हेटौँडा अस्पतालको लापरबाही, ९ वर्षीया बालिकाको स्वास्थ्य खतरामा

हेटौँडा। हेटौँडा अस्पतालमा उपचारका क्रममा भएको लापरबाहीका कारण एक ९ वर्षीया बालिकाको स्वास्थ्य झन् जटिल बनेको छ। रोग एक भए पनि औषधि अनेक चलाएकै कारण बालिकाको स्वास्थ्य खतरामा परेको छ। हेटौँडा उपमहानगरपालिका–५, पिप्ले निवासी साधना अर्याललाई गत असार १३ गते पेट दुख्ने र बान्ता हुने समस्या भएपछि हेटौँडा अस्पतालमा भर्ना गरिएको थियो।

परीक्षणबिनै अस्पतालले सुरुमा साधनालाई डेङ्गुको शङ्कामा उपचार गर्‍यो, तर उनको समस्या ज्युँका त्युँ नै थियो। अस्पताल यतिमै रोकिएन, त्यसैमाथि पछि टाइफाइडको आशङ्कामा औषधि चलायो तर पनि अवस्थामा सुधार आएन। अन्ततः, असार १५ गते कान्ति बाल अस्पताल, महाराजगञ्जमा भर्ना गर्दा बालिकाको एपेन्डिक्स फुटेको र पेटमा सङ्क्रमण फैलिएको पत्ता लाग्यो। तत्काल शल्यक्रिया गरी उनको आन्द्रा सफा गरियो र तीन महिनाका लागि शरीरबाहिर राख्नुपर्ने तथा पछि पुनः शल्यक्रिया गर्नुपर्ने अवस्था आएको कुरा परिवारले बताएको छ।

हाल साधना कान्ति बाल अस्पतालमै भर्नारत छिन्। परिवारले हेटौँडा अस्पतालको लापरबाहीका कारण साधनाको स्वास्थ्य जोखिममा परेको भन्दै न्यायको माग गरेको छ। साथै यस घटनालाई लिएर भोलि सम्बन्धित अस्पताल पक्षसँग रहेर सम्बन्धित डाक्टरसँग विशेष छलफल गराउने रजिस्ट्रार भिमसागर गुरागाइले टेलिफोन सम्बादमा कुराकानी भएको कुरा हामीलाई हेटौडा अस्पताल बचाउ तथा सुधार अभियानका संयोजक विशाल राज महतले जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.