो । थेबेले ७९७ मत प्राप्त गर्दा पुरीले ६०८ मत ल्याएका थिए । पुरी यसअघि संघको आठौं महाधिवेशनबाट उपाध्यक्ष र नवौं महाधिवेशनबाट महासचिव बनेका थिए । विद्युतीय मतदान प्रणाली प्रयोग भएकाले परिणाम छिट्टै सार्वजनिक भएको थियो। युवा संघका इन्चार्ज राजीव पहारीका अनुसार अध्यक्षसहित पदाधिकारी र केन्द्रीय समितिका अधिकांश पदमा थेबेको प्यानल विजयी भएको छ ।…
Read More
इटहरीको तिरुपति प्लाइउड फ्याक्ट्रीमा भीषण आगलागी, नियन्त्रण बाहिर

इटहरीको तिरुपति प्लाइउड फ्याक्ट्रीमा भीषण आगलागी, नियन्त्रण बाहिर

इटहरी। इटहरी उपमहानगरपालिका–१२ स्थित खनारमा रहेको तिरुपति प्लाइउड फ्याक्ट्रीमा बुधवार राति भीषण आगलागी भएको छ। राति करिब २ बजेदेखि सुरु भएको आगो अहिलेसम्म पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन।आगलागी नियन्त्रणका लागि इटहरी, धरान, विराटनगर, बेलबारी, कानेपोखरी लगायत आसपासका १० भन्दा बढी स्थानीय तहबाट दमकलको सहयोग लिइएको छ। दमकल टोलीहरू नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहकार्यमा घटनास्थलमा खटिएका छन्। फ्याक्ट्रीमा रहेको काठ, प्लाइउड र कच्चा पदार्थ अत्यधिक ज्वलनशील भएका कारण आगो फैलनुका साथै नियन्त्रणमा कठिनाइ भएको बताइएको छ। प्रारम्भिक अनुमानअनुसार ठूलो मात्रामा आर्थिक क्षति भएको छ, यद्यपि क्षतिको यकिन विवरण आउन बाँकी छ।स्थानीय बासिन्दाहरू पनि आगो नियन्त्रणमा स्वयंसेवकका रूपमा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.