राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे दोस्रो कार्यकालका लागि विजयी

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेबे दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । पोखरामा सम्पन्न संघको पाँचौं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा थेबेले आफ्ना प्रतिद्वन्द्वी सुमन पुरीलाई १८८ मतान्तरले पराजित गरेका हुन् ।

निर्वाचनमा कुल १,७६४ मतदातामध्ये १,४०४ मत खसेको थियो । थेबेले ७९७ मत प्राप्त गर्दा पुरीले ६०८ मत ल्याएका थिए । पुरी यसअघि संघको आठौं महाधिवेशनबाट उपाध्यक्ष र नवौं महाधिवेशनबाट महासचिव बनेका थिए । विद्युतीय मतदान प्रणाली प्रयोग भएकाले परिणाम छिट्टै सार्वजनिक भएको थियो।

युवा संघका इन्चार्ज राजीव पहारीका अनुसार अध्यक्षसहित पदाधिकारी र केन्द्रीय समितिका अधिकांश पदमा थेबेको प्यानल विजयी भएको छ । थेबेको प्यानलबाट उपाध्यक्षमा महाराजा गुरुङ र विनय शाही, महासचिवमा महेश चौलागाईं र उपमहासचिवमा उपेन्द्र शाही निर्वाचित भएका छन् । यस्तै, खुला सचिवमा मदन भण्डारी र देवु बस्नेत, महिला सचिवमा निशा लिम्बू र मधेसी सचिवमा मोबिन आलमले जित हासिल गरेका छन् ।

पुरीको प्यानलबाट उपाध्यक्षमा पर्वत भण्डारी र प्रकाश गौतम, महासचिवमा कुवेर अधिकारी र उपमहासचिवमा खेमराज शर्मा, खुला सचिवमा ध्रुव खड्का र अरुण कुँवर, महिला सचिवमा रेशु तामाङ र मधेसी सचिवमा चितरञ्जन यादवले उम्मेदवारी दिएका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे दोस्रो कार्यकालका लागि विजयी

सर्प उद्धारकर्ताको सुरक्षाका लागि विशेष नीति बनाउन विशालराज महतको माग, सर्पदंशबाट घाइते राजेश थापाको शीघ्र स्वास्थ्यलाभको कामना

राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे दोस्रो कार्यकालका लागि विजयी

हेटौंडामा एन्फाको बागमती प्रदेशस्तरीय कम्युनिटी कोचिङ कोर्स सुरु, १३ जिल्लाका ९१ प्रशिक्षार्थी सहभागी

राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे दोस्रो कार्यकालका लागि विजयी

बजेटमै देखिनुपर्छ विकासको प्रतिबिम्ब : वडा अध्यक्ष सिग्देल

राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे दोस्रो कार्यकालका लागि विजयी

हेटौंडामा ६२० मिलिग्राम खैरो हेरोइनसहित २३ वर्षीय युवक पक्राउ

राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे दोस्रो कार्यकालका लागि विजयी

सीमामा बस्ने नेपालीको सुरक्षा र पहिचान सुनिश्चित गर्न सरकारको ठोस नीति आवश्यक : सामाजिक अभियन्ता विशालराज महत

राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे दोस्रो कार्यकालका लागि विजयी

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति मकवानपुरका चार प्रतिपक्षी दलको आपत्ति, तथ्य र प्रमाणसहित स्पष्ट पार्न माग

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.