अपराधिक गतिविधि कम गर्न बागमतीमा १२० क्यामेरा जडान

हेटौडा। बागमती प्रदेशमा बढ्दो सार्वजनिक अपराधिक घटना कम गर्नका लागि १० जिल्लाका ६४ स्थानमा १२० वटा सिसी क्यामेरा जडान गरिएको छ।

प्रदेश सरकारअन्तर्गतको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा जडान गरिएको यस ‘सीसीटीभी निगरानी प्रणाली’ को औपचारिक उद्घाटन मंगलबार हेटौँडामा एक विशेष समारोहका बीच गरिएको हो। आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले सो प्रणालीको उद्घाटन गर्दै प्रविधिको प्रयोगबाट सार्वजनिक सुरक्षालाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।

जडान गरिएका क्यामेराहरूमध्ये चितवनको नारायणगढ, सिन्धुलीको भिमान, मकवानपुरको रातमाटे लगायतका स्थानमा अत्याधुनिक बिएलएच क्यामेरा तथा रडार प्रणाली जडान गरिएको छ। प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार, यी क्यामेराहरू ३८ वटा प्रहरी युनिटमार्फत् नियमित निगरानीमा रहनेछन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.