Day: २०८२ असार ३२, बुधबार २१:३८

हेटौँडा अस्पतालको लापरबाही, ९ वर्षीया बालिकाको स्वास्थ्य खतरामा

हेटौँडा अस्पतालको लापरबाही, ९ वर्षीया बालिकाको स्वास्थ्य खतरामा

हेटौँडा। हेटौँडा अस्पतालमा उपचारका क्रममा भएको लापरबाहीका कारण एक ९ वर्षीया बालिकाको स्वास्थ्य झन् जटिल बनेको छ। रोग एक भए पनि औषधि अनेक चलाएकै कारण बालिकाको स्वास्थ्य खतरामा परेको छ। हेटौँडा उपमहानगरपालिका–५, पिप्ले निवासी साधना अर्याललाई गत असार १३ गते पेट दुख्ने र बान्ता हुने समस्या भएपछि हेटौँडा अस्पतालमा भर्ना गरिएको थियो। परीक्षणबिनै अस्पतालले सुरुमा साधनालाई डेङ्गुको शङ्कामा उपचार गर्‍यो, तर उनको समस्या ज्युँका त्युँ नै थियो। अस्पताल यतिमै रोकिएन, त्यसैमाथि पछि टाइफाइडको आशङ्कामा औषधि चलायो तर पनि अवस्थामा सुधार आएन। अन्ततः, असार १५ गते कान्ति बाल अस्पताल, महाराजगञ्जमा भर्ना गर्दा बालिकाको एपेन्डिक्स फुटेको र पेटमा सङ्क्रमण फैलिएको पत्ता लाग्यो।…
Read More
गौशला नगरपालिकाका ३१ प्रधानाध्यापकद्वारा सामूहिक राजीनामा

गौशला नगरपालिकाका ३१ प्रधानाध्यापकद्वारा सामूहिक राजीनामा

महोत्तरी। महोत्तरीको गौशाला नगरपालिकाका ३१ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले सामूहिक राजीनामा दिएका छन्। प्रधानाध्यापकहरूले चालु आर्थिक वर्षको अन्त्यसम्म पनि दिवा खाजा, पाठ्यपुस्तक, बाल शिक्षा अनुदान, नगर शिक्षक, सशर्त अनुदान, पुँजीगत तथा स्वैच्छिक अनुदान लगायतका विभिन्न शीर्षकमा बारम्बार अनुरोध गर्दा पनि नगरपालिकाबाट रकम निकासा नभएको भन्दै नगरपालिकाको प्रशासन शाखामा राजीनामाको पत्र बुझाएका हुन्। उनीहरूका अनुसार केही शीर्षकमा नगरपालिकाले अत्यन्तै न्यून रकम पठाएकाले शैक्षिक क्रियाकलाप सञ्चालन गर्न कठिनाइ भइरहेको गुनासो छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई सम्बोधन गरिएको राजीनामा पत्रमा भनिएको छ, "नगरपालिकाबाट उक्त शीर्षक अन्तर्गतको रकम निकासा नगरिदिएको अवस्थाबाट शैक्षिक गतिविधि प्रभावित हुने भएकाले साउन १ गतेदेखि लागु हुनेगरी यो सामूहिक राजीनामा…
Read More
दार्चुलामा तुइन चुँडिएर महाकालीमा खसेका एक पुरुष बेपत्ता

दार्चुलामा तुइन चुँडिएर महाकालीमा खसेका एक पुरुष बेपत्ता

दार्चुला। दार्चुलामा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर एक जना पुरुष बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक छत्रबहादुर रावतका अनुसार, बेपत्ता हुनेमा ब्याँस गाउँपालिका–२, तल्लो दुम्लिङ्गका २८ वर्षीय नारायण बुढाथोकी रहेका छन्। नारायण बुढाथोकी दुम्लिङ्ग (नेपाल)बाट भारततर्फ तुइनमार्फत जाँदै गर्दा डोरी चुँडिएको थियो। उनीसँगै अन्य दुई जना स्थानीय पनि एकै पटक तुइन तरिरहेका थिए। डोरी चुँडिएपछि सँगै तरिरहेका दुई जना सकुशल रहे पनि नारायण भने महाकाली नदीमा खसेर बेपत्ता भएका हुन्। नेपालतर्फको दुम्लिङ्ग र भारततर्फको गर्भाधार क्षेत्रमा अवैध रूपमा तुइन लगाउने गरेको पाइएको प्रहरीले जनाएको छ। बेपत्ता नारायणको खोजीकार्यका लागि मातहतका प्रहरी युनिटहरूलाई निर्देशन…
Read More
अपराधिक गतिविधि कम गर्न बागमतीमा १२० क्यामेरा जडान

अपराधिक गतिविधि कम गर्न बागमतीमा १२० क्यामेरा जडान

हेटौडा। बागमती प्रदेशमा बढ्दो सार्वजनिक अपराधिक घटना कम गर्नका लागि १० जिल्लाका ६४ स्थानमा १२० वटा सिसी क्यामेरा जडान गरिएको छ। प्रदेश सरकारअन्तर्गतको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा जडान गरिएको यस ‘सीसीटीभी निगरानी प्रणाली’ को औपचारिक उद्घाटन मंगलबार हेटौँडामा एक विशेष समारोहका बीच गरिएको हो। आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले सो प्रणालीको उद्घाटन गर्दै प्रविधिको प्रयोगबाट सार्वजनिक सुरक्षालाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। जडान गरिएका क्यामेराहरूमध्ये चितवनको नारायणगढ, सिन्धुलीको भिमान, मकवानपुरको रातमाटे लगायतका स्थानमा अत्याधुनिक बिएलएच क्यामेरा तथा रडार प्रणाली जडान गरिएको छ। प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार, यी क्यामेराहरू ३८ वटा प्रहरी युनिटमार्फत् नियमित…
Read More
मेवा बोकेको मिनी ट्रक त्रिशूलीमा खस्दा, दुई भारतीय घाइते

मेवा बोकेको मिनी ट्रक त्रिशूलीमा खस्दा, दुई भारतीय घाइते

चितवन। नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत सिमलतालमा एक भारतीय मिनी ट्रक त्रिशूली नदीमा खसेर दुर्घटना भएको छ। मंगलबार राति करिब साढे १० बजे भएको दुर्घटनामा ट्रकमा सवार दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार भारतबाट मेवा बोकेर काठमाडौँतर्फ आउँदै गरेको यूपी ३२ जेटएन ७८८३ नम्बरको भारतीय मिनी आइचर ट्रक भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा अनियन्त्रित भई सडकबाट करिब ८० मिटर तल त्रिशूली नदीको किनारमा खसेको हो। दुर्घटनामा ट्रकका चालक भारत लखनउका २१ वर्षीय आशिक यादव र सहचालक २० वर्षीय उत्तर सिंह घाइते भएका छन्। उनीहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.