बढ्दो चितुवा आतङ्क! बर्दियामा एकको मृत्यु, स्याङ्जामा एक घाइते

बर्दिया। बर्दियाको गुलरिया नगरपालिका-५, बालापुरमा चितुवाको आक्रमणबाट ६ वर्षीया बालिका सायरा थारुको मृत्यु भएको छ। बुधबार बिहान घरको शौचालय गएकी उनलाई चितुवाले आक्रमण गरेको थियो। बालिकाको शव बर्दिया अस्पताल गुलरियामा राखिएको छ।

यस घटनापछि चितुवा नियन्त्रणको माग गर्दै स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय बर्दिया अगाडि धर्नासहित चक्काजाम गरेका थिए। जिल्लास्थित सुरक्षा समितिमा चितुवा समात्ने सहमति भएपछि आन्दोलन स्थगित भएको छ, तर माग पूरा नभए पुनः आन्दोलन गर्ने स्थानीयले चेतावनी दिएका छन्।

यसैबीच, स्याङ्जाको वालिङ नगरपालिका-११, तल्लो पेखुमा पनि चितुवाको आक्रमणबाट ४५ वर्षीय मुक्तबहादुर थापा घाइते भएका छन्। मंगलबार बिहान घर नजिकैको कुखुराको खोरमा पसेको चितुवा धपाउन गएका उनलाई चितुवाले आक्रमण गरेको थियो।

थापाको टाउको र बायाँ हातमा चोट लागेको छ र उनलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ। चितुवाले खोरमा रहेका दुईवटा कुखुरा मारेको र दुईवटालाई घाइते बनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.