दुईवटा ग्यास सिलिन्डर पड्किँदा भान्सा सहित गोठ जलेर नष्ट

मनहरी । मनहरी-२, टाँडी निवासी सुरेन्द्र राईको भान्सामा राखिएको खाना पकाउने ग्यासको सिलिन्डर पड्किँदा १ हल गोरु र ७ वटा बाख्रा सहित गोठ जलेर नष्ट भएको छ । घरमा कोहि नभएको बेला अचानक आगलागी भइ सिलिन्डर पड्किएको हुँदा मानवीय क्षती भएको छैन ।

बुधबार दिउँसो राईको घरमा कोहि नभएको बेला एक्कासि सिलिन्डर पड्किएर आगलागि भएको हो । बिजुली सट भएर सिलिन्डरमा आगो लागेको हुन सक्ने सुरेन्द्र राईले बताएका छन् । आगलागीबाट गोठमा रहेको भान्साका भाँडाकुँडा सहित सम्पूर्ण सामान जलेको छ । त्यस्तै गोठमा रहेका १ हल गोरु र ७ वटा बाख्रा जलेर नष्ट भएको छ । साथै गोठका काठपात, जस्ता लगायत सबै संरचना जलेर नष्ट हुँदा लगभग ८ लाख बराबरको सम्पत्ति नष्ट भएको राईले बताएका छन् ।

श्रीमान्, श्रीमती र दुई छोराछोरी सहित चार जना परिवार भएको सुरेन्द्र राईको घरमा हाल श्रीमान् र श्रीमती मात्रै बस्दै आएका छन् । छोराछोरी कामको सिलसिलामा भारत गएका सुरेन्द्रले बताएका छन् । अचानक नसोचेको घटना घट्दा आकाशबाट खसेजस्तै भएको उनको भनाइ छ । भएका सबै सम्पत्ति जलेर नष्ट भएपछी सुरेन्द्र राईको परिवार बिचल्ली भएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

दुईवटा ग्यास सिलिन्डर पड्किँदा भान्सा सहित गोठ जलेर नष्ट

सर्प उद्धारकर्ताको सुरक्षाका लागि विशेष नीति बनाउन विशालराज महतको माग, सर्पदंशबाट घाइते राजेश थापाको शीघ्र स्वास्थ्यलाभको कामना

दुईवटा ग्यास सिलिन्डर पड्किँदा भान्सा सहित गोठ जलेर नष्ट

हेटौंडामा एन्फाको बागमती प्रदेशस्तरीय कम्युनिटी कोचिङ कोर्स सुरु, १३ जिल्लाका ९१ प्रशिक्षार्थी सहभागी

दुईवटा ग्यास सिलिन्डर पड्किँदा भान्सा सहित गोठ जलेर नष्ट

बजेटमै देखिनुपर्छ विकासको प्रतिबिम्ब : वडा अध्यक्ष सिग्देल

दुईवटा ग्यास सिलिन्डर पड्किँदा भान्सा सहित गोठ जलेर नष्ट

हेटौंडामा ६२० मिलिग्राम खैरो हेरोइनसहित २३ वर्षीय युवक पक्राउ

दुईवटा ग्यास सिलिन्डर पड्किँदा भान्सा सहित गोठ जलेर नष्ट

सीमामा बस्ने नेपालीको सुरक्षा र पहिचान सुनिश्चित गर्न सरकारको ठोस नीति आवश्यक : सामाजिक अभियन्ता विशालराज महत

दुईवटा ग्यास सिलिन्डर पड्किँदा भान्सा सहित गोठ जलेर नष्ट

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति मकवानपुरका चार प्रतिपक्षी दलको आपत्ति, तथ्य र प्रमाणसहित स्पष्ट पार्न माग

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.