मेवा बोकेको मिनी ट्रक त्रिशूलीमा खस्दा, दुई भारतीय घाइते

चितवन। नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत सिमलतालमा एक भारतीय मिनी ट्रक त्रिशूली नदीमा खसेर दुर्घटना भएको छ। मंगलबार राति करिब साढे १० बजे भएको दुर्घटनामा ट्रकमा सवार दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार भारतबाट मेवा बोकेर काठमाडौँतर्फ आउँदै गरेको यूपी ३२ जेटएन ७८८३ नम्बरको भारतीय मिनी आइचर ट्रक भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा अनियन्त्रित भई सडकबाट करिब ८० मिटर तल त्रिशूली नदीको किनारमा खसेको हो।

दुर्घटनामा ट्रकका चालक भारत लखनउका २१ वर्षीय आशिक यादव र सहचालक २० वर्षीय उत्तर सिंह घाइते भएका छन्। उनीहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.